२६ पुष २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

भक्तपुरमा सम्पन्न भारोत्तोलनमा सन्देश र विशालको राष्ट्रिय कीर्तिमान

३० पुष २०७८, शुक्रबार ११:४५

पुस ३०, भक्तपुर  | महिलातर्फ ३० स्वर्ण, ३० रजत, कास्य ३० र पुरुषतर्फ ३० स्वर्ण, ३० रजत, कास्य ३० गरी १८० पदक प्रदानका लागि यहाँ सम्पन्न २४औँ पुरुष तथा नवौँ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा नेपाल प्रहरीका सन्देश गुरुङ र विशालसिंह विष्टले नयाँ राष्ट्रिय कीर्तिमान बनाउनुभएको छ ।

नेपाल भारोत्तोलन सङ्घले यही पुस २७ देखि २९ गतेसम्म मध्यपुरथिमिमा आयोजना गरेको प्रतियोगितामा सन्देशले सिनियर पुरुष ९६ किलोको स्न्याचतर्फ १०९ किलो भारवहन गर्दै राजविराजमा विसं २०७७ मा भएको राष्ट्रव्यापी भारोत्तोलनमा विशालसिंह विष्टले बनाएको १०८ किलोको कीर्तिमान भङ्ग गर्दै राष्ट्रिय कीर्तिमान बनाउनुभएको हो ।

सन्देशले स्न्याचमा १०९ किलोसहित क्लिन एण्ड जर्कमा १३७ किलो गरी कूल २४६ किलो भार उठाउँदै स्वर्ण पदक हात पार्नुभयो । एपिएफका सुजन विकले रजत तथा धनुषाका उज्ज्वलकुमार मिश्राले कास्य पदक हासिल गर्नुभयो । 

सिनियर पुरुष १०२ किलोमा विशालले स्न्याच, क्लिन एण्ड जर्क र कूलमा राष्ट्रिय कीर्तिमान स्थापित गर्नुभयोे । उहाँले स्न्याचमा १११ र क्लिन एण्ड जर्कमा १५० किलो गरी २६१ किलो भार उठाउनुभएको थियो । यसअघि सन्देश गुरुङको नाममा स्न्याचमा १०३ किलो र क्लिन एण्ड जर्कमा १३५ किलोको राष्ट्रिय कीर्तिमान रहेको थियो । प्रतियोगितामा आर्मीका विनोद खड्का दोस्रो तथा एपिएफका रणबहादुर नगरकोटी तेस्रो हुनुभयो ।

प्रतियोगिताको सिनियर पुरुष ८९ किलोमा नेपाल प्रहरीका ओमप्रकाश वैश्यले स्न्याचमा १०५ किलो र क्लिन एण्ड जर्कमा १३० किलो गरी कूल २३५ किलो भारवहन गर्दै प्रथम हुनुभयो भने नेपाली सेनाका दिनेश कार्की दोस्रो तथा एपिएफका सन्तोष चौधरी तेस्रो हुनुभयो ।

जुनियर पुरुष ८९ किलोमा बाँकेका सुरज वैश्यले स्न्याचमा ७३ किलो र क्लिन एण्ड जर्कमा १०५ किलो गरी १७८ किलो वजन उठाउँदै स्वर्ण हात पार्नुभयो भने चितवनका समिर थापा क्षेत्रीले रजत तथा पर्साका शिवनारायण यादवले कास्य हात पार्नुभयो । युथतर्फ पुरुषको ९६ किलोमा सप्तरीका सञ्जय यादवले स्न्याच र क्लिन एण्ड जर्कमा समान ९०–९० किलो गरी कूल १८० किलो तौल उचाल्दै शीर्षस्थानमा पुग्न सफल हुनुभयो ।

प्रतियोगिताको युथतर्फ महिला ८१ किलोमा कास्कीकी सिन्जल गुरुङले स्न्याचमा ३३ किलो र क्लिन एण्ड जर्कमा ४२ किलो गरी कूल ७५ किलो भार उठाउँदै प्रथम हुनुभयो । सिनियर महिलाअन्तर्गत ७६ किलोमा प्रहरीकी तारादेवी पुनले स्न्याचमा ६९ किलो र क्लिन जर्कमा ९३ किलो गरी कूल १६२ किलो भार उठाउँदै प्रथम हुनुभयो । ८१ किलोमा प्रहरीकी जानकी बुढाले स्न्याचमा ६० किलो र क्लिन एण्ड जर्कमा ७८ किलो गरी जम्मा १३८ किलो भार उचाल्दै स्वर्ण हात पार्नुभयो ।

त्यस्तै ८७ किलोमा प्रहरीकी विद्या राईले स्न्याचमा ६३ किलो र क्लिन एण्ड जर्कमा ७८ किलो गरी कूल १४१ किलो वजन उचाल्दै स्वर्ण हात पार्नुभयो भने एपिएफकी निशाना बलाल दोस्रो हुनुभयो । ८७ किलोमाथि नेपाल आर्मीकी अस्मिता राईले स्न्याचमा ५० किलो र क्लिन एण्ड जर्कमा ६० किलोसहित कूल ११० किलो भार उचाल्दै स्वर्ण हात पार्नुभयो ।

जुनियर पुरुषको १०२ किलोमा आर्मीका नीरज सिग्देलले स्न्याचमा ५० किलो र क्लिन एण्ड जर्कमा ८० किलो गरी जम्मा १३० किलो भारवहन गरेर प्रथम हुनुभयो । सिनियर पुरुषको १०९ किलोमा प्रहरीका राजीव महर्जनले स्न्याचमा १०७ किलो र क्लिन एण्ड जर्कमा १२५ किलो गरी जम्मा २३२ किलो वजन उचालेर स्वर्ण हात पार्नुभयो । त्यस्तै १०२ किलोमाथि आर्मीका पुकार गुरुङले स्न्याचमा १२० किलो र क्लिन एण्ड जर्कमा १४० गरी कूल २६० किलो भारवहन गर्दैै स्वर्ण हात पार्नुभयो । प्रहरीका सागर भण्डारी दोस्रो तथा सिरहाका प्रतापकुमार चौधरी तेस्रो हुनुभयो ।

प्रतियोगिताको समापन कार्यक्रममा सङ्घीय सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, आयोजक नेपाल भारोत्तोलन सङ्घका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस)लगायतले प्रस्कार प्रदान गर्नुभयो । प्रतियोगिताअन्तर्गत पुरुष–महिलातर्फ सिनियर–जुनियर–युथमा गरी १४३ खेलाडीले विभिन्न ६० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विश्वकपमा केही राम्रो छाप छोड्नेछौं : कप्तान पूजा महत्तो ३७ लाख धरौटी बुझाएर छुटिन् लिला अचानो प्रहार गरेर श्रीमतीको हत्या दोलखाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना अदालतको आदेशले छुटे पनि रविको सांसद निलम्बन फुकुवा नहुने जहाजको टिकट नपाएपछि स्थलमार्गबाट काठमाडौं आउँदै रवि धनकुटामा पिकअप दुर्घटना, २ जनाको मृत्यु आगामी वर्षदेखि उपचारसँग जोडिएको चस्मामा भ्याट र भन्सार नलाग्ने व्यवस्था गर्नेछौँ: स्वास्थ्यमन्त्री पौडेल आज २ बजेको फ्लाइटमार्फत पोखराबाट काठमाडौँ आउदै रवि , अब के हुन्छ प्रक्रिया ? कमल थापाले भेटे प्रधानमन्त्री ओलीलाई, के भयो कुराकानी ? मीनेन्द्र रिजाल भन्छन्- ओलीले संविधान संशोधन ८७ मा हुन्छ भनेपछि अब गठबन्धनको औचित्य सकियो प्रधानमन्त्री ओली र नेतृ रामकुमारी झाँक्रीको डिपफेक भिडिओ भाइरल, चुप नबस्ने झाँक्रीको चेतावनी यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय रवि रिहा भएपछि सूर्य थापाको टिप्पणी – ६५ लाख धरौटीमा रिहा- सफाई/चचहुई! रास्वपा कास्कीले माग्यो माफी लगातार तेस्रो दिन पनि बढ्यो सुनको मूल्य आज संघीय संसदका ५ वटा समितिको बैठक बस्दै रुपन्देहीमा विभिन्न मुद्दाका फरार १२ जना प्रतिवादी पक्राउ भ्रष्टाचार सम्बन्धि सबै फाइल खोलिनुपर्छ, जोकोहीमाथि छानविन हुनुपर्छ: डा.डिला संग्रौला अमेरिकाको भर्जिनियामा कार पोखरीमा खस्दा २ नेपालीको मृत्यु