पुस २९, भजनी | नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका नेता डा रणबहादुर रावलले भलिबलका राष्ट्रिय प्रशिक्षक स्व ज्ञानेन्द्रबहादुर विष्टको निधनमा शोक प्रकट गर्नुभएको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २९, भजनी | नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका नेता डा रणबहादुर रावलले भलिबलका राष्ट्रिय प्रशिक्षक स्व ज्ञानेन्द्रबहादुर विष्टको निधनमा शोक प्रकट गर्नुभएको छ । 
७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

भलिबलको कुशल कमान्डर गुमायौँ : डा रावल

२९ पुष २०७८, बिहीबार ०८:४३

पुस २९, भजनी | नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका नेता डा रणबहादुर रावलले भलिबलका राष्ट्रिय प्रशिक्षक स्व ज्ञानेन्द्रबहादुर विष्टको निधनमा शोक प्रकट गर्नुभएको छ । 

स्व विष्टको १३औँ दिनको पुण्यतिथिमा टीकापुर युवा क्लबद्वारा आयोजित श्रद्धाञ्जलिसभामा डा रावलले राष्ट्रले भलिबल खेलको एक कुशल कमान्डर गुमाएको बताउनुभयो । उहाँले राष्ट्रको पहिचानका लागि खेलकुदको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै त्यसमा स्व विष्टको योगदानलाई सबैले स्मरण गरिरहने बताउनुभयो । सुदुरपश्चिम खेलकुदका लागि उर्वरभूमि भएको सुनाउँदै उहाँले जुनसुकै खेलमा पनि सुदूरपश्चिमको प्रतिनिधित्व रहेको उल्लेख गर्नुभयो । 

टीकापुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामबहादुर भण्डारीले स्व विष्ट टीकापुरमा भलिबल प्रशिक्षण एकेडेमी सञ्चालन गर्न तत्पर रहेको अवस्थामा उहाँको निधनपछि सो कार्य आफुहरुको काँधमा आएको बताउनुभयो । टीकापुर नगरपालिका–१ मा स्थायी बसोबास गर्दै आउनुभएका विष्टको कोरोना सङ्क्रमणका कारण यही पुस १७ गते उपचारका क्रममा काठमाडौँमा निधन भएको थियो । सशस्त्र प्रहरीको एपिएफ क्लबको महिला टोलीको प्रशिक्षकसमेत रहनुभएका विष्ट पछिल्लो समय टीकापुर भलिबल प्रशिक्षण केन्द्रमा प्रशिक्षण दिँदै आउनुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या