२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

तयार भयो रसुवा रङ्गशाला

२०७८, १८ बैशाख शनिबार १०:०६

ज्ञानेन्द्र न्यौपाने। वैशाख १८, रसुवा । युवालाई  नियमित खेलकूदका अभ्यासमा सहज पार्ने ध्येयले धुञ्चेमा आकर्षक  रसुवा रङ्गशाला निर्माण भएको छ ।  प्रदेश तथा स्थानीय सरकारको   संयुक्त रु एक करोड   लगानीमा  सो खेल मैदान तयार भएको हो । 

खेलमैदान बनेपछि अहिले फुटबलमा थप आकर्षण बढ्न थालेको छ । फुटबल मैदान लगायतका संरचना तयार गर्न  वाग्मती  प्रदेश सरकारले रू ६५ लाख अनुदान र गोसाइँकुण्ड गाउँपालिकाले रू ३५ लाख  खर्च गरेका थिए  ।

यही वैशाख १ गते वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले  उक्त रङ्गशालाको विधिवत् शुभारम्भ गर्नुभएको थियो । नयाँ खेल मैदानबाट युवा विद्यार्थीले फुटबल खेललाई निरन्तरता दिन थालेको गोसाइँकुण्ड गाउँपालिकाले जनाएको छ ।

फुटवल मैदानको व्यवस्थापनले  खेलको साथै ठुलाखाले सभा सम्मेलन जस्ता कार्य सम्पन्न गराउन समेत सहज भएको छ । खेलमैदानको आकार ६२ फिट लम्वाई र ४२ फिट चौढाई भएको मैदान एवं दक्षिण तर्फको भागमा पाँच सय भन्दा बढी क्षमताको दर्शक बस्ने स्थल समेत निर्माण गरिएको गोसाइँकुण्ड –६ का वडाध्यक्ष दावासिदार तामाङले जानकारी दिनुभयो ।

विसं २०४२ मा फुटबल तथा (हेलिकप्टर बसाल्ने) हेलिप्याड नामाकरण दिइ  सानो आकारमा निर्माण गरेको मैदानलाई  सो गाउँपालिकाले व्यवस्थित रूपले स्तरोन्नति र सिमेन्टको टेवापर्खाल  सहितको संरचना निर्माण  गरी रङ्गशाला तयार गरेको हो ।

 सुधार सहित नयाँ तरिकाबाट निर्माण गरेको फुटबल  मैदानमा खेलिरहेको बल सुरक्षित पार्न १५ फिट अग्लो फलामे तारबार लगाइएको छ ।  सोही कारण हेलिकप्टर अवतरणका लागि भने केही असहज हुने महशुस गर्दै  गाउँपालिकाले हेलिकप्टर अवतरणको लागि अन्यत्र व्यवस्थापन गर्न लागेको  छ । गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले हेलिकप्टर अवतरणका अन्यत्र व्यवस्थापन गर्ने जानकारी  दिनुभयो ।

यसैगरि  भलिबल खेलका लागि भने धुञ्चे स्थित बालमन्दिर प्राङ्गणलाई व्यवस्थित गरिएको छ । तारवार सहितको  सो   खेल मैदानलाई छात्र÷छात्राले    नियमित अभ्यासमा उपयोग गर्दै आएका छन् ।  फुटवल मैदानमा जस्तै  भलिवल मैदानमा पनि दर्शक बस्ने स्थल र घेरावार समेत निर्माण गरिएको छ ।

भिरालो जमिनमा खेल खेलाउदा खेलाडीले हानेको बल निकै तलसम्म पुग्ने समस्या पार गर्दै अबका दिनमा जिल्ला स्तरबाट खेलाइने सवै प्रकारका खेल कार्य सम्पन्न गराउन दुई वटा मैदानबाट सहज  वातावरण सिर्जना भएको गाउँपालिकाले जनाएको छ ।

छब्बिसौं वन्यजन्तु सप्ताह अन्तर्गत  गाउँपालिकाले यही वैशाख  १ गतेदेखि ४  गतेसम्म सञ्चालन गरेको गाउँपालिका अध्यक्ष कप फुटवल प्रतियोगिता समेत सम्पन्न गरिएको थियो ।  सो  खेलमा जिल्ला भरका १७  समुहले भाग लिएका कार्यक्रमका संयोजक तेम्वा जिएले जानकारी दिनुभयो । यस्तै    गाउँ गाउँमा खेलको जागरण बढ्दै गएपनि धुञ्चेको रंङ्गशाला जस्तै  अधिकांश स्थानमा व्यवस्थित खेलमैदानको  आवश्यकता महशुस हुन थालेको छ । 

कम्पाउण्डभित्र  सानो तिनो मैदान तयार गरी विद्यालयले  आफ्ना छात्र÷छात्रालाई  खेलमा जागरण गराई रहेपनि भिरालो जमिनका कारण बल अनियन्त्रित हुने समस्या बढ्दो रहेको शिक्षकले बताएका छन् । जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भटृले खेलकुदमा विद्यार्थीको अभिरूचि बढ्दै गएको बताउनुभयो । उहाँले भलिबल , फुटबल , दौड , हाइजम  जस्ता बिबिध  खेलकुदको विकास र विस्तार गर्न व्यवस्थित मैदानका लागि आफुले सबै गाउँपालिकासँग समन्वयकारी भूमिका निर्वाह गरि रहेको जानकारी दिनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी