Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

८ माघ २०८२, बुधबार
खेलकुद

गण्डकीलाई जित्दै ऐतिहासिक उपलब्धि हात पार्ने दाउमा नमूनादीप

२५ माघ २०७५, शुक्रबार १४:४९


रामेछाप : सदरमुकाम मन्थलीमा चौथो राष्ट्रिय पुरुष भलिबल
प्रतियोगितामा गण्डकी प्रदेशलाई हराउँदै नमूना दीप युवा क्लब
 ,रामेछाप ऐतिहासिक उपलब्धि हात पार्ने दाउमा रहेको छ । शुक्रबार भएको सेमिफाइनलमा दुवै टिमले जित निकाल्दै फाइनलमा
प्रवेश गरेका हुन् ।



सेमिफाइनलको पहिलो खेलमा गण्डकी प्रदेशले प्रदेश नम्बर १ लाई
२५–२१
, २५–९ र २५–२० को (३-०) सोझो सेटमा पराजित गर्दै गण्डकी प्रदेश फाइनल प्रवेश गरेको हो ।

 

दोस्रो सेमिफाइनल खेलमा नमूना दीप युवा क्लब, सैपु रामेछापले शान्तिदीप
युवा क्लब मन्थलीलाई २५–१८
, २१–२५, २६–२४ र २५–१३ (३–१ को
सेट) को अन्तरमा पराजित गर्दै 
नमूना दीप फाइनल पुगेको हो। यो सँगै शनिबार फाइनलमा गण्डकी प्रदेश र नमूनादीपबीच उपाधिका लागी
प्रतिष्पर्धा हुने छ ।


प्रतियोगितामा तेस्रो स्थानमा लागि प्रदेश नम्बर १ र शान्ति दीप युवा
क्लबबीच प्रतिस्पर्धा हुनेछ । 


प्रतियोगितामा प्रदेश १,,, गण्डकी प्रदेश, कर्णाली प्रदेश र
सुदुरपश्चिम र रामेछाप जिल्लाका 
स्थानीय क्लब शान्तिदिप यूवा क्लब, नमूना दीप यूवा क्लब र
प्याराडाइज युथ क्लबले सहभागिता जनाएको जिल्ला खेलकुद विकास समिति रामेछापका
अध्यक्ष पुरुषोत्तम कडेरियाले जानकारी दिए।

 


आयोजक जिल्ला खेलकुद विकास समिति रामेछाप रहेको रामेछाप सिभिल
च्याम्पियनसिपमा प्रथम
, द्वितीय, तृतीय र सान्त्वना हुने टीमले शिल्डसहित क्रमश : तीन लाख, दुई लाख, एक लाख र ५० हजार प्राप्त
गर्ने छन्।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १५ हजार नगद पुरस्कार पाउने छन् ।
व्यक्तिगत विधातर्फ सर्बर
, ब्लकर, स्पाइकर, डिफेन्डर, सेटर र प्रशिक्षकले १०/१० हजार नगद पाउने छन् । अघिल्लो संस्करणमा सुदूरपश्चिमले उपाधि हात पारेको थियो ।


तस्बिर सौजन्य/निरोज पौडेल

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी