२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

यूएईले नामिबियालाई हराएरपछि नेदरल्यान्ड्स सुपर–१२ मा

२०७९, ३ कार्तिक बिहीबार १२:०१

कात्तिक ३, काठमाडौँ | यूएईले ट्वान्टी ट्वान्टी विश्वकप प्रारम्भिक चरणको समूह ‘ए’को अन्तिम खेलमा नामिबियालाई ७ रनले पराजित गरेको छ । यो जितले समूहको अर्को टिम नेदरल्यान्ड्सलाई सुपर–१२ को चरणमा पुर्‍याएको छ । नामिबियाले यो खेल जितेको भए, उसले अर्को चरणको यात्रा तय गर्ने थियो । यो समूहबाट यसअघि नै श्रीलंकाले सुपर–१२ मा स्थान बनाइसकेको छ ।

उसले दिनको पहिलो खेलमा नेदरल्यान्ड्सलाई हराएको थियो । श्रीलंका र नेदरल्यान्ड्स दुई जितबाट समान ४ अंकमा रहे । नामिबिया र यूएई भने एक जितबाट समान २ अंकमै सीमित भए । जितका लागि १ सय ४९ रन पछ्याएको नामिबियाले ८ विकेट गुमाएर १ सय ४१ रनमात्र बनाउन सक्यो ।

नामिबियालाई जितका लागि अन्तिम ओभरमा १४ रन बनाउन आवश्यक थियो । एक समय जितको नजिक पुगेर पनि नामिबिया प्रतियोगिताबाट बाहिरिएको छ । उसका लागि डेविड विसले ३६ बलमा ५५ रन बनाए । यस्तै रुबने ट्रम्पलेमन २५ रन बनाएर नटआउट रहे ।

त्यस अगाडि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले तीन विकेटमा १ सय ४८ रन बनाएको थियो । प्रारम्भिक ब्याटर मुहदम वसिमले ४१ बलमा ५० रन बनाए । यस्तै चुन्डनगपोयली रिजवानले २९ बलमा ४३ रन बनाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ