२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

बर्दिया प्रदेश च्याम्पियन

२०७५, २३ फाल्गुन बिहीबार १५:५८

फागुन २३, घोराही (रासस) | बर्दिया प्रदेश नं ५ स्तरीय एथ्लेटिक्स छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । दाङ, घोराहीको भरतपुर खेल मैदानमा फागुन २० देखि २३ गतेसम्म सञ्चालित सो प्रतियोगितामा बर्दियाले १५ स्वर्ण, आठ रजत र नौ कास्य पदक जित्दै च्याम्पियन भएको हो । 

मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समिति नेपालगञ्ज र जिल्ला खेलकूद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा दाङ पाँच स्वर्ण, नौ रजत र नौ कास्यसहित दोस्रो भयो । बाँके पाँच स्वर्ण, तीन रजत र पाँच कास्य पदकका साथ तेस्रो भएको एथ्लेटिक्सका बरिष्ठ प्रशिक्षक चन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो । 

प्रदेश नं ५ का १२ जिल्लाको सहभागिता रहेको उक्त प्रतियोगिताबाट छनोट गरिएका १२ महिला र १५ पुरुष खेलाडीले आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति