२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

नौ महिनापछि पोखरामा खेलकूद प्रतियोगिता

२०७७, २४ मंसिर बुधबार ०८:१३

कृष्ण दवाडी । मङ्सिर २४, कास्की । कोरोना सङ्क्रमण रोकथामका लागि आह्वान गरिएको बन्दाबन्दीपछि पोखरामा पहिलो पटक खेलकूद प्रतियोगिता शुरु भएको छ । कास्की जिल्ला क्रिकेट सङ्घले आसन्न प्रधानमन्त्री कपका लागि खेलाडी छनोट गर्न मङ्गलबारदेखि पोखरा रङ्गशालाको क्रिकेट मैदानमा आयोजना गरेको क्लबस्तरीय छनोट प्रतियोगिता शुरु भएपछि खेलकूद गतिविधि पुनः रङ्गशालामा फर्किएको हो ।

पोखरामा पछिल्लो पटक फागुनअन्तिम साता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित आहा रारा गोल्डकप फुटबल प्रतियोगिता भएको थियो । कोरोना कहरका कारण गत वर्ष फागुन अन्तिम सातादेखि खेलकूद नगरी पोखरामा सबै खेल गतिविधि ठप्प भएका थिए । वर्षभरिनै नियमित खेलकूदका प्रतियोगिता सञ्चालन हुने पोखरा रङ्गशालामा सङ्क्रमण रोक्न आह्वान गरिएको बन्दाबन्दीका  कारण लामो समय कुनै पनि प्रतियोगिता तथा प्रशिक्षण नहुँदा खेलाडी प्रभावित बने । नौ महिनापछि रङ्गशालामा उपस्थित भएर प्रतियोगिता खेल्न पाउँदा खेलाडीहरु उत्साहित छन् ।

कोरोना महामारीको केही समयपछिनै विश्वका अन्य देशमा खेलकूद नियमित रहे पनि नेपालमा लामो समय बन्द हुँदा आफूहरुले लामो समय मैदानमा आउन नपाउँदा निराश बनेको क्रिकेट खेलाडी दीपेश खत्री बताउनहुन्छ । उहाँले भन्नुभयो, “अन्तिम पटक मलेसियासँग खेलेपछि कुनै पनि प्रतियोगिता खेल्न पाएका थिएनौँ । कोरोनाले गर्दा सरकारले बनाएको नियम मानेर घरमा बसौँ, २० वर्ष क्रिकेटमा लागि जीवन दिएका हामी खेलाडी पुनः खेल्न पाउँदा उत्साहित भएका छौँ ।”

क्रिकेट, फुटबललगायत खेलका खेलाडीको उमेर कम हुने भएकाले एक वर्ष क्षति हुँदा प्रदर्शनसमेत प्रभावित हुने खत्रीको भनाइ छ । आगामी पुस ११ देखि हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि जिल्ला क्रिकेट सङ्घले खेलाडी छनोट गर्न पोखरा रङ्गशालामा पुरुषको क्लबस्तरीय प्रतियोगिता सञ्चालन गरेको हो । प्रतियोगितामा विभिन्न छ टोलीले सहभागिता जनाएका छन् ।

क्रिकेट रेफ्री भोजराज बरालले लामो समयपछि क्रिकेट प्रतियोगिता हुँदा खुशी लागेको बताउनुभयो । उहाँले विस्तारै क्रिकेट खेलको माहोल जिल्ला जिल्लामा बढ्ने विश्वास व्यक्त गर्दै प्रतियोगितालाई निरन्तरता दिनुपर्ने बताउनुहुन्छ । मङ्सिर २९ सम्म सञ्चालन हुने प्रतियोगितामा माछापुछ्रे र पोखरा क्रिकेट क्लबसहित अरण्यज्योति, साङ्ग्रिला, कास्की र राईजिङ्ग पोखरा क्रिकेट क्लबसहित छ टोलीले सहभागिता जनाएको कास्की जिल्ला क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिनुभयो ।

क्लबस्तरीय  प्रतियोगिताबाट जिल्लाको टोली छनोट गरी प्रदेश छनोट प्रतियोगितामा पठाइने क्रिकेट सङ्घले जनाएको छ । महिलाको भने क्लब नभएकाले छनोट ‘क्याम्प’मार्फत खेलाडी छनोट गरिने छ । आगामी पुुस १ देखि पोखरा रङ्गशालामा प्रदेशस्तरीय पुरुष तथा महिलाको छनोट प्रतियोगिताबाट महिला पुरुषको एक/एक टोली प्रधानमन्त्री कपका लागि छनोट गरिने सङ्घका सचिव दीपेन्द्र चन्दले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले