८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

बाक्सिला रनिङ गोल्डकपको तयारी तीव्र

१० चैत्र २०७५, आईतवार १४:५६

चिसाङ शेर्पा | चैत्र १०, खोटाङ | बाक्सिला रनिङ गोल्डकपको तयारी तीव्र पारिएको छ । खेलकुदको माध्यमबाट पर्यटन प्रर्वद्धन तथा स्थानीय खेलाडीहरुलाई प्राथमिकता दिन र मोफसलमा फुटबल खेलको बृद्धि गर्ने उद्देश्यले सञ्चालन हुन लागेको गोल्डकपको तयारीलाई तीव्र पारिएको हो । 

पृथ्वी उच्च मावि बाक्सिलामा आगामी चैत्र २३ गतेबाट एलाभेन साइजमा हुने दशौं संस्करणको प्रतियोगिताका लागि जिल्लाको मुख्यमुख्य नाका तथा ठूला बजारहरुमा ब्यानर टाँग्ने काम सुरु गरिएको छ । जिल्लाको दिक्तेलबजार, हलेसी, हुर्लुङ तथा गाडीहरुमा ब्यानर टाँग्ने काम सकिएको बाक्सिला फुटबल क्लवका सचिव पवन श्रेष्ठले बताए । उनका अनुसार विभिन्न सामाजिक सञ्जाल तथा स्थानीय पत्रपत्रिका, रेडियो तथा अनलाईन सञ्चारमाध्यममा पनि प्रचारप्रसार तीव्र पारिएको छ ।

केपिलासगढी गाउँपालिका–४ बाक्सिलामा हुने प्रतियोगितामा स्थानीय १२ जना र अन्य चार जनाले प्रतियोगितामा सहभागिता जनाउन पाइनेछ । प्रतियोगिताका लागि आगामी शुक्रबार दिक्तेलमा पत्रकार सम्मेलनगरी टाइसिट सार्वजनिक गरिनेछ । प्रतियोगितामा समुह विजेताले १ लाख ५५ हजार ५१०, उपविजेताले ७५ हजार १० र सान्त्वना दुइ टिमले जनही १५÷१५ हजार नगदका साथमा ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । यस्तै, उत्कृष्ट स्ट्राईकर, मिड फिल्डर, डिफेण्डर, गोल रक्षक, हाइ स्कोरर र अनुशासित टिमलाई जनही ५र५ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ । 

कसरी पुग्ने बाक्सिला

हलेसी–दिक्तेल सडकखण्ड अन्तरगतको हुर्लुङबाट बाक्सिला जान सकिनेछ । काठमाण्डौ तथा तराईका विभिन्न जिल्लाबाट खाशगरी साना जिप सुमोहरु हुर्लुङ हुंदै सिधै बाक्सिला पुग्ने गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाको हुर्लुङबाट करीव ४३ किलोमिटर कच्ची सडक छिचोलेर गाडी तथा मोटरबाईकबाट बाक्सिला बजार पुग्न सकिन्छ । बाक्सिला बजारमा प्रशस्त होटल तथा खानेपानीको सुविधा भएकाले खेलाडी तथा पाहुनालाई गाँस, वास कपासका लागि समस्या नहुने बाक्सिला फुटबल क्लवका पुर्व अध्यक्ष समिर राईले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी