६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

इरानलाई विश्वकपमा प्रतिबन्ध लगाउन युक्रेनको माग

१५ कार्तिक २०७९, मंगलवार ०५:३८

एजेन्सी | इरानलाई कतार विश्वकपमा प्रतिबन्ध लगाउनुपर्ने माग गरिएको छ । युक्रेनको फुटबल एसोसिएसनले मानवअधिकार उल्लङ्घन गरेको आरोपमा इरानलाई प्रतिबन्ध लगाउनु पर्ने माग गरेको हो ।   

इरानलाई विश्वकपमा प्रतिबन्ध गर्नका लागि युक्रेन फुटबलले फिफालाई आग्रह गर्ने योजना बनाएको बीबीसीले जनाएको छ । ​युक्रेनविरुद्ध रुसको सैन्य आक्रमणमा इरानको हात हुनसक्ने युक्रेन फुटबलले बताउँदै आएको छ ।

एसोसिएसनको कार्यकारी बैठकले विश्वकपमा इरानलाई बहिष्कारका लागि फिफालाई अनुरोध गर्ने निर्णय भएको बताइएको छ । यस महिनाको सुरुमा इरानी खेलकुदसँग सम्बन्धित व्यक्तित्वहरू र मानव अधिकार समूह ओपन स्टेडियम्सले पनि फिफालाई इरानी राष्ट्रिय टोलीमाथि प्रतिबन्ध लगाउन अनुरोध गरेका थिए ।

इरानको मानव अधिकारसँग सम्बन्धित समाचार एजेन्सी (एचआरएन) ले अनुचित रूपमा हिजाब लगाएको आरोपमा एउटी महिलाको प्रहरी हिरासतमा मृत्यु भएपछि सुरु भएको विरोध प्रदर्शनमा सुरक्षाकर्मीले गोली चलाउँदा ४५ बालबालिकासहित २८४ जनाको मृत्यु भएको जनाएको छ ।

कतार विश्वकपको समूह ‘बी’ मा इंग्ल्याण्ड, अमेरिका र वेल्ससँगै रहेको इरानले २१ नोभेम्बरमा इंग्ल्याण्डसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या