७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

क्षेत्रीयस्तरको क्रिकेट मैदान निर्माण सुरु

२ माघ २०७८, आईतवार ०७:३७

माघ २, पर्वत  | पर्वतको कुस्मा नगरपालिका–१ पाङ्गमा क्षेत्रीयस्तरको क्रिकेट मैदानको निर्माण सुरु भएको छ । पाङ्ग कुनाचौरको १७० रोपनीको चौरमा गण्डकी प्रदेशकै नमूना क्रिकेट रङ्गशाला निर्माण गर्न थालिएको कुस्मा नगरपालिका–१ का अध्यक्ष देवेन्द्र सुवेदीले जानकारी दिनुभयो । रङ्गशाला निर्माणका लागि राष्ट्रिय योजना आयोगको समपूरक अनुदान र कुस्मा नगरपालिकाको साझेदारीमा काम अघि बढाइएको छ । आयोगले रु तीन करोड बजेट विनियोजन गर्ने भएकामा चालू आर्थिक वर्षमा रु ५० लाख र नगरपालिकाको रु २० लाख गरी झण्डै रु ७० लाखको लागतमा मैदान सम्याउने तथा कालीगण्डकीको भिरतर्फ पर्खाल लगाउने काम भइरहेको वडाध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मैदानमा पश्चिमतर्फ ३० हजार मानिस अटाउने प्याराफिटसमेत बनाउन थालिएको छ । मैदानका  लागि केही जमिन अपुग भएकाले नजिकै रहेको लक्ष्मीनारायण मन्दिर तथा विद्यालय र निजी जमिनसमेत चर्चिनुपर्ने भएको  छ ।मैदान निर्माण सुरु भएसँगै स्थानीयस्तरमा कुनै विवाद नहोस् भनेर वडा कार्यालयले आयोजना गरेको भेलाले पाङ्ग धैरेनी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष स्वस्थानी रिजालको अध्यक्षतामा समन्वय समिति गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या