७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

बस्ती–बस्तीबाट क्रिकेट खेलाडी छनोट गरिँदै

२१ फाल्गुन २०७७, शुक्रबार ०३:४६

फागुन २१, महोत्तरी | महोत्तरीका बस्ती–बस्तीबाट क्रिकेट प्रतियोगिताका लागि सम्भावनायुक्त खेलाडी छनोट गरिँदैछ । क्रिकेटका स्थापित खेलाडी स्व विशाल गुप्ता र कुन्दन सिंहको सम्झनामा जिल्ला क्रिकेट सङ्घ महोत्तरीले आयोजना गर्न लागेको स्व विशाल गुप्ता एवं कुन्दन सिंह मेमोरियल जिल्ला अन्तरपालिकास्तरीय क्रिकेट प्रतियोगिता २०७७ का लागि अहिले बस्ती–बस्तीबाट खेलाडी छनोट प्रक्रिया थालिएको हो ।

जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ वटै स्थानीय तहलाई सहभागी गराइने प्रतियोगिताबाट अन्तर जिल्ला, प्रादेशिक र राष्ट्रिय प्रतियोगिताका लागि उम्दा खेलाडी छनोट हुने जिल्ला क्रिकेट सङ्घ महोत्तरीले अपेक्षा लिएको छ । यसपालि आगामी चैत २२ गतेदेखि शुरु हुने अन्तरपालिकास्तरीय प्रतियोगिताका लागि अहिले सबै पालिकामा खेलाडी छनोटको क्रम थालिएको सङ्घका जिल्ला अध्यक्ष रोशनकुमार सिंहले जानकारी दिनुभयो ।

“जिल्लाका सबै पालिकाको सहभागिता हुने अपेक्षासाथ हामीले प्रतियोगिताको तालिका बनाएका छौँ”, अध्यक्ष सिंहले भन्नुभयो, “यस प्रतियोगिताको माध्यमले भित्री गाउँ/नगर बस्तीमा ओझेलमा परेका खेलाडी उजागर हुनेछन् ।” सङ्घले चैत २२ देखि शुरु हुने प्रतियोगिताका लागि बिहीबारदेखि नै टिम दर्ता प्रक्रिया शुरु गरेको छ । यो क्रम चैत १० गतेसम्म रहने सङ्घको तालिकामा उल्लेख छ । जिल्लाका सबै पालिकाले सहभागिताको प्रतिबद्धता जनाउँदै टिम दर्ता गर्ने जानकारी प्राप्त भइरहेको अध्यक्ष सिंहको भनाइ छ ।

सङ्घले प्रतियोगितामा रु ३२ लाख खर्च हुने जनाएको छ । “हामीले उत्कृष्ट टिम र खेलाडीका लागि पुरस्कारको व्यवस्था गरेका छौँ”, अध्यक्ष सिंहले भन्नुभयो । प्रतियोगितामा प्रथम हुने टोलीलाई रु एक लाख एक हजार र दोस्रो हुने टोलीलाई रु ५१ हजार तथा ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने सङ्घले जनाएको छ । यसैगरी म्यान अफ दि सिरिजलाई रु २० हजार, इमर्जिङ प्लेयरलाई रु १५ हजार, बेस्ट व्याट्सम्यान र बेस्ट बलरलाई रु १०/१० हजार र  म्यान अफ दि म्याच खेलाडीलाई रु दुई हजार ५०० का दरले प्रत्येक खेलमा प्रदान गरिने अध्यक्ष सिंहले जानकारी दिनुभयो ।

जिल्ला सदरमुकाम जलेश्वरस्थित जलेश्वर रङ्गशालामा आयोजना हुने यस प्रतियोगिताको पोशाक वितरण तथा ट्रफी उद्घाटन चैत १५ गते र खेलतालिका पनि सोही दिन कप्तान, टिम प्रशिक्षक, टिम व्यवस्थापक र प्राविधिक समितिको संयुक्त बैठकबाट टुङ्ग्याइने सङ्घले जनाएको छ । प्रतियोगिता ५० ओभरको प्रणालीमा हुने सङ्घले स्पष्ट पारेको छ ।

जिल्लाका बस्ती/बस्तीमा क्रिकेटबारे बढ्दो चासोको सम्मान सङ्घले गरेको अहिले खेलप्रेमीले टिप्पणी गरेका छन् । जिल्लाभित्रका सबै पालिकाको सहभागिता हुने प्रतियोगिताबाट प्रत्येक टोलीका उत्कृष्ट खेलाडी छनोट गरी जिल्लाको उत्कृष्ट टोली बनाउन यो आयोजनाले सहयोग पुग्ने मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलको विश्वास छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो