माघ २,  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २, 
७ माघ २०८२, मंगलवार
खेलकुद

टि–१० क्रिकेटः कैलपाल च्याम्पियन

२ माघ २०७८, आईतवार १०:१०

माघ २, बैतडी | कैलपाल क्रिकेट क्लब दशरथचन्द  नगरपालिका–११ मा सम्पन्न  नागार्जुन रणसैनी युवा क्लब बठ्ठा (एनआरवाइसी) टि–१० क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । फाइनल खेलमा आज आयोजक एनआरवाइसीलाई ६ विकेटले हराउँदै कैलपालले उपाधि हात पारेको हो । 

एनआरवासीले दिएको ११९ रनको लक्ष्य कैलपालले नौ दशमलव एक ओभरमा चार विकेटको क्षतिमा पूरा ग¥यो । कैलपालका लागि प्रारम्भिक ब्याट्सम्यान प्रदीप चन्दले अर्धसतकीय पारी खेल्दै अविजित ७३ रन जोडे । यस्तै अर्का प्रारम्भिक ब्याटस्म्यान राजु भाटले १५ र महेश चन्दले १८ रन बनाए । बलिङतर्फ एनआरवासीका कप्तान मदन चन्दले दुई विकेट लिए ।  

त्यसअघि बगलेखान खेलमैदानमा पहिला ब्याटिङ गरेको एनआरवाइसीले निर्धारित १० ओभरको खेलमा तीन विकेटको क्षतिमा ११८ रन बनायो । उसका लागि राम चन्दले सर्वाधिक ६४ रनको योगदान दिए । बलिङतर्फ कैलपालका महेश चन्द र गोविन्द नाथले एक एक विकेट लिए । खेलको म्यान अफ दी म्याच कैलपालका प्रदीप चन्दलाई घोषित गरिएको स्कोरर मुकेश चन्दले जानकारी दिए । उपाधिसँगै कैलपालले रु २० हजार तथा उपविजेता एनआरवाइसीले रु १० हजार पुरस्कार प्राप्त गर्यो ।  

यस्तै प्रतियोगिताभर २२० रन तथा दुई विकेट लिएका कैलपालका प्रदीप चन्द म्यान अफ दी सिरिज भए । एक सय ९५ रन बनाएका कैलपालकै राजु भाट उत्कृष्ट ब्याट्सम्यान, नौ विकेट लिन सफल एनआरवासीका ऋषिकेश बोहरा उत्कृष्ट बलर र एनआरवाइसीकै रोहित चन्द उदीयमान खेलाडी चुनिए । 

एनआरवाईसीको आयोजनामा गत पुस २४ गतेदेखि सुरु भएको प्रतियोगितामा १६ टोली सहभागी रहेको आयोजक क्लबका अध्यक्ष वीरेन्द्र चन्दले जानकारी दिए । विजेता र उपविजेता टोली तथा खेलाडीलाई जिल्ला समन्वय समितिका सदस्य रमेश बोहरा, बैतडी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष लालबहादुर चन्द, उपाध्यक्ष लोकराज जोशी, निर्माण व्यवसायी सङ्घका जिल्ला अध्यक्ष सुरेशबहादुर चन्द, नेपाली कांग्रेस क्षेत्र नम्बर ‘ख’ का क्षेत्रीय सचिव धनबहादुर क्षेत्रीलगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या