२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

कर्णाली प्रदेशस्तरीय खेलकूद प्रतियोगिता जारी

२०७५, १३ फाल्गुन सोमबार ०७:४५

फागुन १३, सुर्खेत | कर्णाली प्रदेशको राजधानी सुर्खेतमा प्रथम कर्णाली प्रदेशस्तरीय खेलकूद प्रतियोगिता जारी रहेको छ । 

प्रदेश खेलकूद परिषद् कर्णाली प्रदेशले राजधानी वीरेन्द्रनगर सुर्खेतमा फागुन ११ गतेदेखि सञ्चालन गरेको ‘प्रथम कर्णाली प्रदेशस्तरीय खेलकूद प्रतियोगिता २०७५’ अन्तर्गत सुर्खेतमा आठ खेलमा प्रतिस्पर्धा भइरहेको प्रदेश खेलकूद परिषद् कर्णाली प्रदेशका प्रचारप्रसार समिति संयोजक अर्जुनजङ्ग शाहीले जानकारी दिनुभयो । 

“सुर्खेतमा फुटबल, क्रिकेट, एथ्लेटिक्स, खोखो, बास्केटबल, ब्याडमिन्टन, ह्याण्डबल र तेक्वान्दो खेलको प्रतिस्पर्धा भइरहेको छ”, संयोजक शाहीले भन्नुभयो, “ती खेल यही १७ गतेसम्म सञ्चालन हुनेछन् ।” त्यस्तै, कबडी र तेक्वान्दो महिला तथा पुरुष खेल दैलेखमा, टेबलटेनिस, पुरुष भलिबल र बुद्धिचाल सल्यानमा, महिला भलिबल जाजरकोटमा, बक्सिङ कञ्चनपुरमा र उसु दाङ जिल्लामा सञ्चालन भई यही फागुन २५ गतेसम्म सम्पन्न गरिने उहाँले बताउनुभयो । 

सुर्खेतमा भएको खेलमा महिला फुटबलमा जुम्ला विजेता र सुर्खेत उपविजेता भएको छ । एथ्लेटिक्स एक हजार ५०० दौडमा महिलातर्फ जुम्लाका राममाया बुढा प्रथम, सीता न्यौपाने द्वितीय र कालीकोटका ममिता बुढा तृतीय भएको संयोजक शाहीले जनाउनुभयो । त्यस्तै, एथ्लेटिक्स एक हजार ५०० दौडमा पुरुषतर्फ जुम्लाका नरेश बुढा प्रथम, कालीकोटका सन्तोषनाथ योगी द्वितीय र सुर्खेतका सुशील रम्जाली तृतीय भएको उहाँले जानकारी दिनुभयो । 

उहाँका अनुसार एथ्लेटिक्स १०० मिटर दौडमा महिलातर्फ सु्र्खेतका सेरना सिरपाली प्रथम, कालीकोटका रसुदा शाही द्वितीय र सल्यानका खिमा आचार्य तृतीय भएका छन् । एथ्लेटिक्स एकसय मिटर दौडमा पुरुषतर्फ जाजरकोटका यामसाजन सुनार प्रथम, सल्यानका सुशील केसी द्वितीय र सुर्खेतका पवनकुमार बिसी तृतीय भएका थिए ।

त्यसैगरी, सटफुटमा पुरुषतर्फ सुर्खेतका तिलक विक प्रथम, सुर्खेतकै पदम परियार द्वितीय र रुकुम पश्चिमका हर्क विश्वकर्मा तृतीय भएका छन् भने सटफुट महिलातर्फ कालीकोटका निरुताकुमारी शाही प्रथम, सुर्खेतका प्रतिमा थापा द्वितीय र कालीकोटका रसुदा शाही तृतीय भएका थिए । 

लङजम्प पुरुषतर्फ सल्यानका सुशील केसी प्रथम, जाजरकोटका यामसाजन सुनार द्वितीय र रुकुम पश्चिमका हेमन्त विक तृतीय भएका छन् भने लङजम्प महिलातर्फ सुर्खेतका आशा विक प्रथम, हुम्लाका जयलक्ष्मी हमाल द्वितीय र सल्यानका सुशीला राना तृतीय भएका थिए । 

‘प्रथम कर्णाली प्रदेशस्तरीय खेलकूद’ प्रतियोगितामा १० वटा जिल्लाका एक हजार २४१ खेलाडीले २१ खेल तथा २६४ स्वर्ण, २६४ रजत र ४०२ काँस्य पदकमा प्रतिस्पर्धा गर्ने बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति