७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

धनगढीमा एलपिएलको तयारी तीव्र

२६ पुष २०७७, आईतवार ०४:५७

पुस २६, टीकापुर । आउँदो फागुन १५ देखि २४ गतेसम्म धनगढीमा हुने लिटिल फ्लावर प्रिमियर लिग(एलपिएल)को पाँचौँ संस्करणको तयारी तीव्र पारिएको छ । पाँचौँ संस्करणको मुख्य प्रायोजक टीकापुरको चण्डिका गु्रप हुने भएको छ । धनगढीमा हुने लिटल फ्लावर प्रिमियर लिगको पाँचौँ संस्करणमा चण्डिका गु्रपसँग मुख्य प्रायोजकका रूपमा सम्झौता गरिएपछि प्रतियोगिताको पाँचौँ संस्करणको नाम चण्डिका गु्रप लिटिल फ्लावर प्रिमियर लिग हुने भएको छ ।  

लिटल फ्लावर स्पोर्टस एण्ड इभेन्ट्सले प्रतियोगिताको मुख्य प्रायोजन सम्झौता गरेको जानकारी दिएको हो । आयोजकका तर्फबाट इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाही र चण्डिका गु्रपका तर्फबाट निर्देशक श्याम कुँवरले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । कैलालीको टीकापुरमा रहेको चण्डिका गु्रपले खाद्यान्न, हार्डवेयर तथा आयात निर्यातको व्यवसाय सञ्चालन गर्दै आएको छ ।

लिटिल फ्लावर स्पोटर्स एन्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्न प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो । “कोरोनाको कहरका बीचमा पनि मुख्य प्रायोजक पाउँदा प्रतियोगितालाई सफलतापूर्वक आयोजना गर्न मद्दत मिल्नेछ”, शाहीले भन्नुभयो, “हाम्रो उद्देश्य विद्यालयस्तरबाटै खेलाडी उत्पादन होऊन् भन्ने हो । त्यसका लागि यस्ता गतिविधि हुन आवश्यक छ ।”

लिग कम नकआउटमा खेलाइने प्रतियोगिता धनगढीस्थित सङ्घीय प्रहरी एकाइको खेल मैदानमा हुनेछ । प्रतियोगितामा विद्यालयस्तरका १९ वर्षमुनिका खेलाडीले सहभागिता जनाउनेछन् । देशभरका करिब १२ विद्यालय प्रतियोगितामा सहभागी हुने शाहीले जानकारी दिनुभयो । विगतमा चार जनासम्म नेपालभित्रका १९ वर्षमुनिका खेलाडीलाई सहभागी गराइने प्रतियोगितामा यस वर्ष भने विद्यालय बाहिरका १९ वर्षमुनिका दुई मात्रै खेलाडी सहभागी गराउने तयारी आयोजकले गरेको छ ।

विगतका वर्षभन्दा पुरस्कार राशि पनि यो वर्ष घटाइएको छ । चौथो संस्करणको विजेताले रु दुई लाख र उपविजेताले एक लाख पाएकामा यसपालि विजेतालाई रु एक लाख र उपविजेतालाई रु ५० हजार दिइनेछ । “कोरोना महामारीको बीचमा प्रतियोगितालाई निरतन्तरता दिन सक्नु नै ठूलो हो”, अध्यक्ष शाहीले भन्नुभयो, “प्रतियोगिता क्रिकेटको जग हो । हाम्रो उद्देश्य क्रिकेट खेलको विकास गर्ने हो । त्यसैले जग बलियो बनाउनका लागि नरोक्ने निर्णयमा पुगेका हौँ ।”

समयसँगै क्रिकेट खेल युवामा मात्र नभई, बयस्क र केटाकेटीका लागि पनि लोकप्रिय खेल बन्न थालेको छ । सुदूरपश्चिममा एक दिवसीय र २०/२० क्रिकेट खेल हुन थालेका छन् । क्रिकेटप्रति बढेको आकर्षणले कैलालीमा क्लब र विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता हुने क्रम पनि बढ्न थालेका शिक्षक पूर्ण विक बताउनुहुन्छ । “विद्यालयले पनि आफ्नो अतिरिक्त क्रियाकलापमा क्रिकेट खेललाई प्राथमिकतामा राख्न थालेका छन्”, शिक्षक विकले भन्नुभयो, “क्रिकेटमा खेलाडीको रुचि बढेको छ र दर्शकले पनि रुचाउन थालेका छन् । विद्यालयले कलिला विद्यार्थीको क्रिकेटमा रुचि जगाउने काम गर्न थालेको महसुस गरेको छु ।” सुदूरपश्चिम प्रदेश सरकारले युवाको क्रिकेटप्रति बढ्दै गएको रुचिलाई सम्बोधन गर्न फाप्ला क्रिकेट मैदानलाई अत्याधुनिक क्रिकेट मैदानका रूपमा विकास गरिरहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट