८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

तनहुँमा अल्ट्रा म्याराथन माघ १६ मा

२९ पुष २०७५, आईतवार ०६:२९

 पुस २९, दमौली | खेलकूदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित तनहुँको व्यास नगरपालिकाले दोस्रो व्यास नगर अल्ट्रा म्याराथन आयोजना गर्ने भएको छ । शहीद दिवसको अवसर पारेर व्यास नगरपालिकाले माघ १६ गते दोस्रो व्यास नगर अल्ट्रा म्याराथन आयोजना गर्न लागेको हो । 

व्यास नगरपालिका–५ मानहुँबाट शुरु हुने म्याराथन व्यास नगरपालिका–८ पुलिमराङसम्म ४४ किमी दूरीको रहनेछ । म्याराथन मानहुँकोट सिद्ध मार्ग हुँदै अलैचे–चापाघाट–अनसन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीवेशी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै पुलिमराङमा पुगेर सकिनेछ । 

नगर प्रमुख वैकुण्ठनाथ न्यौपानेले पर्यटकीय गाउँ मानहुँ र शहीदको गाउँ पुलिमराङलाई खेलकूदको माध्यमबाट जोड्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले म्याराथन आयोजना गर्न लागिएको जानकारी दिनुभयो । 

प्रतियोगितामा १५० भन्दा बढी धावकको सहभागिता रहने अनुमान गरिएको व्यास नगरपालिका–५ का वडाध्यक्ष एवं प्रवक्ता मोहनकुमार श्रेष्ठले बताउनुभयो । गत वर्ष आयोजना गरिएको प्रथम व्यास नगर अल्ट्रा म्याराथनमा ३० जिल्लाका १४४ धावकको सहभागिता रहेको थियो । जसमध्ये १२३ धावक अन्तिम बिन्दुसम्म पुगेका थिए । 

प्रतियोगितामा प्रथम हुनेलाई नगद रु ८० हजार, दोस्रो हुनेलाई नगद रु ६० हजार, तेस्रो हुनेलाई नगद रु ५० हजार र सान्त्वना हुने पाँच जनालाई रु पन्ध्र÷पन्ध्र हजार प्रदान गरिनेछ । 

प्रतियोगिताका लागि नगर प्रमुख न्यौपानेको संयोजकत्वमा १०१ सदस्यीय मूल आयोजक समिति, व्यास नगरपालिका–५ वडाध्यक्ष श्रेष्ठको संयोजकत्वमा व्यवस्थापन समिति र व्यास नगरपालिका–८ का वडाध्यक्ष ओजराज पौडेलको संयोजकत्वमा स्वागत समिति गठन गरिएको छ । 

प्रतियोगिता सञ्चालनका लागि रु १० लाख खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितामा सहभागी हुन चाहनेले माघ १४ गतेभित्र नाम दर्ता गराइसक्नुपर्ने नगरपालिकाले जनाएको छ । नगरपालिकाले मानहुँ र पुलिमराङलाई पर्यटकीय गन्तव्य बनाउने लक्ष्य लिएको नगर प्रमुख न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार मानहुँमा यसै वर्ष रु ३० लाखको लागतमा भ्युटावर निर्माण गरिनेछ भने पुलिमराङमा शहीद पार्क निर्माणको थालनी गरिनेछ । रासस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी