२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

दिक्तेलमा नगरपालिका स्तरिय मेयरकप व्याडमिण्टन प्रतियोगिता हुने

२०७६, ८ मंसिर आईतवार ०८:५७

मंसिर ८,खोटाङ | खोटाङको दिक्तेलमा ‘प्रथम प्रदेश नम्बर १ नगरपालिका स्तरिय मेयरकप व्याडमिण्टन’ प्रतियोगिता हुने भएको छ । दिक्तेलस्थित माटिकोरेमा निर्माण भएको कभर्डहल उद्घाटनको अवसर पारेर खुल्ला डवल व्याडमिण्टन प्रतियोगिता हुन लागेको हो ।

आईतबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालयमा पत्रकार सम्मेलन गर्दै आगामी पुस १ गतेदेखी ३ गतेसम्म प्रतियोगिता सञ्चालन हुने जानकारी गराएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजना तथा जिल्ला व्याडमिण्टन संघको सहयोगमा हुने प्रतियोगितामा एक नगरपालिकाबाट बढीमा दुई टिमलाई सहभागि गराईने छ । एक हजार पाँच सय रुपैयाँ सहभागि शुल्क लाग्नेछ ।


प्रदेश नम्बर १ का ४९ वटा नगरपालिकाका खेलाडीलाई सहभागि गराएर हुने प्रतियोगिता नकआउटको आधारमा अन्तर्राष्ट्रिय नियम अनुसार खेलाईने जनाइएको छ । प्रतियोगितामा प्रथम पुरस्कार १ लाख ५० हजार, दोश्रो पुरस्कार ८१ हजार र तेश्रो पुुरस्कार दुई टिमलाई ४१-४१ हजार नगदका साथमा मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितामा टिम दर्ता गराउनका लागि सम्बन्धित नगरपालिकाको सिफारिस पत्र अनिवार्य गरिएको छ । २८ मंसिरभित्र टिम दर्ता गरिसक्नुपर्ने पत्रकार सम्मेलनमा जनाइएको छ ।



नगरपालिकाको १ करोड ८ लाखमा निर्माण भएको कर्भडहल उद्घाटनसँगै व्याडमिण्टन प्रतियोगिता गराउन लागिएको नगरप्रमुख दिपनारायण रिजालले बताए । नगरपालिकाको  दुई आर्थिक वर्षको बजेटबाट निर्माण भएको कर्भडहल बनेपछि अब भने, स्थानीय, प्रदेश स्तरिय तथा राष्ट्रिय स्तरका इन्डोर गेम गराउन सकिने नगरप्रमुख रिजालले बताए । कभर्डहलको केही फिनिसिङको काम भईरहेको निर्माण उपभोक्ता समितिले जनाएको छ । प्रतियोगिताका कारण नगरको विभिन्न पर्यटकीय स्थलको प्रचारप्रसार तथा व्यापार व्यावसायमा टेवा पुग्ने भएकाले निक्कै महत्वका साथमा हेरिएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले