७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

र्याफ्टिङ वल्र्डकपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ

२१ बैशाख २०७६, शनिबार १६:४०

वैशाख २१, कास्की (रासस) | यही मे १६ देखि १९ सम्म अष्ट्रेलियाको क्विन्सल्याण्डको टुली नदीमा हुने ‘र्याफ्टिङ वल्र्डकप च्याम्पियनसिपमा’ सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरिएको छ । अन्तर्राष्ट्रिय र्याफ्टिङ महासङघको आयोजनामा हुने प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी खेलाडीलाई पर्यटन व्यवसायी सोम थापा, दीपकराज अधिकारी र नरेशबहादुर भट्टराईको पहलमा कार्यक्रम गरी आज पोखरामा बिदाइ गर्नाका साथै  शुभकामना पनि दिइयो  । 

राष्ट्रिय र्याफ्टिङ प्रतियोगिता २०७५ बाट छनोट भएका खेलाडी सुरज गुरुङ, सुनिल गुरुङ, सविन गुरुङ, शक्तिकुमार गुरुङ, दीपेश गुरुङ, पदमबहादुर गुरुङ र रविल मियाँ वल्र्डकपमा सहभागी हुँदैछन् । नेपाली टोलीको प्रशिक्षकमा निमबहादुर मगर हुनुहुन्छ । कार्यक्रममा गण्डकी प्रदेशसभाका सदस्य राजीव पहारी, पर्यटनका सङ्घ संस्था तथा व्यवसायीले खेलाडीलाई राष्ट्रिय झन्डा हस्तान्तरण गरेर शुभकामना व्यक्त गरेका थिए । नेपाल र्याफ्टिङ एशोसिएनशका अध्यक्ष एवं टोली प्रशिक्षक मगरले यस टोलीले दुई महीनायता कालीगण्डकी, माथिल्लो सेती, त्रिशूली र मस्र्याङ्दी नदीमा अभ्यास गरेकाले विगतको भन्दा यसपटक राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गर्नुभयो । 

सन् २०१७ मा जापानमा भएको प्रतियोगितामा नेपाली टोलीले १३औँ स्थान हासिल गरेको बताउँदै उहाँले यसपटक पदक ल्याउन नसके पनि पनि अन्तिम १० भित्रपर्ने गरी खेलाडीले मेहनत गरिरहेको बताउनुभयो । चिलीमा हुने आगामी संस्करणमा सहभागिता जनाउँदा लाग्ने सम्पूर्ण खर्च अन्तर्राष्ट्रिय र्याफ्टिङ महासङ्घले बेर्होने भएकाले पनि अन्तिम १० मा पर्ने गरी प्रदर्शन गरिने प्रशिक्षक मगरको भनाइ थियो । सो प्रतियोगितामा नेपालसहित २९ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । नदीमा खेलिने साहसिक खेल र्याफ्टिङको माध्यमबाट नेपालको झन्डा लिएर विश्वका खेलाडी माझ प्रतिस्पर्धामा उत्रिन लागे पनि सरकारी निकायले चासो नदेखाउँदा दुःख लागेको उहाँको गुनासो थियोे । 


विश्वकपमा सहभागी हुन रु ३४ लाख खर्च लाग्ने भए पनि खेलाडी आफ्नै खर्च र सहयोगमा अष्ट्रेलिया जान लागेको भनाइ नेपाली टोलीका कप्तान सुरज गुरुङको थियो । हालसम्म त्रिशूली नदी आसपास तथा खेलाडीको आफ्नो घर भएका चितवनको इच्छाकामना गाउँपालिकाबाट रु छ लाख, धादिङको बेनीघाट रोराङ गाउँपालिकाबाट रु पाँच लाख, गोर्खाको गण्डकी गाउँपालिकाबाट रु दुई लाख, शहीद लखनबाट रु एक लाख तथा मनकामना दर्शन प्रालिबाट रु ५० हजारसहित हालसम्म रु १४ लाख ५० हजार सहयोग प्राप्त भएको र बाँकी खर्च खेलाडीले व्यक्तिगत रुपमा बेर्होनुपर्ने बाध्यता रहेको उहाँले जानकारी दिनुभयो ।नेपाली टोली यही बैशाख २४ गते अष्ट्रेलिया प्रस्थान गर्ने कार्यक्रम छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी