२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

देहिमाडौँ उपप्रमुख कप क्रिकेट च्याम्पियन

२०७६, २७ जेष्ठ सोमबार १६:१९

जेठ २७, बैतडी | दशरथचन्द नगरपालिकामा जारी दोस्रो संस्करणको यू–१९ उपप्रमुख कप टि–२० महिला क्रिकेट प्रतियोगितामा दशरथचन्द–२ देहिमाडौँ च्याम्पियन बनेको छ । आज सम्पन्न फाइनल खेलमा साविक विजेता दशरथचन्द–६ थालिगडालाई चार विकेटले हराउँदै देहिमाडौँले उपाधि जितेको हो । 

उपाधिसँगै देहिमाडौँले रु ३० हजार पुरस्कार प्राप्त गर्यो । उप–विजेता थालिगडाले रु २५ हजार पुरस्कार प्राप्त गर्यो । निङ्गलाशैनी खेल मैदान देहिमाडौँमा टस हारेर थालिगडाले ब्याटिङ गरेको थियो । थालिगडाले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १८३ रन बनायो । १८४ रनको लक्ष्य देहिमाडौँले १८ दशमलव तीन ओभरका छ विकेटको क्षतिमा पूरा गर्यो । देहिमाडौँका लागि मिना रावतले अविजित ७८ रन बनाइन् । 

बलिङतर्फ थालिगडाकी सुनिता लुहार र सपना ठगुन्नाले दुई/दुई विकेट लिइन् । यसअघि ब्याटिङ गर्दै थालिगडाका लागि कप्तान सुनिता लुहारले ७७ तथा दिव्या कार्कीले ५६ रन बनाइन् । बलिङतर्फ देहिमाडौँका बबिता बोहराले तीन विकेट लिइन् । प्लेयर अफ दी फाइनल देहिमाडौँकी मिना रावत भएको स्कोरर द्रोपती बोहराले जानकारी बताइन् । प्रतियोगिताभर १३५ रन तथा छ विकेट लिएकी थालिगडाका कप्तान सुनिता लुहार वुमन अफ दी सिरिज भइन् । उनले रु पाँच हजार पुरस्कार प्राप्त गरिन् । प्रतियोगिताभर १२३ रन बनाएकी थालिगडाकी दिव्या कार्की उत्कृष्ट ब्याट्सवुमन तथा नौ विकेट लिएकी देहिमाडौँकी बविता बोहरा उत्कृष्ट बलर भइन् । 

प्रतियोगिताका विजेता, उप–विजेता तथा उत्कृष्ट खेलाडीलाई नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द, दशरथचन्द नगरपालिकाका उपप्रमुख मिना चन्द, दशरथचन्द–२ का वडाध्यक्ष रनबहादुर बोहरा, नगर क्रिकेट समितिका संयोजक रमेश भट्टलगायतले पुरस्कार वितरण गरेका थिए ।

दशरथचन्द नगरपालिकाको आयोजना तथा बैतडी जिल्ला क्रिकेट सङ्घको प्राविधिक सहयोग र नगर क्रिकेट समितिको व्यवस्थापनमा उक्त प्रतियोगिता सञ्चालन भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति