८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

दिदीको प्रेरणाले कराते खेलें

१२ चैत्र २०७५, मंगलवार १७:०५

चिसाङ शेर्पा | चैत्र १२, खोटाङ | खोटाङ करातेमा पुरुष खेलाडी भन्दा महिला खेलाडी नतिजा ल्याउनमा अब्बल छन् । कराते खेलाडी जहाँ खेल्छन् त्यहाँ, सबैभन्दा बढी गोल्ड मेडल खोटाङलाई प्राप्त हुन्छ । त्यो ध्रुवसत्य हो । त्यही गोल्ड मेडल ल्याउनमा हरदिन भोक तिर्खा नभनी खट्ने खेलाडी जस्मिना राई पनि एक हुन् । पुरुषको जस्तै छोटो कपाल, गहुंगोरो वर्णकी जस्मिना खोटाङ करातेका लागि अमुल्य व्यक्ति हुन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल सोल्मामा २०५९ सालमा स्वर्गीय बुबा डम्बर सिंह राई र आमा गीतादेबी राईकी कान्छी छोरीको रुपमा जन्मिएकी जस्मिनाले २०७० सालदेखी कराते खेल्न सुरु गरेकी हुन् । करातेमा ब्ल्याक बेल्ट गरेकी १६ बर्षीय उनी यतिबेला सरस्वती मावि दिक्तेलमा कक्षा ९ मा अध्ययनरत विधार्थी हुन् । कुनै क्षेत्रमा आउन कसै न कसैको हौसला अथवा प्रेरणाको आवश्यक हुन्छ । त्यही कथनमै रुमलिएकी जस्मिना पनि कराते खेलमा आउनुको पछाडी दिदीको ठूलो प्रेरणा सम्झिन्छिन् । कराते खेलाडी दिदी (रविना राई) र, आमाको शाहष, हौसलाले करातेमा लागेकी जस्मिना भन्छिन्, ‘दिदी खेलेको हुनाले मलाई पनि ईच्छा लाग्यो, बाबालाई सोध्दा खेल भन्नुभयो ।’ सानै उमेरमा कर्मदाता बुबा गुमाएकी उनी केहीवेर अवाक भईन् । “उहाँ नभए पनि ममिले धेरै सपोर्ट गर्नुहुन्छ ।” ओठ कमाउदै उनले भनिन् ।

बोर्डिङमा कक्षा आठसम्म अध्ययन गरेर सरकारी विद्धालयमा अध्ययन गरिरहेकी जस्मिनाले करातेमा राम्रो खेलेकै कारण बोर्डिङले आफूलाई सम्मान गरेको समेत स्मरण गरिन् । सोेल्मा घर दिक्तेलबजारमा विद्धालय, माटिकोरेमा कर्बडहल यि सबैलाई भ्याइरहेकी उनी विहान १० वजेदेखी अपरान्ह ४ वजेसम्म विद्धालयमा पढेर दुई घण्टा कर्वडहलमा तालिम गरेर मात्रै घर पुग्छिन् । यो सवै गर्दा पढाईलाई असर गर्दैन? भन्ने प्रश्नको उनी सहजै उत्तर दिन्छन् । ‘आफै म्यानेज गर्छु, दुई घण्टा ट्रेनिङ गर्छु । घरमा पुगेर खाना खाएर पढ्छु अनि मात्रै सुत्छु । वन्द प्रशिक्षण बसेको वाहेक अन्य समय मेरो दैनिकी यही हो ।’

४०, ४५, ५०, ६१ र माईनस ६८ केजी कुमिते, एकल तथा समुहकातामा खेल्दै आएकी उनी यतिबेला मझधारमा छन् । एकातिर पढाई अर्कोतिर जीवनको मोह कराते । म, आफै निर्णय लिन्न । उनी थप्छिन्, ‘राम्रो पढ, खेल भन्नु हुन्छ । दुबैतर्फ ध्यान दिनु भन्नु हुन्छ दिदी र ममिले ।’ नभन्दै जस्मिनाले करातेमा धेरै फड्को मारेकी छन् । जीवनमा कमाएका सम्पत्ती (मेडल र प्रमाणपत्र) धेरै भइसकेको छ उनको । र, त्यो निरन्तर रहनेछ । उनले प्रथम खोटाङ हलेसी खुल्ला अन्तर्राष्ट्रिय कराते (समुहकातामा)२०१६ मा रजत पदक र एफिएफ अन्र्तराष्ट्रिय कराते प्रतियोगिता २०१८ मा कास्य पदक जितिन् ।

कराते खेल्न थालेदेखी प्रशिक्षक(गुरु)को गाली÷ताली खाएर तिखारिएकी उनले प्रथम शिवसताक्षी राष्ट्रिय कराते प्रतियोगिता २०१८ मा स्वर्ण पदक, प्रथम छथर गाउँपालिका राष्ट्रिय कराते प्रतियोगितामा एकलकाता र कुमितेमा स्वर्ण, एक नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा स्वर्ण पदक, गौतम बुद्ध ४८ औं राष्ट्रिय कराते प्रतियोगितामा २०७३ मा रजत पदक, प्रथम गोलबजार उप–प्रमुख राष्ट्रिय कराते २०७५ मा रजत पदक र सोही इभेण्टको टिमकातामा स्वर्ण पदक जितेर जिल्लाको शान राखिसकेकी छन् । 

राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगितामा मात्रै नभएर उनले २०७१ सालमै तेश्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता, प्रथम खोटाङ हलेसी खुल्ला अन्तर्राष्ट्रिय करातेमा स्वर्ण पदक, प्रदेश स्तरीय पुर्वाञ्चल क्षेत्रिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७२ मा कास्य, उत्कृष्ट खेलाडी, सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समुह कातातर्फ स्वर्ण, एकलकातामा कास्य, सातौ जिल्ला स्तरीय कराते प्रतियागिता एकलकाता र कुमितेमा स्वर्ण, चौथो राष्ट्रपति रनिङ शिल्डमा एकलकातामा रजत, सातौ राष्ट्रिय खेलकुद समुहकाता र कुमिते २०७३ मा रजत पदक, नवौं जिल्ला स्तरीय कराते प्रतियोगितामा स्वर्ण, दशौं जिल्ला स्तरीय कराते प्रतियोगितामा रजत, नवौं जिल्ला स्तरीय कराते प्रतियोगितामा स्वर्ण, आठौं राष्ट्रिय खेलकुद २०७५ मा स्वर्ण र तेश्रो राष्ट्रपति रनिङ शिल्डमा एकलकातामा स्वर्ण, आठौं जिल्ला स्तरीय करातेको कुमितेमा कास्य र दोश्रो राष्ट्रपति रनिङ शिल्डमा स्वर्ण पदक जितेकी छन् ।

भर्खरै मात्र विराटनगरमा सम्पन्न प्रदेश १, प्रदेश स्तरीय करातेमा स्वर्ण पदक जितेकी जस्मिना परिक्षा सकाएर आठौं राष्ट्रिय प्रतियोगिताको लागि कडा परिश्रम गरिरहेकी छन् । प्रतियोगितामा हारजित स्वभाविक भएको र त्यस क्रममा गुरुहरुबाट आउने भनाई र गाली सुझाव लाग्ने उनले बताईन् । गेम खेल्दा हार्छु भन्ने मनमा हुन्न ! तर, गेमपछि रिजल्टले बताउँछ । आत्मरक्षाका लागि पनि खेलिने कराते खेलका कारण महिलाहरुले आफ्नो रक्षा गर्न सक्ने उनको भनाई छ । अवसर पाएमा महिला पनि पुरुषभन्दा कम हुन्न भन्ने खोटाङ करातेका महिला खेलाडीहरुले प्रमाणित गरिसकेका छन् ।

जस्मिना गेमको हिसाबले राम्रो खेलाडी भएको दिदी रविना राईले बताईन् । प्रायः खेलेको गेममा मेडल ल्याउने गरेको छ । सायद एक दुई वटा गेममा मात्रै मेडल जितेका छैनन । रविना भन्छन्, ‘नत्र करातेमा बहिनीको राम्रो प्रगती छ ।’ प्रयास गर्दा जस्मिनामा भयङ्कर संम्भावना रहेको प्रशिक्षक सन्जय कुमार राई बताउँछन् । केही समयपछि आठौँ राष्ट्रिय प्रतियोगितामा खेल्न लागेकी आफ्नो वडाका खेलाडीलाई केही न केही मात्रामा सहयोग गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेलका वडाध्यक्ष हर्क बहादुर खत्रीले बताइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी