२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा १ नम्बर प्रदेश पहिलो

२०७५, १८ फाल्गुन शनिबार १२:१२

चिसाङ शेर्पा | फागुन १८, खोटाङ | प्रथम आमन्त्रित अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा १ नम्बर प्रदेश प्रथम भएको छ । सातै प्रदेशले सहभागिता जनाएको प्रतियोगितामा १३ स्वर्ण, ५ रजत र ५ कास्य ल्याएर प्रदेश नम्बर १ पहिलो भएको हो ।


नेपाल सितोरियो कराते संघ रौतहटको आयोजना तथा चन्द्रपुर नगरपालिकाको प्रायोजनमा भएको दुइ दिवसीय प्रतियोगितामा महिला एकलकातामा रोश्मा राई, महिला समुहकातामा विद्याकला राई, नन्जु राई, रोश्मा राई तथा पुरुष एकलकातामा मोतिचन्द्र राई तथा पुरुष समुहकातामा अर्जुन श्रेष्ठ, रुरीहाङ दुमि र मोतिचन्द्र राईले स्वर्ण पदक जितेका हुन्् ।

महिला कुमितेतर्फ २५ केजी तौलमा सन्ध्या राई, ३० केजी तौलमा सोनाम शेर्पा, ५५ केजी तौलमा विद्याकला राई, पुरुष कुमितेतर्फ ४५ केजी तौलमा पर्शुराज राई, ६० केजी तौलमा सन्तोष राई, ६७ केजी तौलमा रुरीहाङ दुमि, ७५ केजी तौलमा सुजन राई, ६८ प्लस महिला कमितेमा मिसडोना राई तथा ७५ केजी तौलमा ईश्वरधन राईले स्वर्ण पदक जितेका छन् । ३५ केजी तौलमा भूमिका बस्नेत, ४५ केजी तौलमा मोनिका वाग्ले, ५० केजी तौलमा नन्जु राई तथा पुरुष कुमितेतर्फ २५ केजी तौल समुहमा रोशन श्रेष्ठ र ६८ केजी तौलमा सोना राईले रजत पदक जितेकी छन् । 

यस्तै, पुरुष कुमितेतर्फ ३० केजी तौलमा ज्ञान बहादुर बिक, ३५ केजी तौलमा मन्दिप अधिकारी, ४० केजी तौलमा सुर्यचन्द्र राई, महिला कुमितेतर्फ ४० केजी तौलमा डुनु राई तथा ६१ केजी तौलमा समिता राईले कास्य पदक जितेकी छन् । प्रतियोगितामा प्रदेश नम्बर ७ दोश्रो र प्रदेश नम्बर २ तेश्रो भएका छन् । प्रदेश नम्बर १ का रुरीहाङ दुमि र प्रदेश नम्बर २ की खुस्बु खड्काले उत्कृष्ट खेलाडीको सम्मान पाएका छन् । प्रदेश नम्बर एकको प्रतिनिधित्व गरेर खोटाङका २१ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति