२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

कपुरकोटमा शनिबारदेखि रनिङ शिल्ड प्रतियोगिता शुरु

२०७५, २५ फाल्गुन शनिबार १५:४२

फागुन २५, सल्यान । दौड, कपर्दि, लंगजम्प, हाइजम्प, भलिबल लगायतका १५ वटा खेलहरु समावेश गरेर सल्यानको कपुरकोटमा शनिबारदेखि प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको कर्णालि प्रदेश गाउापालिका महासंघका अध्यक्ष भिम बहादुर सेनले उद्घाटन गरेका छन् । कपुरकोट गाउँपालिका शिक्षा शाखाको आयोजनामा भएको प्रतियोगिता ३ दिन सम्म चल्ने छ ।


रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै महासंघका अध्यक्ष सेनले अनुशासन, मित्रता र स्वास्थ्यका लागी खेल महत्वपूर्ण भएको बताए । कपुरकोट गाउँपालिकाका अध्यक्ष समेत रहेका सेनले खेल क्षेत्रको विकास विना गाउँपालिकाको समृद्धि नहुने कुरा महसुस गरेको बताए । सेनलाइ प्रतिगोगितामा सहभागी खेलाडिहरुले मार्च पास गर्दै सलामि अर्पण गरेको प्रतियोगिता सञ्चालक समितीका संयोजक द्रोण केसीले जानकारि दिए । सलामी स्तम्भमा उभीएर सलामी ग्रहण गर्दै उनले आगामी वर्ष रनिङ शिल्ड प्रतियोगिताको लागी विद्यालयलाइ आर्थीक रुपमा सहयोग गर्ने प्रतिवद्धता जनाए ।


कार्यक्रममा मन्तव्य राख्दै शिक्षा विकास तथा समन्वय इकाइ सल्यानका संयोजक दुर्गा बपाल, कपुरकोटा गाउँपालिकाका उपाध्यक्ष तिला बुढा, साहित्यकार भद्रसिंह बुढा, शिक्षक महासंघ सल्यानका अध्यक्ष मधुसुदन गिरी, कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य टोपेन्द्र केसी, कपुरकोट गाउापालिकाका प्रवक्ता यम कुमार बस्नेत, शिक्षक संघ कपुरकोटका अध्यक्ष रुपलाल यरी लगाएतकाले खेलकुद क्षेत्रले स्थानिय क्षेत्रको मात्र नभई देशलाइ चिनाउने, अन्तराष्ट्रिय स्तरमा चिनाउने भएकाले खेलकुद क्षेत्रको विकासमा सवै जना एकजुट हुनुपर्नेमा जोड दिएका थिए । प्रतियोगितामा गाउापालिकाका पााच वटा माविका विद्यार्थीले विभिन्न विधामा भाग लिएका छन् ।


प्रतियोगिता सञ्चालक समितीका संयोजक द्रोण केसीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा शाखा कपुरकोटका संयोजक कृष्ण भण्डारीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सहजिकरण पदम खड्काले गरेका थिए । पहिलो दिन कपर्दि, हाइजम्प लगाएतका खेल समपन्न भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति