२५ पुष २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नुवाकोटमा होलि पर्वको अवसरमा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने

२६ फाल्गुन २०७५, आईतवार ०३:०२

सरस्वती अधिकारी | फागुन २६, काठमाडौं | नुवाकोटमा होलि पर्वको अवसरमा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ | दुप्चेस्वर गाउँपालिकाको आयोजनामा यहि चैत्र ६ गतेदेखि ९ गतेसम्म दोश्रो दुप्चेस्वर कप खुल्ला राष्ट्रिय पुरुष भलिवल प्रतियोगिता हुन लागेको हो | 

कल्याण उच्च माध्यामिक बिद्यालय र बालकुमारी युवा कल्बको सहयोगमा उक्त प्रतियोगिता दुप्चेस्वर गाउँपालिका वडा नं ५ स्थित कल्याण उ.मा.बि बालकुमारीको खेलमैदानमा आगामी चैत ६ गतेदेखि संचालन हुने भएको छ |  

उक्त प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीहरुले चैत्र ५ गतेसम्म आफ्नो टिम दर्ता गराइसक्नुपर्ने आयोजकले जनाएको छ | प्रतियोगितामा सहभागीलाई खाना र बासको समेत व्यवस्था मिलाइएको छ | पहिलो दुप्चेस्वर कप २०७४ चैत्रमा भएको थियो |

प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुने समूहलाई क्रमशः रु एक लाख २५ हजार, रु ७५ हजार, रु ४० हजार र रु २० हजार नगद पुरस्कार दिइने छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट सभरलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको आयोजक समुहले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सूर्यदर्शन सहकारी ठगी प्रकरणः रविलाई धरौटीमा छाड्न आदेश आज थुनामुक्तको आदेश आए पनि छुट्ने छैनन् रवि ऋषिकेश पोखरेलका ‘पिए’ अनिल पोखरेललाई पाँच दिन हिरासतमा राख्न अनुमति दाहाल र नेपालसहित माओवादी र एसका शीर्ष नेताहरुबीच भेटवार्ता गेस्टहाउसमा लगी १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा सिन्धुलीबाट एक युवक पक्राउ मधेसविरुद्ध कुशल भुर्तेलको प्रदर्शनप्रेरित पुलिस एक इनिङ र ३५ रनले विजयी अख्तियारमै घुस बोकेर पुगेका प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर रास्वपाका शीर्ष नेता कास्कीमा रविविरुद्धको मुद्दा: रविविरुद्धको मुद्दा: आदेश लेख्दै न्यायाधीश, बाहिर सुरक्षा व्यवस्था कडा विश्वको शक्तिशाली पासपोर्टको सूची सार्वजनिक: सिगापुर विश्वमै शक्तिशाली, नेपाल कति औं स्थानमा? (सुचिसहित) मोरङमा द्वन्द्वकालकै समयमा लुकाइएको ४ वटा सिलिण्डर बम फेला कमिसन खान दे‍उवाले डडेलधुरामा विमानस्थल बनाउन खोजे : माधव नेपाल शहिदहरुले बगाएको रगतमा सरकार चलाउनेहरु भष्ट्राचारको खेती गर्दैछन् : नेता रावल धादिङको आदमघाटमा हाइस र ट्रक ठोकिँदा १३ जना घाइते, तीनजनाको अवस्था गम्भीर कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा मधेशमाथि पुलिसको इनिङ्सको जित धादिङको आदमघाटमा हाइस र ट्रक ठोक्किए, थप विवरण आउन बाँकी दुई छोरीहरूको हत्या गरेकी पूर्णिमाले भनिन्, ‘श्रीमानले किचकिच गर्थे, त्यसैले हत्या गरेँ’ क्यानडामा गाडीको ठक्करबाट नेपाली युवकको मृत्यु मलेसियामा १२ सय नेपाली कामदार लान लागेको फेल्डा प्लान्टेसनको अन्तर्वार्ता रद्ध न्यायाधीशसमक्ष रविले भने– तारेखमा छाडिदिनुहोस्, हरेकपटक पीडितको रिपोर्ट बोकेर आउँछु