२०८२, २५ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

महोत्तरीमा महाखुत्रुके अभियान चलाएर गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई सहयोग जुटाइदै

२०७५, २३ फाल्गुन बिहीबार ०४:४५

गोपालप्रसाद बराल | फागुन २३, बर्दिवास (रासस) | महोत्तरी जिल्लाको बर्दिवासस्थित होटलहरूले महाखुत्रुके अभियान चलाएर चितवनमा निर्माण हुने गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई सहयोग जुटाउँदैछन् । रङ्गशाला निर्माणमा आमचासो बढाउन र निर्माणकार्यमा सबैलाई जोड्न महाखुत्रुके अभियान शुरु गरिएको नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ महोत्तरीले जनाएको हो । 

“बर्दिवासका सबैजसो होटलको काउण्टर नजिकै आकर्षक खुत्रुक्के राखिएका छन्”, महासङ्घ महोत्तरी समितिका सचिव तथा बर्दिवासस्थित होटल गौरीशङ्करका सञ्चालक नारायण घिमिरेले भन्नुभयो, “होटलमा खाना खान र बासका लागि आउने अतिथिको आँखा पर्नेगरी राखिएको आकर्षक खुत्रुके सबैको नजरमा पर्ने गरेको छ ।” अतिथिले खुत्रुकेबारे जिज्ञासा राखेपछि त्यसको उद्देश्य बताउनासाथ स्वेच्छाले केही रकम त्यसमा झार्ने गरेको सचिव घिमिरे बताउनुहुन्छ । 

धुर्मुस–सुन्तली फाउण्डेशनले रङ्गशाला निर्माण गर्ने घोषणा गरेर प्रारम्भिक काम थालिएको बताएसँगै होटल तथा पर्यटन व्यवसायीले प्रदेश नं २ भरि नै महाखुत्रुके अभियान शुरु गरेका हुन् । “हामीले बर्दिवासमा चाहिँ खुत्रुके राखेर सहयोग सङ्कलन शुरु गरिसकेका छौँ”, नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ प्रदेश नं २ का अध्यक्ष तथा बर्दिवासस्थित होटल गौतमका सञ्चालक हिरालाल गौतमले भन्नुभयो, “प्रदेशका आठवटै जिल्लामा खुत्रुके धमाधम पठाइँदैछ, यो अभियानबाट अर्थसङ्कलनसँगै रङ्गशाला निर्माणबारे आमचासो बढाउने हाम्रो उद्देश्य हो ।” 

गत शनिबार एक समारोहबीच महाखुत्रुके अभियान शुरु गरिएको थियो । एक साताभित्रै प्रदेशभित्रका आठ जिल्लाका ५०० होटलमा खुत्रुके अभियान शुरु भइसक्ने महासङ्घ प्रदेश नं २ समितिले जनाएको छ । “रङ्गशाला बन्न करीब तीन अर्बको लागत अनुमान गरिएको रहेछ, यो रकम बढीभन्दा बढी नेपालीबाट सङ्कलन गरेर रङ्गशालामा अपनत्व बढाउने अभियानको मुख्य उद्देश्य हो”, अध्यक्ष गौतमले भन्नुभयो । 

“मुलुकका करीब तीन करोड नेपालीलाई भाग लगाउँदा रङ्गशाला निर्माणको कूल लागत जुटाउन एक नेपालीमा रु १०० पर्दोरहेछ” महासङ्घ प्रदेश नं २ समितिका वरिष्ठ सल्लाहकार एवं बर्दिवासकै होटल विनायकका सञ्चालक विष्णु खड्काले भन्नुभयो, “हामी यो रकम बढीभन्दा बढी नेपालीको सहयोगबाट जुटोस् भन्ने ध्येयका साथ अभियानमा जुटेका हौँ ।” 

माहखुत्रुके अभियानमा अहिले होटलमा आउने अतिथिले चासो बढाएको र स्वेच्छिक सहयोग गर्न थालेको बर्दिवासका होटल व्यवसायी बताउँछन् । आफ्नो होटलमा राखिएको खुत्रुके भरिँदै गएको होटल गौतमका प्रबन्धक राजकुमार दाहाल बताउनुहुन्छ । 

नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ प्रदेश नं २ समितिले ताल्चा लगाएर होटल–होटलमा राखेको खुत्रुके प्रत्येक महीनाको मसान्तमा खोलेर धुर्मुस–सुन्तली फाउण्डेशनलाई बुझाइने जनाएको छ । महाखुत्रुके अभियान शुरु गरेकै दिन बर्दिवासका होटल तथा अन्य व्यवसायीले रु २२ लाख ४० हजार ५०० नगद फाउण्डेशनका अध्यक्ष हास्यकलाकार सीताराम कट्टेल (धुर्मुस)लाई हस्तान्तरण गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटलाई कारोबार बन्द समानुपातिकतर्फको ८३ लाख ८२ हजार ९८४ मत गणना, रास्वपाको ४० लाख ५० हजार ७५३ मत प्राप्त कारोबारको सुरुवातमै नेप्सेमा सकारात्मक सर्किट गोरखा १ मा सुदन गुरुङको जित निश्चित सुनचाँदीको मूल्यमा गिरावट १५६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, १२० रास्वपाका उम्मेदवार विजयी समानुपातिकतर्फ रास्वपाले २२ लाख मत कटायो