2026-10-15 04:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

धादिङ फुटबलमा पुन: दीपक खतिवडा

 वैशाख ४, काठमाडौं | अखिल नेपाल फुटबल संघ (एन्फा)अन्तर्गत जिल्ला फुटबल संघ धादिङको अध्यक्षमा दीपक खतिवडा पुनः निर्वाचित भएका छन् ।

धादिङमा आइतबार भएको निर्वाचनमा अध्यक्ष पदका लागि खतिवडासँगै दिवससागर श्रेष्ठ र दिनेश रुपाखेतीले पनि उम्मेदवारी दिएका थिए । तर, दीपक आठ भोटसहित निर्वाचित भएका छन् । अध्यक्षका अर्का प्रत्यासी श्रेष्ठले तीन मत पाउँदा रुपाखेतीको पक्षमा एक भोट पनि खसेन ।

यस्तै, उपाध्यक्ष पदमा राजन भण्डारीले सात मत, मनराज गोदारले आठ मत र सुरेश तामाङले १० मत पाउँदै निर्वाचित भएका छन् । उनीहरूकाे प्रतिस्पर्धी जनक भुजेल तीन र सुन्दर थापा चार मत ल्याएर पराजित भए । कार्यसमितिकाे महासचिवमा रामहरि थापा र कोषाध्यक्षमा राजेन्द्र सुवेदी छन् । 

बाँकी सदस्य सबै सर्वसम्मत निर्वाचित भए । सदस्यहरुमा दिनेश आचार्य, गोविन्द श्रेष्ठ, प्रकाशकुमार खरेल, पूर्णबहादुर गुरुङ, उत्तमप्रसाद सुवेदी, रमेश अधिकारी, गणेशमान श्रेष्ठ र ध्रुव थापा निर्वारोध चयन भए । 

यसअघि काभ्रे, भोजपुर, पर्सा, लमजुङ, नवलपुर, बाग्लुङ, बाँके, कैलाली, रुपन्देही, कञ्चनपुरलगायतका जिल्लाको पनि नयाँ कार्यसमिति चयन भइसकेको छ ।

बारा जिल्लामा शनिबार हुने निर्वाचन विवादका कारण स्थगित भएको थियो । एन्फाको केन्द्रीय निर्वाचनमा ४८ वटामध्ये ४५ वटा जिल्ला संघ मताधिकार प्राप्त छन् ।

१४ वटा ए डिभिजन क्लब, १४ मध्ये ११ बी डिभिजन क्लब र १४ मध्ये ९ वटा सी डिभिजन लिगका क्लब, खेलाडी संघ, प्रशिक्षक संघ, महिला र रेफ्री संघ र राष्ट्रिय लिगका लागि छनोट भएर दुई वर्षदेखि खेल्न नपाइरहेका मोफसलका चार क्लबले भोट हाल्न पाउनेछन् ।

एन्फाको केन्द्रीय निर्वाचन ६ असारमा  हुने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने