६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

सर्वोत्तम तिलोत्तमा प्रिमियर लिग ः भैरहवा–११ र जेभी वरियर्स लुम्बिनी विजयी

२२ चैत्र २०७८, मंगलवार १५:२९

चैत्र २२, भैरहवा | रुपन्देहीमा जारी यस क्षेत्रकै सर्वाधिक राशिको सर्वोत्तम तिलोत्तमा प्रिमियर लिग टिपीएलको मंगलबार भएको खेल भैरहवा–११ र जेभी वरियर्स लुम्बिनीले जितेको छ । 

तिलोत्तमा क्रिकेट विकास समितिको आयोजना नवजीवन क्रिकेट मैदानमा हुँदै गरेको चौथो संस्करणको खेलमा तिलोत्तमा टाइगर्सलाई ५ विकेटले पराजित गर्दे भैरहवा–११र दोस्रो खेलमा न्यु होराइजनलाई ९३ रनले हराउँदै जेभी वरियर्सले खेल जितेको हो । 

पहिलो खेलमा सुरुवाती ब्याटिङ गरेको तिलोत्तमा टाइगर्गले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १०८ रनको योगफल बनायो । जसका लागि आयुष्मान् बमले २९, निर्मल गुरुङले १५ रनको योगदान गरे । बलिङ तर्फ अभिषेक गौतमले ४, अरशद खानले २ विकेट लिए । 

जवाफी ब्याटिङमा १०९ रनको लक्ष्य पाएको भैरहवाले १८ दशमलव ५ ओभरमा ५ विकेटको नोक्सानीमा लक्ष्य पार गरी जित निकाल्यो । जसका लागि सन्दीप रजाइलीले एकलै ५४, पुरन विकले ३० रन बनाए । बलिङ तर्फ अजय चौहानले २ विकेट लिए । पहिलो खेलमा भैरहवाका अभिषेक गौतम  म्यान अफ द म्याच भए ।

यस्तै दोस्रो खेलमा सुरुवाती ब्याटिङ गरेको जेभी वरियर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५६ रनको योगफल तयार पारेको थियो । जसका लागि लोकेश बलमे ८६, रोहित पौडेलले ५४ रन बनाए । बलिङ तर्फ मोहम्मद हुसेनले २ विकेट लिए। १५७ रनको लक्ष्य पाएको न्यु होराइजनले १२ ओभरमै अलआउट भएपछि हार व्योहोर्नु पर्‍यो । ६३ रनमा समेटिएको टिमका लागि मनिस थापाले १८ राहुल शर्माले ११ रन बनाए पनि अन्य खेलाडी फिल्ड टिक्न सकेनन् । 

दोस्रो खेलमा लोकेश बम म्यानअफ द म्याच भए । बुद्धबारको नेपथ्य गोल्ड र मणिग्राम किंगसबीच तथा दोस्रो खेल भैरहवा र शंकरनगरबीच हुने समितिका अध्यक्ष दीपक शर्मा भुर्तेलले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने टिमले नगद ४ लाख प्राप्त गर्नेछ भने उपविजेता हुने टिमले नगद २ लाख प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या