२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

प्रदेश स्तरीय कराते प्रतियोगितामा खोटाङको राम्रो सुरुवात

२०७५, ७ फाल्गुन मंगलवार १५:५०

चिसाङ शेर्पा | फागुन ७, बिराटनगर | एक नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा खोटाङले राम्रो सुरुवात गरेको छ । प्रतियोगिताको पहिलो दिन १३ जिल्लालाई पछि पार्दै महिला एकलकातातर्फ एक स्वर्ण पदक जितेर राम्रो सुरुवात गरेको हो ।

मोरङ जिल्ला सितोरियो कराते संघ र पुर्वाञ्चल क्षेत्रिय विकास समितिको आयोजनामा बिराटनगरस्थित शहिद रंगशालाको कभर्डहलमा मंगलबारबाट सुरुवात भएको प्रदेश स्तरीय कराते प्रतियोगितामा खोटाङकी रोश्मा राईले स्वर्ण पदक दिलाएकी छन् । यस्तै, मोरङकी स्वस्तिका राईले रजत पदक र ओखलढुंगाकी शर्मिला श्रेष्ठ र इलामकी विमोचना गुरुङले कास्य पदक जितेकी छन् । स्वर्ण पदक दिलाएसँगै अन्य जिल्लालाई पछि राख्दै खोटाङले सुरुवातबाटै आक्रमक तवरमा आफूलाई अब्बल स्थानमा सुरक्षित गरेको छ । 


प्रतियोगितामा जित हासिल गर्ने खेलाडीले प्रदेश नम्बर सातको कञ्चनपुरस्थित महेन्द्रनगरमा हुने आठौं राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने टिम प्रशिक्षक सन्जय कुमार राईले जानकारी दिए । प्रदेश स्तरीय कराते प्रतियोगितामा १४ जिल्लाले सहभागिता जनाएको छ । प्रतियोगिताको प्रदेश नम्बर एकका आन्तरिक मामिला तथा कानुनमन्त्री हिकमत कार्कीले उद्घाटन गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति