४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

बझाङ जिल्लाकै सर्वाधिक धनराशिको खुल्ला क्रिकेट प्रतियोगिता आयोजना हुदै, टिम दर्ताको लागि आह्वान

२ आश्विन २०७६, बिहीबार ०६:२४

सुनिल कुँवर | असोज २, काठमाडौँ | "राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद",  "बुङ्गलको पर्यटन प्रबर्द्धन र विकासका लागी खेलकुद "  भन्ने मूल नाराका साथ् (बिसीए) कप २०७६ आयोजना गरिएको छ | बुङ्गल क्रीकेट एसोसिएसन(BCA)को आयोजनामा आगामी असोज २८ देखि कार्तिक ५ गते सम्म  बझाङ जिलाको बुङ्गल नगरपालिका १, दहबगर ( महेन्द्र मा.वि ) मा सन्चालन हुन् लागेको हो |

उक्त प्रतियोगितामा बिजेतालाई  रु १,५१,००० (एक लाख एकाउन्न हजार ) पुरस्कारको ब्यबस्था गरिएको छ | जुन हालसम्म बझाङ जिल्लाकै सर्वाधिक धनराशिको खुल्ला क्रिकेट प्रतियोगिता भएको बिसिएका सस्थापक नरेश कुँवरले जानकारी दिए | प्रतियोगितामा बझाङ जिल्ला  भित्रका ( २०  भन्दा बढी  ) टिमहरुको सहभगिता रहने अनुमान गरिएको छ | त्यस्तै प्रतियोगितामा प्रत्येक टिममा बझाङ जिल्ला भन्दा बाहिरको बढीमा ५  जना सम्म खेलाडीले खेल्न पाउने, प्रतियोगितामा उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कारको ब्यबस्था गरिएको छ | जस अनुसार प्लेयर अफ द टुर्नामेन्ट रु १०,०००  (दस हजार) ,उत्कृष्ट बलर रु ५०००( पाँच हजार  ), उत्कृष्ट ब्याट्सम्यान रु ५००० ( पाँच  हजार ) ,प्रत्येक खेलको प्लेयर अफ द म्याच रु ५०० (पाँच सय  ), सेमिफाइनल र फाइनल खेलको प्लेयर अफ द म्याच क्रमशः  रु १,००० (एकहजार  ) साथमा आकर्षक ट्राफी , मेडल र प्रमाणपत्र पाउने बिसिएले जनाएको छ |

प्रतियोगिता  नकआउट को आधारमा टेनिस (रबर ) बलले खेलाइने बताइएको छ | टिम दर्ता (२०७६/६/०२ देखि २०७६/६/२५)  असोज २ गते देखि असोज २५ गतेसम्म गरिसक्नुपर्ने र टिम दर्ता शुल्क रु ८,००० (आठ हजार ) लाग्ने छ | टिम दर्ता गर्न कृषि विकास बैंकमा  बुङ्गल क्रीकेट एसोसिएसनको नाममा  रहेको खाता न.  ०८२६५०१३२७८७३०११  मा जम्मा गर्नु पर्ने छ | त्यस्तै प्रतियोगितामा टिम ब्यवस्थापनको सम्पुर्ण जिम्मेवारी टिम स्वयमले बेहेर्नुपर्ने जनाइएको छ |

बुङ्गलको विकास र पर्यटन प्रवर्धनका लागि बिसीएले बिगत २०७२ सालदेखि उक्त प्रतियोगिता आयोजना गर्दै आएको सस्थापक अध्यक्ष नरेश कुँवरले बताए | उनले भने "मुख्य उदेश्य भनेको बुङलको पर्यटन प्रबर्द्धन र भर्जिन पर्यटकिय स्थानको बिकास र प्रचार गर्ने हेतुले (BCA) कप आयोजना गर्दै आएका छौ " | २०७२ साल देखि आयोजना हुदै आएको बिसीए कप ४० हजारबाट सुरु गरिएको थियो | समान धनराशिको २०७२/७३ सालमा आयोजना गरिएको प्रतियोगिता (BCA-CUP) आयोजकले नै जितेको थियो | 

उक्त प्रतियोगिताहरु बझांगको बुङ्गल नगरपालिका ४ सरस्वती मा.वि मा सम्पन्न गरिएको थियो | भने २०७४ सालमा बझांग क्रिकेट एकेडेमीले जितेको थियो | त्यस्तै  २०७५ सालको एक लाख ५० हजार सहित कपको बिजेता दुर्गाथली -५ रहेको थियो | उक्त प्रतियोगिता सरस्वती मा वि बिजगाडा र कन्या मावि बटुल्सेरामा सम्पन्न गरिएको थियो | बुङ्गलका पर्यटकीय स्थलहरु बाइसधारा, बड्डी ज्यावन र खोल्लेकलाइ राष्टिय स्तरमा पहिचान गराउने उदेश्यका साथ् उक्त प्रतियोगिता आयोजना गरिएको हो | थप जानकारीका लागि :-

 #आनन्द कार्की (अध्यक्ष )  

     ९८६९३७१५०५, ९८१८५१९४४८ 

#अशोक कार्की (सचिब ) 

  ९८६५०५२१६८

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ