Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

२०८२, २५ फाल्गुन सोमबार
खेलकुद

गण्डकीलाई जित्दै ऐतिहासिक उपलब्धि हात पार्ने दाउमा नमूनादीप

२०७५, २५ माघ शुक्रबार १४:४९


रामेछाप : सदरमुकाम मन्थलीमा चौथो राष्ट्रिय पुरुष भलिबल
प्रतियोगितामा गण्डकी प्रदेशलाई हराउँदै नमूना दीप युवा क्लब
 ,रामेछाप ऐतिहासिक उपलब्धि हात पार्ने दाउमा रहेको छ । शुक्रबार भएको सेमिफाइनलमा दुवै टिमले जित निकाल्दै फाइनलमा
प्रवेश गरेका हुन् ।



सेमिफाइनलको पहिलो खेलमा गण्डकी प्रदेशले प्रदेश नम्बर १ लाई
२५–२१
, २५–९ र २५–२० को (३-०) सोझो सेटमा पराजित गर्दै गण्डकी प्रदेश फाइनल प्रवेश गरेको हो ।

 

दोस्रो सेमिफाइनल खेलमा नमूना दीप युवा क्लब, सैपु रामेछापले शान्तिदीप
युवा क्लब मन्थलीलाई २५–१८
, २१–२५, २६–२४ र २५–१३ (३–१ को
सेट) को अन्तरमा पराजित गर्दै 
नमूना दीप फाइनल पुगेको हो। यो सँगै शनिबार फाइनलमा गण्डकी प्रदेश र नमूनादीपबीच उपाधिका लागी
प्रतिष्पर्धा हुने छ ।


प्रतियोगितामा तेस्रो स्थानमा लागि प्रदेश नम्बर १ र शान्ति दीप युवा
क्लबबीच प्रतिस्पर्धा हुनेछ । 


प्रतियोगितामा प्रदेश १,,, गण्डकी प्रदेश, कर्णाली प्रदेश र
सुदुरपश्चिम र रामेछाप जिल्लाका 
स्थानीय क्लब शान्तिदिप यूवा क्लब, नमूना दीप यूवा क्लब र
प्याराडाइज युथ क्लबले सहभागिता जनाएको जिल्ला खेलकुद विकास समिति रामेछापका
अध्यक्ष पुरुषोत्तम कडेरियाले जानकारी दिए।

 


आयोजक जिल्ला खेलकुद विकास समिति रामेछाप रहेको रामेछाप सिभिल
च्याम्पियनसिपमा प्रथम
, द्वितीय, तृतीय र सान्त्वना हुने टीमले शिल्डसहित क्रमश : तीन लाख, दुई लाख, एक लाख र ५० हजार प्राप्त
गर्ने छन्।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १५ हजार नगद पुरस्कार पाउने छन् ।
व्यक्तिगत विधातर्फ सर्बर
, ब्लकर, स्पाइकर, डिफेन्डर, सेटर र प्रशिक्षकले १०/१० हजार नगद पाउने छन् । अघिल्लो संस्करणमा सुदूरपश्चिमले उपाधि हात पारेको थियो ।


तस्बिर सौजन्य/निरोज पौडेल

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटलाई कारोबार बन्द समानुपातिकतर्फको ८३ लाख ८२ हजार ९८४ मत गणना, रास्वपाको ४० लाख ५० हजार ७५३ मत प्राप्त कारोबारको सुरुवातमै नेप्सेमा सकारात्मक सर्किट गोरखा १ मा सुदन गुरुङको जित निश्चित सुनचाँदीको मूल्यमा गिरावट १५६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, १२० रास्वपाका उम्मेदवार विजयी समानुपातिकतर्फ रास्वपाले २२ लाख मत कटायो