२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

र्याफ्टिङ वल्र्डकपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ

२०७६, २१ बैशाख शनिबार १६:४०

वैशाख २१, कास्की (रासस) | यही मे १६ देखि १९ सम्म अष्ट्रेलियाको क्विन्सल्याण्डको टुली नदीमा हुने ‘र्याफ्टिङ वल्र्डकप च्याम्पियनसिपमा’ सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरिएको छ । अन्तर्राष्ट्रिय र्याफ्टिङ महासङघको आयोजनामा हुने प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी खेलाडीलाई पर्यटन व्यवसायी सोम थापा, दीपकराज अधिकारी र नरेशबहादुर भट्टराईको पहलमा कार्यक्रम गरी आज पोखरामा बिदाइ गर्नाका साथै  शुभकामना पनि दिइयो  । 

राष्ट्रिय र्याफ्टिङ प्रतियोगिता २०७५ बाट छनोट भएका खेलाडी सुरज गुरुङ, सुनिल गुरुङ, सविन गुरुङ, शक्तिकुमार गुरुङ, दीपेश गुरुङ, पदमबहादुर गुरुङ र रविल मियाँ वल्र्डकपमा सहभागी हुँदैछन् । नेपाली टोलीको प्रशिक्षकमा निमबहादुर मगर हुनुहुन्छ । कार्यक्रममा गण्डकी प्रदेशसभाका सदस्य राजीव पहारी, पर्यटनका सङ्घ संस्था तथा व्यवसायीले खेलाडीलाई राष्ट्रिय झन्डा हस्तान्तरण गरेर शुभकामना व्यक्त गरेका थिए । नेपाल र्याफ्टिङ एशोसिएनशका अध्यक्ष एवं टोली प्रशिक्षक मगरले यस टोलीले दुई महीनायता कालीगण्डकी, माथिल्लो सेती, त्रिशूली र मस्र्याङ्दी नदीमा अभ्यास गरेकाले विगतको भन्दा यसपटक राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गर्नुभयो । 

सन् २०१७ मा जापानमा भएको प्रतियोगितामा नेपाली टोलीले १३औँ स्थान हासिल गरेको बताउँदै उहाँले यसपटक पदक ल्याउन नसके पनि पनि अन्तिम १० भित्रपर्ने गरी खेलाडीले मेहनत गरिरहेको बताउनुभयो । चिलीमा हुने आगामी संस्करणमा सहभागिता जनाउँदा लाग्ने सम्पूर्ण खर्च अन्तर्राष्ट्रिय र्याफ्टिङ महासङ्घले बेर्होने भएकाले पनि अन्तिम १० मा पर्ने गरी प्रदर्शन गरिने प्रशिक्षक मगरको भनाइ थियो । सो प्रतियोगितामा नेपालसहित २९ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । नदीमा खेलिने साहसिक खेल र्याफ्टिङको माध्यमबाट नेपालको झन्डा लिएर विश्वका खेलाडी माझ प्रतिस्पर्धामा उत्रिन लागे पनि सरकारी निकायले चासो नदेखाउँदा दुःख लागेको उहाँको गुनासो थियोे । 


विश्वकपमा सहभागी हुन रु ३४ लाख खर्च लाग्ने भए पनि खेलाडी आफ्नै खर्च र सहयोगमा अष्ट्रेलिया जान लागेको भनाइ नेपाली टोलीका कप्तान सुरज गुरुङको थियो । हालसम्म त्रिशूली नदी आसपास तथा खेलाडीको आफ्नो घर भएका चितवनको इच्छाकामना गाउँपालिकाबाट रु छ लाख, धादिङको बेनीघाट रोराङ गाउँपालिकाबाट रु पाँच लाख, गोर्खाको गण्डकी गाउँपालिकाबाट रु दुई लाख, शहीद लखनबाट रु एक लाख तथा मनकामना दर्शन प्रालिबाट रु ५० हजारसहित हालसम्म रु १४ लाख ५० हजार सहयोग प्राप्त भएको र बाँकी खर्च खेलाडीले व्यक्तिगत रुपमा बेर्होनुपर्ने बाध्यता रहेको उहाँले जानकारी दिनुभयो ।नेपाली टोली यही बैशाख २४ गते अष्ट्रेलिया प्रस्थान गर्ने कार्यक्रम छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटलाई कारोबार बन्द समानुपातिकतर्फको ८३ लाख ८२ हजार ९८४ मत गणना, रास्वपाको ४० लाख ५० हजार ७५३ मत प्राप्त कारोबारको सुरुवातमै नेप्सेमा सकारात्मक सर्किट गोरखा १ मा सुदन गुरुङको जित निश्चित सुनचाँदीको मूल्यमा गिरावट