८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

कपुरकोटमा शनिबारदेखि रनिङ शिल्ड प्रतियोगिता शुरु

२५ फाल्गुन २०७५, शनिबार १५:४२

फागुन २५, सल्यान । दौड, कपर्दि, लंगजम्प, हाइजम्प, भलिबल लगायतका १५ वटा खेलहरु समावेश गरेर सल्यानको कपुरकोटमा शनिबारदेखि प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको कर्णालि प्रदेश गाउापालिका महासंघका अध्यक्ष भिम बहादुर सेनले उद्घाटन गरेका छन् । कपुरकोट गाउँपालिका शिक्षा शाखाको आयोजनामा भएको प्रतियोगिता ३ दिन सम्म चल्ने छ ।


रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै महासंघका अध्यक्ष सेनले अनुशासन, मित्रता र स्वास्थ्यका लागी खेल महत्वपूर्ण भएको बताए । कपुरकोट गाउँपालिकाका अध्यक्ष समेत रहेका सेनले खेल क्षेत्रको विकास विना गाउँपालिकाको समृद्धि नहुने कुरा महसुस गरेको बताए । सेनलाइ प्रतिगोगितामा सहभागी खेलाडिहरुले मार्च पास गर्दै सलामि अर्पण गरेको प्रतियोगिता सञ्चालक समितीका संयोजक द्रोण केसीले जानकारि दिए । सलामी स्तम्भमा उभीएर सलामी ग्रहण गर्दै उनले आगामी वर्ष रनिङ शिल्ड प्रतियोगिताको लागी विद्यालयलाइ आर्थीक रुपमा सहयोग गर्ने प्रतिवद्धता जनाए ।


कार्यक्रममा मन्तव्य राख्दै शिक्षा विकास तथा समन्वय इकाइ सल्यानका संयोजक दुर्गा बपाल, कपुरकोटा गाउँपालिकाका उपाध्यक्ष तिला बुढा, साहित्यकार भद्रसिंह बुढा, शिक्षक महासंघ सल्यानका अध्यक्ष मधुसुदन गिरी, कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य टोपेन्द्र केसी, कपुरकोट गाउापालिकाका प्रवक्ता यम कुमार बस्नेत, शिक्षक संघ कपुरकोटका अध्यक्ष रुपलाल यरी लगाएतकाले खेलकुद क्षेत्रले स्थानिय क्षेत्रको मात्र नभई देशलाइ चिनाउने, अन्तराष्ट्रिय स्तरमा चिनाउने भएकाले खेलकुद क्षेत्रको विकासमा सवै जना एकजुट हुनुपर्नेमा जोड दिएका थिए । प्रतियोगितामा गाउापालिकाका पााच वटा माविका विद्यार्थीले विभिन्न विधामा भाग लिएका छन् ।


प्रतियोगिता सञ्चालक समितीका संयोजक द्रोण केसीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा शाखा कपुरकोटका संयोजक कृष्ण भण्डारीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सहजिकरण पदम खड्काले गरेका थिए । पहिलो दिन कपर्दि, हाइजम्प लगाएतका खेल समपन्न भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी