२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

प्रदेश नं. १ स्तरिय कराते प्रतियोगितामा खोटाङ पहिलो

२०७६, १७ जेष्ठ शुक्रबार १६:३२

चिसाङ शेर्पा | जेठ १७, खोटाङ | प्रदेश नं. १ स्तरिय कराते प्रतियोगितामा खोटाङ कराते समुह प्रथम भएको छ । बिराटनगरमा सम्पन्न तीन दिवसीय प्रतियोगितामा १० स्वर्ण १ रजत पदक जित्दै खोटाङ कराते प्रथम भएको हो । 

प्रदेश नं. १ सामाजिक तथा खेलकुद बिकास मन्त्रालयको आयोजनामा जेठ १५ गतेबाट १७ गतेसम्म बिराटनगरस्थित कर्वड हलमा भएको प्रतियोगिताको पुरुष एकलकातामा खोटाङका मोतिचन्द्र राई, महिला एकलकातामा रोश्मा राई, पुरुष समुहकातामा अर्जुन श्रेष्ठ, रुरिहाङ दुमि, मोतिचन्द्र राई र महिला समुहकातामा नन्जु राई, रोश्मा राई र विद्याकला राईले स्वर्ण पदक जितेका छन् । पुरुष कुमितेको ६० केजी तौल समुहमा सन्तोष राई, ६७ केजी तौल समुहमा सुजन राई, ७५ केजी तौल समुहमा रुरिहाङ दुमि, माईनस ८४ केजी तौल समुहमा ईश्वधन राई र महिला कुमितेतर्फ ५५ केजी तौल समुहमा विद्याकला राई र माईनस ६८ केजी तौल समुहमा मिसडोना राईले स्वर्ण पदक जितेको नेपाल सितोरियो कराते संघ खोटाङका अध्यक्ष सन्जय कुमार राईले बताए ।

पुरुष कुमितेको ५५ केजी तौल समुहमा खोटाङ करातेका अर्जुन श्रेष्ठले रजत पदक जितेका छन् । प्रतियोगितामा २ स्वर्ण पदक जितेर मोरङ दोश्रो र १ स्वर्ण पदक जितेर सुनसरी तेश्रो भएको छ । समुह प्रथम हुनेले ४२ हजार नगदका साथमा प्रमाणपत्र, ट्रफि र मेडल प्राप्त गरेका छन् । १७ स्वर्ण १७ रजत ३४ कास्य पदकको लागि प्रतियोगिता गराइएको थियो । अभावै अभावमा खोटाङबाट तराई झरेर भौतिक, मानसिक, प्राकृतिक रुपमा तयार भएर खेलाडीले खेल्नु परे पनि खोटाङ करातेले प्रायः प्रत्येक प्रतियोगितामा समुह प्रथम हुंदै आएको छ । खेलकुदको माध्यमबाट देशविदेशमा खोटाङको नाम उच्च राख्दै आएका खेलाडीका लागि खेलकुद क्षेत्रका व्यक्ति तथा संघसंस्थाहरुको आँखा नजादा खेलाडीहरुले दुखै दुःखमा खेल्नु परेको नेपाल सितोरियो कराते संघ खोटाङका अध्यक्ष राईले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति