१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

अतिरिक्त क्रियाकलापका कार्यक्रमसहित राष्ट्र बैंकले मनायो ६७औँ वार्षिकोत्सव

१७ बैशाख २०७९, शनिबार ०३:३३

 वैशाख १७, भैरहवा | नेपाल राष्ट्र बैंक सिद्धार्थनगरकी निर्देशक रञजना पौडेल म्याराथन दौडका प्रतिस्पर्धाका लागि दौडिन । नियमित गृहणीको कामका साथै कार्यलयको कामले भ्याई नभ्याई उनले सधै कामभन्दा पनि स्वास्थ्य र एक आपसमा बन्धुत्वको भावना विकास गर्न दौडमा सहभागी भईन । यस्तै, नेपाल बैंक लुम्बिनी प्रदेश प्रमुख लेखनाथ भुसाल पनि उक्त दौडमा सहभागी भए ।

नेपाल बैंकर संघ लुम्बिनीका संयोजकसमेत रहेका उनी सधै कोट पाइन्ट र टाईमा देखिन्थे । तर, राष्ट्र बैकको वार्षिकोत्सवमा बैंकरहरुबाट धावक बनेर प्रस्तुत भए । सधै आर्थिक गतिविधिले हिसाब मिलाउन तनाबमा देखिने बैकरहरुको अनुहार भने खेलमा सहभागी हुँदा बेग्लै रौनक थियो । पसिना र थकाईले लोत पोत भएका प्रदेश भरिबाट आएका धावक र फुटबलर सबैको उद्देश्य जित्ने भएपनि केहीले मात्रै जित सुनिश्चित गरे ।

  

यी दुई पात्र त उदाहरण मात्रै हुन ।  नेपाल राष्ट्र बैंकको ६७ औँ वार्षिकोत्सवको अवसर पारेर विविध कार्यक्रम गरेको छ, अन्तर बैंक सम्बन्धलाई प्रगाढ बनाउने, आपसी भाइचारा स्थापित गर्दै सम्बन्ध विकास र अन्तरनिहित प्रतिभाहरु प्नि प्रस्फुटन होस भन्ने हेतुले नियमित कामलाई थाती राख्दै राष्ट्रबैकले अतिरिक्त क्रियाकलापसहितको कार्यक्रम गरी स्थापना दिवस मनाएको छ । 

वार्षिकोत्सवकै अवसर पारेर सिद्धार्थनगर कार्यालयले बैंकका कर्मचारीहरु, कर्मचारीका परिवारका सदस्यहरु तथा लुम्बिनी प्रदेशमा रहेको विभिन्न बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई सहभागि गराई खेलकुद, बौद्धिक तथा अन्य मनोरन्जनात्मक प्रतियोगिताहरु सञ्चालन गरि विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्रबाट सम्मान गरेको छ । 


बैकले नेपाल राष्ट्र बैंक र लुम्बिनी प्रदेशका बैक तथा वित्तीय संस्थाहरुबाट छनौट भएका ६ वटा टीमबीच गराएको फुटबलमा विकास बैंक टिमल २–० गोल गरी विजयी भएको थियो । यस्तै, बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुको सहभागितमा भएको अन्तरबैंक म्याराथनमा पुरुषतर्फ नेपाल राष्ट्र बैंकका राजन थापामगर प्रथम, होम बहादुर गर्तौला द्धितीय र गरिमा विकास बैंकका संजय गुरुङ्ग तृतिय भए । महिला तर्फ नेपाल राष्ट्र बैंक की रञ्जना पण्डित पौडेल प्रथम, माछापुच्छ«े बैंकका पवित्रा बस्नेत द्धितीय र मेगा बैंकका हिरा पाण्डे तृतीय भइन । 

कर्मचारीहरुबीच भएको ब्याटमिन्टन डबल्स प्रतियोगितामा शिशिर शर्मा र सन्दिप रसाईलीे टोली प्रथम,  केशव श्रेष्ठ र राजन थापा मगर द्धितीय भए ।  टेबलटेनिस सिंगल प्रतियोगितामा शिशिर शर्मा प्रथम र राजन पोख्रेल द्धितीय भए ।


कर्मचारीहरुको छोराछोरीहरु बीच बालचित्रकला प्रतियोगिताको नर्सरी देखि कक्षा एकसम्मको प्रतिस्पर्धामा सहायक निर्देशक निर्मला दाहालकी छोरी काब्या दाहाल प्रथम, सहायक निर्देशक देवराज ज्ञवालीकी छोरी देवान्सी ज्ञवाली द्धितीय र प्रधान सहायक कमल प्रसाद आचार्यका छोरा प्रनिश आचार्य तृतीय भइन । 

त्यसैगरी कक्षा २ देखि कक्षा ५ सम्मको बाल चित्रकला प्रतियोगितामा प्रधान सहायक सुबाष चन्द्र चौधरीका छोरीहरु शिखा चौधरी र सृष्टि चौधरीले क्रमशः प्रथम र द्धितीय  तथा उप निर्देशक गुलाब धवलका छोरा सनम धवलले तृतीय स्थान प्राप्त गरिन । 

 त्यसैगरी कर्मचारीहरुका बीच अन्तरफांट हाजिरीजवाफ प्रतियोगितामा बैंकिङ्गफांट समुहका प्रधान सहायक कमल प्रसाद आचार्य, प्रधान सहायक केशव श्रेष्ठ र सहायक दीपक भुसालको टोली प्रथम भयो भने मुद्रा व्यवस्थापन फांट समुह “ख” टोलीका प्रधान सहायक भविस्वोर पोख्रेल, सहायक सुनिल कुमार अर्याल र सहायक कबिता के।सी।को टोली द्धितीय भए । हन्डीफोर प्रतियोगितामा ज्योती अधिकारी र कबिता के।सी विजेता बनिन । 

वार्षिकोत्सवको अवसर पारेर कर्मचारीहरुले नगरमा प्रभातफेरी गरेका थिए । सोही दिन बृक्षरेपणा गर्दै एक समारोहमा प्रतियोगीहरुलाई पुरस्कृत गरिएको थियो । 

कार्यक्रममा बोल्दै निर्देशक रञ्जना पण्डित पौडेलले नेपाल राष्ट्र बैंकको स्थापना कालदेखि आरोह अबरोहको बारेमा चर्चा गर्दै डिजिटाइजेसनको युगसम्म आउदाका चुनौतीहरु सामना गर्दै नेपाल राष्ट्र बैंक समग्र  वित्तीय स्थायित्वको लागि अगाडि बढी रहेको बताइन । 

नेपाल राष्ट्र बैंक पुर्व कर्मचारी संघ सिद्धार्थनगर शाखा समिति अध्यक्ष शिवहरि अर्यालले बैंकले पुर्व कर्मचारीहरुको योगदानको चर्चा गर्दै पुर्व कर्मचारीहरुका समस्या लिएर अगाडि बढ्न बैंकमा क्रियासिल कर्मचारी यूनियनहरुलाई आग्रह गरे ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट सरकारको एकीकृत वित्तीय विवरण पेस उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ स्वास्थ्य बीमाका प्रावधान सुधारका लागि गृहकार्य गरिरहेका छौँ : स्वास्थ्यमन्त्री डा गौतम आन्दोलनमा बल प्रयोगसम्बन्धी कुनै आदेश दिइएको थिएनः पूर्वगृहमन्त्री लेखक नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट युक्रेन सङ्कट समाधानमा चरणबद्ध प्रक्रिया आवश्यकः ट्रम्प गाजामा आँधीका कारण जनजीवन जोखिममा,उद्धार कार्य प्रभावित इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन