२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

चितवनले पहिलोपटक जित्यो ईपीएल क्रिकेटको उपाधि

२०७८, २३ आश्विन शनिबार १०:११

असोज २३, काठमाडौँ | चितवन टाईगर्सले बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ काे उपाधि जितेकाे छ । कीर्तिपुरस्थित टीयू मैदानमा शनिवार भएकाे फाइनलमा पाेखरा राइनाेजलाई ४ विकेटले पराजित गर्दै चितवन पहिलाे पटक च्याम्पियन बनेकाे हाे ।

पाेखराले दिएकाे ११२ रनकाे लक्ष्य चितवनले १५.५ ओभर खेल्दै ६ विकेट गुमाएर पूरा गर्‍यो । चितवनका लागि भिम सार्कीले ४५ बल खेल्दै ७ चाैका र २ छक्काको मद्दतमा ६३ रन बनाए । 

यस्तै दिलिप नाथले १८, राजेश पुलामीले १४ र माेहम्मद शाहाजादले ११ रन जाेडे । कप्तान साेमपाल कामीले आफ्नाे पहिलाे बलमै चाैका प्रहार गर्दै चितवनलाई जित दिलाए ।

बलिङमा पाेखराका किशाेर महताेले ४  विकेट लिए । नन्दन यादवले २ विकेट लिए ।त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेकाे पाेखराले १७.५ ओभरमा सबै विकेट गुमाएर १११ रनमा अलआउट भएकाे थियाे ।

पाेखराका लागि असेला गुनारत्नेले सर्वाधिक ३४ रन बनाए । रिचर्ड लेभीले २६ र कप्तान विनाेद भण्डारीले २२ रन बनाए । विपिन रावलले १७ रन जाेडे । बाँकी खेलाडीले दाेहाेराे अंकमा रन बनाउन सकेनन् ।

चितवनका लागि बलिङमा कमल सिंह  ऐरीले ३.५ ओभरमा २० रन खर्चिएर ४ विकेट लिए । यस्तै करिम जन्नत र सेकुगे प्रसन्नले २-२ विकेट लिए । दुवैले ३ ओभर बलिङ गर्दा प्रसन्नले १३ र करिमले १५ रन खर्चे । कप्तान साेमपाल कामी र सागर ढकालले समान १ विकेट लिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल