२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

बैतडीको पाटन भ्यालीलाई प्रथम मेयर कप टी–ट्वान्टी क्रिकेटको उपाधि

२०७६, १६ आश्विन बिहीबार १६:४२

असोज १६, बैतडी | पाटनमा जारी प्रथम मेयर कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि पाटन भ्यालीले जितेको छ । आज सम्पन्न फाइनल खेलमा पाटन स्टारलाई ६६ रनले हराउँदै पाटन भ्यालीले उपाधि हात पारेको हो । 

श्रीकृष्ण माविको मैदानका टस हारेर ब्याटिङ गरेको पाटन भ्यालीले निर्धारित २० ओभरमा सुरेश जोशीको अविजित ४७ रनको मद्दतमा नौ विकेट गुमाएर १७२ रन बनायो । स्टारका लागि किरन चन्दले चार तथा पङ्कज चन्दले दुई विकेट लिए । एक सय ७३ रनको विजय लक्ष्यका साथ मैदानमा उत्रेको पाटन स्टारले १७ ओभरमा १०६ रन मात्र बनायो । उसका लागि किरन चन्दले सर्वाधिक ३१ रनको योगदान दिए । बलिङ्तर्फ पाटन भ्यालीका पारस विष्ट र धीरेन्द्र चन्दले तीन/तीन विकेट लिए । पाटन भ्यालीका सुरेश जोशी म्यान अफ द म्याच भए । 

उपाधिसँगै पाटन भ्यालीले रु ३० हजार तथा उपविजेता पाटन स्टारले रु २० हजार पुरस्कार प्राप्त गर्यो । प्रतियोगितामा व्यक्तिगत १४२ रन तथा सात विकेट लिएका पाटन भ्यालीका वीरेन्द्र विष्ट म्यान अफ द सिरिज भए । उनले रु पाँच हजार पुरस्कार प्राप्त गरे । प्रतियोगितामा व्यक्तिगत १० विकेट लिएका पाटन स्टारका हेमन्त चन्द उत्कृष्ट बलर भए भने १३४ रन बनाएका बसन्तपुरका जगदीश लुहार उत्कृष्ट  ब्याट्सम्यान भए । उनीहरुले जनही रु तीन हजार पुरस्कार पाए । विजेता, उपविजेता टोली तथा खेलाडीलाई सांसद दामोदर भण्डारी, पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दलगायतले पुरस्कार प्रदान गरेका थिए । पाटन नगरपालिकाको आयोजनामा असोज ८ गतेदेखि प्रतियोगिता सञ्चालन भएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति