२२ पुष २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

महानगर कप भलिबलः ललितपुर र चौतारा क्वाटरफाइनलमा

२२ पुष २०७६, मंगलवार ०४:१०

पुष २२, ललितपुर | ललितपुर महानगरपालिका र चौतारा नगरपालिका यहाँ जारी महानगर कप पुरुष तथा महिला भलिबलअन्तर्गत पुरुषतर्फको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

ललितपुरको जाउलाखेलस्थित जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रमा सोमबार भएको खेलमा चौतारा नगरपालिकाले भक्तपुर नगरपालिकालाई ३–० सेटले पराजित गर्यो । चौताराले भक्तपुरलाई २५–१४, २५–२१ र २५–२१ अङ्कले हराएको हो । समूह ‘ए’ मा रहेको चौतारा पहिलो भई छ अङ्कसहित क्वाटरफाइनलमा प्रवेश गरेको छ । यस्तै समूह ‘ए’बाट चार अङ्कसहित दोस्रो भएको ललितपुरसमेत क्वाटरफाइनलमा पुगेको छ । सो समूहमा रहेको भक्तपुर नगरपालिका प्रतियोगिताबाट बाहिरिएको प्रतियोगिता प्रचारप्रसार उपसमितिकी संयोजक निलम बज्राचार्यले जानकारी दिनुभयो ।

यस्तै समूह ‘सी’बाट महालक्ष्मी तथा पनौती नगरपालिका पुरुषतर्फको खेलमा क्वाटरफाइनलमा पुगेका छन् । उक्त समूहबाट टोखा नगरपालिका बाहिरिएको छ । समूह ‘डी’अन्तर्गतको खेलमा पुरुषतर्फ गोकर्णेश्वर तथा कमलामाई नगरपालिका आ–आफ्नो खेलमा विजयी भएका छन् । गोकर्णेश्वरले धुलिखेल नगरपालिकालाई २५–२३, २५–१४ र २५–१९ अङ्कले हरायो । यस्तै कमलामाईले गोदावरी नगरपालिकालाई २५–१३, २५–१८ र २५–१८ अङ्कले पराजित गर्यो । 

यसैगरी महिलातर्फको खेलमा विदुर, गोकर्णेश्वर र चन्द्रागिरि नगरपालिका विजयी भएका छन् । विदुरले टोखा नगरपालिकालाई २५–२२, २५–५, २३–२५ र २५–९ अङ्कले हरायो । गोकर्णेश्वरले हेटाँैडालाई २५–१६, २५–११ र २५–२२ अङ्कले तथा चन्द्रागिरिले बनेपा नगरपालिकालाई २५–७, २५–९ र २५–५ अङ्कले पराजित गर्यो । ललितपुर महानगरपालिकाले आफ्नो १०१औँ स्थापना दिवसका अवसरमा उक्त प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा पुरुषतर्फ १३ तथा महिलातर्फ आठ नगरपालिका सहभागी रहेको संयोजक बज्राचार्यले बताउनुभयो ।

पुरुष तथा महिला भलिबलका विजेताले रु दुई लाख, उपविजेताले रु एक लाख, तेस्रो हुनेले रु ५० हजार र चौथो हुनेले रु २५ हजार पुरस्कार प्राप्त गर्नेछन् । पुरुष र महिलातर्फ सर्वोकृष्ट हुने खेलाडीलाई रु १० हजार तथा उत्कृष्ट स्पाइकर, ब्लकर, सेटर, डिफेन्स, सर्भर र प्रशिक्षकले जनही रु पाँच हजार पुरस्कार प्रदान गरिनेछ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भद्रपुर उडेको बुद्धको जहाज : आगो देखिएसँगै बायाँ इन्जिन फेल भएको थियो ‘बाहुबली २’ लाई उछिन्दै ‘पुष्पा २’ बन्यो भारतभर धेरै कमाउने फिल्म भारतमा एचएमपीभीको थप दुई संक्रमित भेटिए आर्मीले पुलिसलाई दियो १७२ रनको लक्ष्य, सोमपालको उत्कृष्ट ब्याटिङ साउदीमा परिवारको निधन भए श्रमिकले ५ दिन तलबी बिदा पाउने वैदेशिक रोजगारका नाममा ठगी गरेको आरोपमा तीन पक्राउ मायन यादवले पनि प्रहार गरे अर्धशतक जय ट्रफी : सोमपाल कामीले बनाए पहिलो अर्धशतक रवि लामिछानेतर्फको थुनछेक बहस सुरु, क-कसले गर्दै छन् बहस? सिंहदरबार गेटबाट फणिन्द्र नेपाल पक्राउ सेनिटरी प्याडमा लुकाएर अवैध रूपमा सुन ल्याइएको सुन लुट्ने तीन जना पक्राउ विश्वको ५औं प्रदूषित सहरमा काठमाडौँ उपत्यका, पहिलो कुन ? भद्रपुर उडेको बुद्ध एयरमा प्राविधिक समस्या देखिएपछि काठमाडौँमा अवतरण हमास ३४ बन्धक छाड्न तयार हुँदा नेपालका विपीनको के होला अवस्था ? चीनमा फैलिएको एचएमपीभी भाइरस भारतमा पनि भेटियो सूर्यदर्शन सहकारी ठगी प्रकरण : रवि लामिछानेको तर्फबाट थुनछेक बहस हुँदै पटक-पटक अपमानित हुनुपरेको भन्दै कैलालीमा ४६ जनाले सामूहिक राजीनामा दिँदै छाडे एमाले स्वर्णलक्ष्मीमा लामिछानेको बयान- ऋणको जवाफदेहिता जीबीकै हुन्छ पोखराका सहकारी पीडितलाई भेट्नै चाहेनन् गगनले चरेससहित दुईजना महिला पक्राउ