२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

कर्णाली प्रिमियर लिग: आर्मी सेमिफाईनलमा, न्यु होराईजनको दोस्रो जित

२०७६, १७ बैशाख मंगलवार १४:३६

बैशाख १७, सुर्खेत । वाईवाई कर्णाली प्रिमियर लिग–२ प्रतियोगितामा विभागीय आर्मी क्लव पनि सेमि फाइनलमा प्रवेश गरेको छ । यस अघि सोमबारको खेलमा आयोजक कर्णाली ११ सेमिफाइनलमा प्रवेश गरेको थियो । मंगलबार भएको समूह ‘ए’को अन्तिम खेलमा आर्मीले मध्यपश्चिम क्रिकेट क्लव बाँकेलाई १०७ रनको फराकिलो अन्तरले हराउँदै समूह उपविजेताका रुपमा अन्तिम चारमा पुगेको हो । १७९ रनको लक्ष्य पाएको मध्यपश्चिम क्रिकेट क्लव १६ दशमलव चार ओभरमा सबै विकेट गुमाएर ७१ रन मै समेटियो ।


मध्यपश्चिम क्रिकेट क्लवका प्रनित थापामा मगरले सर्वाधिक १९ रन बनाउँदा तुल्सीराम अहिमले १२ तथा मनोज सुनार र आकाश बिष्टले समान १० रन बनाए । मध्यपश्चिमलाई सस्तैमा समेट्नेक्रममा आर्मीका लागि कुशल मल्लले चार ओभरमा १४ रन दिएर ४ विकेट लिए सुसन भारी र सहाब आलमले समान २÷२ विकेट हात पारे । टस जितेर ब्याटिङ गरेको आर्मीले निर्धारित २० ‌ओभरमा ६ विकेट गुमाएर १७८ रन बनाएको हो । आर्मीका लागि राजेश पुलामी मगरले ५७ र हरि चौहानले ५३ रनको अर्धशतकीय पारी खेल्दा कप्तान बिनोद भन्डारीले २२ रन जोडे । मध्यपश्चिमका अमित तामाङले दुई र भरत थापाले एक विकेट लिए ।

यस्तै समूह बी को न्यु होराइजन बुटवलले दोस्रो जित दर्ता गरेको छ । मंगलबार भएको खेलमा न्यु होराइजन बुटवलले हिमालयन क्रिकेट एकेडेमीलाई पाँच विकेटले हराउँदै अन्तिम चारमा सम्भावना बलियो बनाएको छ । निश्चल चौधरीले अर्धशतकीय पारीसंगै न्यु होराइजनले ९३ रनको लक्ष्य १४ ओभरमा ५ विकेट गुमाएर भेटायो । चौधरीले विस्फोटक पारी खेल्दै २९ बलमा ४ छक्का र ३ चौका सहित अविजित ५० रन बनाए । हिमालयन क्रिकेट एकेडेमीका पवन कार्कीले ३ विकेट तथा हेमन्त धामीले २ विकेट लिएपनि टोलीको हार टार्न सकेनन् ।


टस जितेर ब्याटिङ गरेको हिमालय एकेडमिले १८ दशमलव २ ओभरमा सबै विकेट  गुमाएर ९२  रन बनाएको हो । हिमालयका दिपेन्द्र ऐरीले सर्वाधिक २५ तथा शरद खड्काले १५, भरत भन्डारीले १३ र केशव सावदले १० रन बनाए पनि अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् । हिमालयलाई सस्तैमा समेट्ने क्रममा न्यु होराइजन बुटवलका अर्जुन रायमाझी तीन तथा कप्तान शक्ति गौचन र गोबिन्द्र खत्रीले दुई दुई विकेट लिए । जितसंगै न्यु होराइजनले ३ खेलमा २ जित र १ हार सहित ४ अंक जोडेको छ भने महेन्द्रनगर क्रिकेट एकेडेमीको २ खेलमा १ जित र १ हार सहित २ अंक छ । यस्तै यहि समूहमा रहेको विभागीय टोली एपीएफले दुई खेलमा शतप्रतिशत नतिजा सहित चार अंक हात पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति