२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

स्याङ्जामा ‘क्रस–कन्ट्री’ दौड प्रतियोगिता हुने

२०७५, ८ माघ मंगलवार ०७:२९

माघ ८, काठमाडौं | सातसय कोल्मा बहाकोट सम्पर्क मञ्चको आयोजनामा यही माघ २६ गते स्याङ्जा पुतलीबजार–९ मा ‘स्वास्थ्यका लागि दौड, राष्ट्रको लागि दौड’ मूल नारासाथ ‘क्रस–कन्ट्री दौड प्रतियोगिता–२०७५’ हुने भएको छ । 

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा संस्थाका प्रमुख सल्लाहकार एवं गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) युकेका युथ को–अर्डिनेटर लालबहादुर गुरुङले ग्रामीण क्षेत्रमा राष्ट्रियस्तरको खेलकूद प्रतियोगिता आयोजना गर्न सकिने सूचना अन्तर्राष्ट्रियस्तरमा प्रवाह गर्न उक्त प्रतियोगिता गर्न लागिएको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “ग्रामीण क्षेत्रमा पर्यटन विकास र प्रवद्र्धनको लागि पनि यो प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्न सक्ने हामीले विश्वास लिएका छौँ ।” नयाँ पुस्ता आफ्नै गाउँदेखि बेखबरमात्रै भएनन्, इतिहास र आफ्नो धरातल बिर्सिंदै जाने क्रम बढेकाले सबैको ध्यान तान्न प्रतियोगिता गर्न लागेका उहाँको भनाइ थियो । 

प्रतियोगिता सम्पन्न भएसँगै भविष्यमा साइकल रुट निर्माण गरी साइकिलिङ गर्ने, पौडी पोखरी निर्माण गरी प्रतियोगिता आयोजना गर्ने र प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन गर्ने गुरुङले जानकारी दिनुभयो । प्रतियोगिताका बेला स्थानीय सोरठी, घाँटु, कौरा, चुड्का, सालैजोलगायतका स्थानीय झाँकी प्रदर्शन हुने आयोजक संस्थाका महासचिव मनबहादुर थापाले जानकारी दिनुभयो । 

थापाका अनुसार क्रसकन्ट्री दौड १४ किमी (२१ वर्षमुनिका) र ३१ किमी (खुला) दुई समूह बिहान ९ बजे शुरु हुनेछ । पुतलीबजार–९ कोल्मा बराहचौरबाट शुरु भई पुतलीबजार–८, शुक्लागण्डकी–९ तनहुँ र बिरुवा गाउँपालिका–४ बाट पुतलीबजार–९ मा पुगी समापन हुने आयोजकले जानकारी दिएको छ । त्यस्तै प्रतियोगितामा प्रथम हुनेलाई रु २० हजार, द्धितीय हुनेलाई रु १५ हजार, तृतीयलाई रु १० हजार पुरस्कार दिइनेछ । त्यस्तै, दोस्रो समूहको पहिलो हुनेलाई रु ५० हजार, द्धितीयलाई रु ४० हजार, तृतीय हुनेलाई रु ३० हजारको पुरस्कार दिइनेछ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति