७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

चौथौ दिदीबहिनी कप राष्ट्रिय महिला भलिबलमा छनोट चरणका तीन खेल सम्पन्न

७ फाल्गुन २०७६, बुधबार १३:१९


बुधबारबाट सुरू भएको चौथो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा बुधबार ३ खेलहरु सम्पन्न भएका छन। पहिलो खेलमा होङवान्जी न्यू डायमण्ड एकेडेमी र आयोजक दिदीबहिनी एफ एमबीच भएको खेलमा होङवान्जी न्यू डायमण्ड एकेडेमीले आयोजकलाई पराजित गरेको छ। बेस्ट अफ थ्रिको आधारमा भएको खेलमा डायमण्डले २५(३, २५(२ र २५(६ को लगातार तीन सेटमा जित हात पारेको हो। यस्तै, दोस्रो खेल त्रिभुवन आर्मी क्लब र ए पी एफबीच भएको खेलमा आर्मीलाई ए पी एफले पराजित गरेको छ। खेलमा आर्मीले २५(२१ र २५(१५ को दुई सेट जित्यो भने ए पी एफ ले २५(१७, २५(९ र १५(९ का तीन सेट आफ्नो पक्षमा पार्न सफल भयो। अन्तिम खेलमा नेपाल पुलिस क्लबले होङवान्जी न्यू डायमण्ड एकेडेमीलाई लगातार तीन सेटमा पराजित गर्न सफल भयो।

पुलिसले २५(२२, २५(२१ र २५(१७ को सेटमा डायमण्डलाई पराजित गरेको हो। डाइमण्डकी सफल खेलाडी प्रतिभा माली घाईते भएर बेड रेस्टमा रहेका कारण डायमण्डको टोली माली बिना नै प्रतिस्पर्धामा उत्रिएको थियो। प्रतियोगितामा बिहीबार बिहान लिग चरणको अन्तिम खेल नेपाल पुलिस क्लब र आयोजक दिदीबहिनी एफ एमको समुहका बीचमा हुनेछ।

लगत्तै पहिलो सेमी फाईनलका दुई खेल हुनेछन। प्रतियोगिताको बिजेताले २ लाख, उपबिजेताले १ लाख र तेस्रो हुनेले ५० हजार नगद प्राप्त गर्ने छन। महिलाहरुको व्यवस्थापनमा मात्र संचालनमा रहेको रेडियो दिदीबहिनीको दशाौँ बार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको तेह्रौ गण्डकी प्रदेश स्तरीय महिला महोत्सवको अवसरमा राष्ट्रिय महिला भलिबलको आयोजना गरिएको हो। फागुन १ गतेबाट सुरू भएको महोत्सवको समापन फागुन ११ गते हुने रेडियोकी अध्यक्ष कल्पना चापागाईँले जानकारी दिईन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी