४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

तेस्रो पाँचथर गोल्डकपको उपाधि मोरङलाई

२ बैशाख २०७६, सोमबार १४:५३

 कमल घिमिरे।बैशाख२।पाँचथर,पाँचथरको फिदिममा सम्पन्न तेस्रो सँस्करणको पाँचथर गोल्डकपको उपाधि डिएफसी मोरङले हात पारेको छ ।

स्थानिय फिदिम माविको खेल मैदानमा सोमबार सम्पन्न फाइनल खेलमा दार्जिलिङ युनाइटेड भारतलाई ३–१ गोल अन्तरले पराजित गर्दै मोरङले उपाधि चुमेको हो ।

 खेलको ८ औ मिनेटमा मोरङका हेमन्त थापा मगरको गोलले अग्रता लिएको थियो । तर मोरङको अग्रता लामो समय टिक्न सकेन । खेलको ३७ औ मिनेटमा दार्जिलिङका करन राईले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । पहिलो हाफ १–१ को बराबरीमा सकिएको खेलको दोस्रो हाफको ५२ औ मिनेटमा उत्कृष्ट गोल गर्दै मोरङका अरमाण्ड भिदुमले खेल २–१ को अबस्थामा ल्याएका थिए भने खेलको ५६ औ मिनेटमा मोरङका संजोग राईले थप एक गोल गर्दै खेल ३–१ को अवस्थामा पुर्याएका थिए । त्यस पछि दुबै तर्फबाट गोल हुन नसक्दा मोरङ ३–१ले विजयी हुँदै नगद ४ लाख रुपैयाँ ट्रफि,मेडल र प्रमाण पत्र प्राप्त गर्दै च्याम्पीयन बन्यो भने दार्जिलिङले नगद २ लाख ट्रफि,मेडल र प्रमाणपत्र पायो । प्रतियोगीता का उत्कृष्ट खेलाडी मोरङका विक्रम लिम्बु भए । लिम्बुले टिभिएस को स्कुटर प्राप्त गरेका छन् ।

उत्कृष्ट गोलकिपर मोरङका दिनेश थापा, उत्कृष्ट डिफेन्डर दाजीलिङका दिवस लिम्बू, मिल्डफिल्डर दार्जीलिङकै वाङदेन तामाङ, उत्कृष्ट स्ट्राइकर मोरङका संजोग राई, सर्वाधिक गोलकर्ता मोरङका आरमान भिदुन, राइजिङ प्लेयर आयोजकका  हेमन्त दर्नाल, उत्कृष्ट प्रशिक्षक मोरङका याकुव राई घोषित भए ।उनीहरु सबैले जनही १०/१० हजार हात पारेको आयोजक संस्थाका महासचिव योगराज सेढाईले वताउनुभयो ।

पाँचथर क्लबको आयोजनामा सम्पन्न प्रतियोगिता चैत २३ देखि सुरु भएको थियो । प्रतियोगितामा दुई ए डिभिजन क्लबसहित १० टोलीले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ