२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

लमजुङमा राष्ट्रव्यापी त्रिवेणी कप फुटबल प्रतियोगिता हुने

२०७८, २२ कार्तिक सोमबार १३:५१

कात्तिक २२, लमजुङ | गत वर्ष कोरोनाका कारण स्थगित भएको त्रिवेणी कप फुटबल प्रतियोगिता यस वर्ष हुने भएको छ । बेँसीशहरस्थित त्रिवेणी युवा क्लबले सहजी रंगशालामा २९औँ त्रिवेणी कप फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो । आगामी १२ पुसदेखि त्रिवेणी कप फुटबल प्रतियोगिता संचालन गरिने क्लबका अध्यक्ष विनोद गुरुङले बताए ।

नयाँ कार्यसमितिको १३ कात्तिकमा आयोजना गरिएको तेस्रो बैठकले त्रिवेणी कप फुटबल प्रतियोगतालाई निरन्तरता दिने निर्णय गर्दै खेल संचालनका लागि अध्यक्ष विनोद गुरुङको संयोजकत्वमा २३ सदस्यीय मूल आयोजक समितिसमेत गठन गरिएको छ । जिल्लामा फुटबल खेलको विकास र प्रवर्द्धन गरी व्यवसायीकरण गर्ने र उच्चस्तरीय फुटबल प्रतियोगिता संचालन गर्न, नयाँ खेलाडीलाई प्रोत्साहन, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता संचालन गरिएको क्लबका अध्यक्ष गुरुङले बताए । उनले भने, 'खेलले पर्यटनको विकास र युवाहरूलाई अनुशासित र मर्यादित बनाउनसमेत सहयोग पुग्नेछ ।' 

त्रिवेणी कपको पहिलो संस्करणमा पहिलो हुने समूहलाई नगद तीन लाख रुपैयाँ त्रिवेणी कप, स्वर्ण पदक र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै, दोस्रो हुने समूहले रजत पदकसहित नगद एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । सेमिफाइनल उपविजेता दुई समूहलाई नगद ५०/५० हजार रुपैयाँ प्रदान गरिने अध्यक्ष गुरुङले बताए । अध्यक्ष गुरुङका अनुसार सर्वाधिक गोलकर्ता र सर्वोकृष्ट खेलाडीलाई नगद १५/१५ हजार, स्वर्ण पदक र प्रमाणपत्र प्रदान गरिनेछ । अनुशासित टिमलाई समेत नगद १० हजार रुपैयाँ बराबरको ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल