७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

राखेपद्वारा गण्डकी प्रदेशमा नौ खेल पूर्वाधार निर्माण सम्झौता

३ फाल्गुन २०७७, सोमबार ०५:१४

फागुन ३, कास्की । राष्ट्रिय खेलकूद परिषद्(राखेप)ले गण्डकी प्रदेशका विभिन्न जिल्लामा नौ खेल पूर्वाधार निर्माणका लागि सम्झौता गरेको छ । राखेप सदस्य सचिव रमेशकुमार सिलवाल र सम्बन्धित उपभोक्ता समितिका बीचमा आइतबार पोखरामा सम्झौता भएको हो । बजेट कार्यक्रममा परेका पूर्वाधार निर्माणका लागि यसअघि राजधानी गएर सम्झौता गर्नुपर्नेमा यसपटक सम्बन्धित प्रदेशमै निर्माण सम्झौता कार्यक्रम गरिएकाले उपभोक्ता समितिलाई सहज भएको राखेपले जनाएको छ । 

कास्कीसहित पर्वत, लमजुङ, तनहुँ, म्याग्दी, गोर्खालगायतका जिल्लामा नौवटा पूर्वाधार निर्माणका लागि स्थानीय उपभोक्ता समितिसँग रु एक करोड ९५ लाख बराबरको सम्झौता गरिएको पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीले जानकारी दिनुभयो । पोखराको ज्येष्ठ नागरिक बहुउद्देश्यीय कभर्डहल निर्माणका लागि राखेपले रु ५० लाख उपलब्ध गराउने भएको छ । रु ५५ लाख ६३ हजार ८६ लागत अनुमान रहेकामा बाँकी रकम समितिले व्यहोनुपर्ने सम्झौतामा उल्लेख छ ।

लमजुङको राइनास नगरपालिका–६ स्थित गौलीटार रङ्गशाला निर्माणका लागि राखेपले रु ५० लाख उपलब्ध गराउने भएको छ । सो रङ्गशालाको लागत अनुमान रु ५५ लाख ९२ हजार १६१ छ । लमजुङ कभर्डहल निर्माणका लागि रु १० लाख, म्याग्दीको बेनी रङ्गशाला निर्माणका लागि रु १० लाख, पर्वतको कुश्मा कभर्डहल निर्माणका लागि रु १० लाख, तनहुँको चिन्टुटार रङ्गशाला निर्माणका लागि रु १० लाख, म्याग्दीको रत्नेचौर बहुउद्देश्यीय खेल मैदानका लागि रु १० लाख, बागलुङमा मदन भण्डारी कभर्डहल निर्माणका लागि रु १० लाख र गोरखा रङ्गशाला स्तरोन्नतिमा रु १० लाख उपलब्ध गराउने गरी सम्झौता गरिएको छ ।

सम्झौतामा सम्बन्धित उपभोक्ता समितिले तोकिएको काम आगामी विसं २०७८ वैशाख मसान्तभित्र सम्पन्न गरी सक्नुपर्ने छ । सम्झौता कार्यक्रमका अवसरमा राखेप सदस्यद्वय राजेशकुमार गुरुङ र रेनुका श्रेष्ठ, विभागीय प्रमुखद्वय कुलबहादुर थापा र अर्जुन विक सहभागी हुनुहुन्थ्यो । 

खेलकूद अभिमुखीकरण शुरु

राखेपको आयोजनामा गण्डकी प्रदेशको खेलकूद अभिमुखीकरण कार्यक्रम आइतबारदेखि पोखरामा शुरु भएको छ । कार्यक्रममा वाग्मती प्रदेशका विभिन्न जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख, ओलम्पियन, अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी, भेट्रान खेलाडी र स्थानीय खेल सङ्घका प्रतिनिधि गरी १४९ को सहभागिता रहेको थियो ।

कार्यक्रममा सदस्यसचिव सिलवालले गण्डकी प्रदेशलाई खेलकूद पर्यटनको शहरका रूपमा विकास गर्ने योजनाअनुसार पूर्वाधार निर्माणमा लगानी वृद्धि गरिएको बताउनुभयो । कार्यक्रमको पहिलो दिन सदस्यसचिव सिलवालले खेलकूद व्यवस्थापन, डा ज्ञानेन्द्रविक्रम शाहले ‘स्पोर्ट्स मेडिसिन’, सागमा कराँतेतर्फ स्वर्णधारी सुलोचना सिजख्वाले खेल मनोविज्ञान, रमन नेपालीले खेल उत्प्रेरणा, राजेन्द्ररत्न तुलाधरले ‘फिटनेस’ र  र सकुना देनीले ‘मेन्टल ट्रेनिङ एन्ड स्पोर्ट्स पर्फमेन्स’ बारे जानकारी गराउनुभएको थियो । राखेपले यसअघि देशका अन्य छ प्रदेशमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको जनाएको छ । कार्यक्रम आज समापन हुनेछ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो