८ बैशाख २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भक्तपुरको निलबाराहीमा मृत भेटिएका पुरुषको हत्या भएको अनुसन्धान निष्कर्ष

११ चैत्र २०८१, सोमबार १४:५७

भक्तपुर | भक्तपुरको मध्यपुर थिमी नगरपालिका–९ स्थित बोडेमा आइतबार बिहान ६६ वर्षीय पुरुष मृत भेटिए । बिहान पौने ६ बजेतिर निलबाराहीस्थित पिकनिक स्पटमा रगतपच्छे भएर मानिस लडेको देखेपछि स्थानीयले प्रहरीलाई सूचना दिएका थिए । मृतक खोटाङको कोपिलासगढी गाउँपालिका–२ घर भई हाल बोडे बस्ने ६६ वर्षीय ओमप्रकाश राई हुन् ।

मध्यपुर थिमि क्षेत्रमा कवाडी सङ्कलन गरेर गुजारा चलाउने राई बोडेमा आफ्ना छोरासँग बस्दै आएका थिए । छोरा पठाओ राइडर हुन् । निलबाराहीको पिकनिक स्पट नजिकैको भागमा उनको हत्या भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज न्यौपानेले सोमबार भने, ‘उहाँको हत्या भएको देखिन्छ, आरोपीहरूबारे अनुसन्धान गर्दैछौँ ।’

राईको टाउको र दाहिने कानको छेउमा चोट देखिएको छ । हत्यामा संलग्न आशङ्कामा प्रहरीले सशंकितहरुलाई पक्राउ गरेर सोधपुछ गरिरहेको छ । जङ्गल क्षेत्रमा सीसीटिभी नभएको हुनाले अनुसन्धान असहज भएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चीनको स्मार्ट ब्याट्री विकासः अब विद्युतीय गाडी बढी दिगो र भरपर्दो हुने पहिलो १०० दिनमा ट्रम्प : युक्रेनलाई एक्ल्याउने र रुसलाई प्रोत्साहित गर्ने पत्रकारिता ऐनाजस्तै सत्यतथ्य देखाउने माध्यम हो: पूर्वराष्ट्रपति डा यादव शिक्षकहरूले आन्दोलन चर्काउँदै लगेपछि शिक्षामन्त्री भट्टराईले राजीनामा दिइन् सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर दुईजना बेपत्ता नेवाः राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा स्थापित कालीकोटमा ट्र्याक्टर दुर्घटना : चालकसहित चार जनाको मृत्यु उद्योगमा कोभिडको असर कायमै मादी नदी लिफ्ट खानेपानी योजना अधुरै गण्डकी प्रदेश : दुई विधेयक प्रमाणीकरण भालुको आक्रमणबाट महिला घाइते मुख्यमन्त्री कँडेलद्वारा निर्माण व्यवसायीसँग छलफल अविलम्ब वार्तामा बसेर विद्यालयमा फर्कन शिक्षकहरूलाई प्रधानमन्त्रीको आग्रह शिक्षकले उठाएका माग समाधानमा सरकार गम्भीर छ : ऊर्जामन्त्री खड्का रूपन्देहीको दानव नदीमा डुबेर तीन बालक बेपत्ता यथाशीघ्र सङ्घीय निजामती ऐन ल्याउन माग नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट दुर्गा प्रसाईंको खातामा शंकास्पद कारोबार, सीआईबीले थाल्यो अनुसन्धान प्रधानमन्त्रीले शिक्षकलाई वार्तामार्फत सहमति गरेर आन्दोलन समाप्त गर्न अनुरोध गरे रूपन्देहीको दानव नदीमा तीन बालक बेपत्ता