८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

बैतडीबाट ५ खेलाडी प्रदेशका लागि छनोट

७ चैत्र २०७५, बिहीबार १६:३१

चैत ७, बैतडी (रासस) | प्रदेशस्तरीय यु–१६ क्रिकेट प्रतियोगिता खेल्न जिल्लाबाट पाँच खेलाडी छनोट भएका छन् । छनोट हुने खेलाडीमा दीपक बोहरा, सुनील चन्द, महेश ऐरी, सन्तोष चन्द र केशव साउद रहेका छन् । 

जिल्ला क्रिकेट सङ्घका सदस्य तेजप्रकाश भट्टका अनुसार विभिन्न क्लबबाट सहभागी भएका खेलाडीलाई प्रदेशका लागि छनोट गरिएको हो । छनोट भएका खेलाडीले यही चैत ८ र ९ गते कैलालीको फाप्ला क्रिकेट मैदानमा प्रदेशस्तरीय छनोट प्रतियोगिता खेल्नेछन् । उक्त प्रदेशस्तरीय छनोट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाबाट छनोट भएर आएका खेलाडीमध्येबाट सुदूरपश्चिमको टोली छनोट गर्न प्रतियोगिता हुने प्रशिक्षक दीपेन्द्र बोहराले बताउनुभयो । 

सुदूरपश्चिमबाट छनोट भएको टोलीले राष्ट्रिय खेलकूद परिषद्ले आयोजना गर्ने यु– १६ राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्नेछ । राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीबाट एसिसी यु– १६ नेपाली टोलीको छनोट हुने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी