९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

प्रदेश नं. १ स्तरिय कराते प्रतियोगितामा खोटाङ पहिलो

१७ जेष्ठ २०७६, शुक्रबार १६:३२

चिसाङ शेर्पा | जेठ १७, खोटाङ | प्रदेश नं. १ स्तरिय कराते प्रतियोगितामा खोटाङ कराते समुह प्रथम भएको छ । बिराटनगरमा सम्पन्न तीन दिवसीय प्रतियोगितामा १० स्वर्ण १ रजत पदक जित्दै खोटाङ कराते प्रथम भएको हो । 

प्रदेश नं. १ सामाजिक तथा खेलकुद बिकास मन्त्रालयको आयोजनामा जेठ १५ गतेबाट १७ गतेसम्म बिराटनगरस्थित कर्वड हलमा भएको प्रतियोगिताको पुरुष एकलकातामा खोटाङका मोतिचन्द्र राई, महिला एकलकातामा रोश्मा राई, पुरुष समुहकातामा अर्जुन श्रेष्ठ, रुरिहाङ दुमि, मोतिचन्द्र राई र महिला समुहकातामा नन्जु राई, रोश्मा राई र विद्याकला राईले स्वर्ण पदक जितेका छन् । पुरुष कुमितेको ६० केजी तौल समुहमा सन्तोष राई, ६७ केजी तौल समुहमा सुजन राई, ७५ केजी तौल समुहमा रुरिहाङ दुमि, माईनस ८४ केजी तौल समुहमा ईश्वधन राई र महिला कुमितेतर्फ ५५ केजी तौल समुहमा विद्याकला राई र माईनस ६८ केजी तौल समुहमा मिसडोना राईले स्वर्ण पदक जितेको नेपाल सितोरियो कराते संघ खोटाङका अध्यक्ष सन्जय कुमार राईले बताए ।

पुरुष कुमितेको ५५ केजी तौल समुहमा खोटाङ करातेका अर्जुन श्रेष्ठले रजत पदक जितेका छन् । प्रतियोगितामा २ स्वर्ण पदक जितेर मोरङ दोश्रो र १ स्वर्ण पदक जितेर सुनसरी तेश्रो भएको छ । समुह प्रथम हुनेले ४२ हजार नगदका साथमा प्रमाणपत्र, ट्रफि र मेडल प्राप्त गरेका छन् । १७ स्वर्ण १७ रजत ३४ कास्य पदकको लागि प्रतियोगिता गराइएको थियो । अभावै अभावमा खोटाङबाट तराई झरेर भौतिक, मानसिक, प्राकृतिक रुपमा तयार भएर खेलाडीले खेल्नु परे पनि खोटाङ करातेले प्रायः प्रत्येक प्रतियोगितामा समुह प्रथम हुंदै आएको छ । खेलकुदको माध्यमबाट देशविदेशमा खोटाङको नाम उच्च राख्दै आएका खेलाडीका लागि खेलकुद क्षेत्रका व्यक्ति तथा संघसंस्थाहरुको आँखा नजादा खेलाडीहरुले दुखै दुःखमा खेल्नु परेको नेपाल सितोरियो कराते संघ खोटाङका अध्यक्ष राईले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता