६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

सर्वोत्तम तिलोत्तमा प्रिमियर लिगको उपाधिका लागि नेपथ्य ज्ञानोदय गोल्ड र जेभी वरियर्स भिड्ने

२४ चैत्र २०७८, बिहीबार १२:५१

चैत्र २४, भैरहवा | रुपन्देहीमा जारी सर्वोत्तम तिलोत्तमा प्रिमियर लिग टिपीएलको बिहीबार भएको सेमिफाइनल खेल नेपथ्य ज्ञानोदय गोल्ड र जेभी वरियर्सले जितेको छ । जितसँगै द्वय टिम फाइनलको यात्रा तय गरेका छन् ।

तिलोत्तमा क्रिकेट विकास समितिको आयोजना नवजीवन क्रिकेट मैदानमा भइरहेको चौथो संस्करणको खेलमा रोयल शंकरनगरलाई सात विकेटले पराजित गर्दै नेपथ्य ज्ञानोदय गोल्ड र दोस्रो सेमिफाइनल खेलमा जेभी वारियर्स लुम्बिनीले मणिग्रामलाई २३ रनले पराजित गरेको हो । 

पहिलो खेलमा सुरुवाती ब्याटिङ गरेको रोयल शंकरनगरले १६ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ३७ रन मात्र जोड्न सकेको थियो । जसका लागि ओम सारू मगरले १२ रनको योगदान गरे पनि अन्य खेलाडीले रन जोड्न सकेनन् । 

बलिङतर्फ नेपथ्यका जितेन्द्र यादवले ४, विकेट लिए । जबाफी ब्याटिङमा ३८ रनको झिनो लक्ष्य पाएको नेपथ्यले ६ दशमलव ५ ओभरमा ३ विकेटको नोक्सानीमा लक्ष्य पार गरी जित निकाल्यो । 

जसका लागि विषाद केसीले २२ र विराट भण्डारीले अविजित १५ रन बनाए । बलिङतर्फ  धिरज शाहीले २ विकेट लिए । पहिलो खेलमा जितेन्द्र यादव म्यानअफ द म्याच भए ।

यस्तै दोस्रो सेमिफाइनल खेलमा सुरुवाती ब्याटिङ गरेको जेभी वरियर्सले निर्धारित २० ओभर मध्ये १९ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै ११७ रनको योगफल तयार पारेको थियो । जसका लागि वसिर अहमदले ४७, प्रदीप जयसवालले २३ रन बनाए । 

बलिङतर्फ गौतम केसी र अमरसिहं रौटेलाले ३–३ विकेट लिए । ११८ रनको लक्ष्य पाएको मणिग्राम किंग्सले १८ दशमलव २ ओभरमा सबै विकेट गुमाए पछि लक्ष्य पार गर्न सकेन । ९५ रन मात्रै जोडन सकेको टिमले हार व्योहोर्नु पर्‍यो ।

दोस्रो खेलमा वसिर अहमद म्यानअफ द म्याच भए । शुक्रबार फाइनल खेल बिहान ११ बजे नेपथ्य ज्ञानोदय गोल्ड र जेभी वरियर्स लुम्बिनीबीच हुने समितिका अध्यक्ष दीपक शर्मा भुर्तेलले जानकारी दिए । 

यस क्षेत्रकै सर्वाधिक राशिको प्रतियोगितामा प्रथम हुने टिमले नगद ४ लाख प्राप्त गर्नेछ भने उपविजेता हुने टिमले नगद २ लाख प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या