१२ बैशाख २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शिवशंकर हत्या प्रकरण : श्रीमती पक्राउ, मोटरसाइकलमा लैजाने व्यक्तिको पहिचान

११ चैत्र २०८१, सोमबार १४:३९

धनुषा | धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–८ दिगम्बरपुरका २५ वर्षीय शिवशंकर महतोको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले उनकी श्रीमती सिर्जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी सन्तुलाल जयसवारका अनुसार, शुक्रबार साँझ गौशाला नगरपालिका–८ सागरनाथ वनमा रेल्वे ट्र्याक नजिकै शिवशंकरको शव फेला परेको थियो।

प्रहरीले शवको प्रकृति हेर्दा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको देखिएको र शवलाई घिसारेर अन्यत्र लैजान खोजेको जस्तो देखिएको जनाएको छ। शवको सनाखत आइतबार भएको थियो भने हाल पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको छ।

शिवशंकर बिहीबार श्रीमती सिर्जना र १० महिने छोरासहित ससुराली बर्दिबास नगरपालिका–५, पशुपतिनगर जान निस्किएका थिए। मृतकका भाइ राम महतोका अनुसार, महेन्द्रनगरसम्म एउटै मोटरसाइकलमा पुगेपछि सिर्जनाले माइतबाट थप दुईवटा मोटरसाइकल बोलाएकी थिइन्। एउटा मोटरसाइकलमा सिर्जना छोरा लिएर गइन् भने अर्को मोटरसाइकलमा शिवशंकरलाई लैजाने व्यक्ति पहिचान भइसकेको डीएसपी जयसवारले जानकारी दिए।

शिवशंकर मुम्बईबाट करिब डेढ महिना पहिले मात्रै घर फर्किएका थिए। परिवारका अनुसार, केही दिनअघि ससुरालीमा भएको विवादपछि शिवशंकरमाथि कुटपिट भएको थियो। त्यसयता उनी पुनः ससुराली जान मानेका थिएनन्। तर, श्रीमती सिर्जनाले ‘नाना बिते’ भन्दै उनलाई जान बाध्य बनाएको भाइ रामले बताए।

प्रहरीले पारिवारिक विवाद र प्रेम सम्बन्ध जस्ता कोणबाट समेत अनुसन्धान जारी राखेको जनाएको छ। सिर्जनालाई हिजो पक्राउ गरी म्याद थपका लागि अदालतमा पेश गर्ने तयारी भइरहेको डीएसपी जयसवारले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘बजेट अधिवेशन नागरिकको विकास आकाङ्क्षा पूरा गर्दै निराशा चिर्नेगरी केन्द्रित हुनुपर्छ’ सुशासन, विकास र राष्ट्रियहितमा राष्ट्रिय एकता जरुरी : प्रधानमन्त्री सरकार परिवर्तन कसैले चलाएको हल्ला मात्र हो : परराष्ट्रमन्त्री डा राणा ‘विधि निर्माणको प्रक्रियामा ढिलाइले समस्याको चाङ बढ्दै गएको छ’ रघुजी पन्तले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाए शिक्षकहरुको आन्दोलन आज २४ औैं दिन पनि जारी भूकम्पको विपत्तिबाट उठ्न जनताले देखाएको साहस अद्वितीय छ : अध्यक्ष दाहाल वर्तमान सरकारले देश र जनताको हित हुने काम गरेको छ : महासचिव पोखरेल लोसपा र जनमतद्वारा आतङ्कवादी आक्रमणको भत्सर्ना शुक्लागण्डकीमा फोहोर व्यवस्थापन गर्न त्रिपक्षीय सम्झौता केन्यामा महिलामाथि बढ्दो हिंसा : न्याय प्रणालीमाथि प्रश्न उठ्दै काश्मीर आक्रमणपछि भारत र पाकिस्तानलाई ‘अधिकतम संयम’ अपनाउन आग्रह प्रतिनिधिसभा बैठक सुरुः वैकल्पिक विकास वित्त परिचालन विधेयक पेस हुँदै भुजी र दरमखोला पुल निर्माणमा लापरबाही ‘दर्शकको गोपनीयताप्रति सजग हुनुपर्छ’ लुम्बिनीमा एक महिनामा ४०२ दुर्घटना, ३६ जनाको मृत्यु धनगढी–खुटिया सडकखण्डमा दुई वटा पक्की पुल निर्माण गरिँदै सिकलसेल एनिमिया र थालसेमियामा प्रयोग हुने खोप हस्तान्तरण लोकतन्त्रको ऐना हो संसद् सिन्धुपाल्चोकको फुल्पिङ्कोट केन्द्रबिन्दु भएर भूकम्प