२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नवलपरासीमा सम्पन्न स्वर्गीय मुगा जयसवाल मेमोरियल कप बडहियालाई

२०७६, ३ कार्तिक आईतवार ०२:०४

श्याम थापा | कात्तिक ३, नवलपरासी | स्वर्गीय मुङ्गा जयसवाल मेमोरियल कप भारत उत्तर प्रदेशको बडहियाले हात पार्न सफल भएको छ । 

मिति २०७६ असोज २५ गते देखि जयसवाल परिवारबाट सुस्ता गाउँपालिका वार्ड न ५ पक्लिहवाको अनुमाघाट(ठाडीघाट) संचालन भएको स्वर्गीय मुङ्गा जयसवाल मेमोरियल कप खुल्ला क्रीकेट प्रतियोगितामा भारत बिहारको बाल्मिकीनगर युवा क्लब र भारत उत्तर प्रदेशको बडहिया क्रिकेट क्लब बिच भएको खेलमा उत्तर प्रदेश भारतको बडहियाको टिमले ट्च जितेर फिल्ड रोजेको थियो भने ब्याटिङ्ग भारत बिहार वाल्मीकिनगर युवा क्लबले सुरु गरेको थियो । २० ओभरको खेलमा बाल्मिकीनगर युवा क्लबले ८ विकेटको नोक्सानमा  १२३ रन बनाएर भारत उत्तर प्रदेश बडहिया क्रिकेट क्लबलाई १२४ रनको लक्ष्य दिएको थियो । १२४ रनको लक्ष्य  पछ्याउँदै बडहिया क्रिकेट क्लबले १६ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पूरा गरि स्वर्गीय मुङ्गा जयसवाल मेमोरियल कप बिजेता बन्न पुगेको हो । 

स्वर्गीय मुङ्गा जयसवालको नाति रबिन्द्र कुमार जयसवालको अध्यक्षयतामा,नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति पश्चिम नवलपरासीका कार्यबाहक सभापति अर्जुन कुमार पोख्रेलको प्रमुख अतिथ्यतामा,सविधानसभाका सदस्य द्वेय माननीय देवकरण प्रसाद कलवार सन्तु र बिक्रम खनालको विशेषअतिथ्यतामा बिजेता र उपबिजेताका टिमलाई पुरस्कार वितरण गरिएको हो । 

सो प्रतियोगितामा १६ वटा टिम दर्ता रहेको थियो भने स्वर्गीय मुङ्गा जयसवाल सुस्ता गाउँपालिका वार्ड न ५ का उधोगपती एवं समाजसेवी ओमप्रकाश जयसवालको हजुरबुबा हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति