५ जेष्ठ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आइएफसी र उद्योग वाणिज्य महासङ्घबीच सहकार्यमा जोड

१८ बैशाख २०८२, बिहीबार ११:५७

काठमाडौँ | अन्तरराष्ट्रिय वित्त निगम (आइएफसी) र नेपाल उद्योग वाणिज्य महासङ्घबीच नेपालको आर्थिक विकास, रोजगारी तथा आपसी सहकार्यका विषयमा छलफल भएको छ ।

आइएफसीका दक्षिण एसिया क्षेत्रका प्रमुख ग्रेगोरी स्मिथ तथा उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष हेमराज ढकालबीच महासङ्घ सचिवालयमा भएको भेटवार्ता आपसी सहकार्य र समन्वयका विविध पक्षमा छलफल भएको हो ।

आइएफसीका स्मिथले नेपालको आर्थिक विकासमा वाणिज्य महासङ्घसँग सहकार्य गर्न आइएफसीका तयार रहेको बताउनुभयो । उहाँले नेपालको निजी क्षेत्रलाई सबल बनाउने उद्देश्यले अन्तरराष्ट्रिय वित्त निगमले ज्ञानसम्बन्धी साझेदारी, साना तथा मझौला उद्यमको क्षमता विकास र युवाका लागि अर्थपूर्ण रोजगारीका मार्ग सुनिश्चित गर्न सहकर्य गर्ने उल्लेख गर्नुभयो ।

महासङ्घका उपाध्यक्ष ढकालले महासङ्घले विगतमा पनि आइएफसीसँग गरेको सहकार्यमा साना तथा सझौता उद्यमसम्बन्धी काम गरिएको जानकारी गराउँदै नेपालको निजी क्षेत्रको सुदृढीकरणका लागि आइएफसिको सहयोग प्रतिआभार व्यक्त गर्नुभयो ।

“सन् २०२२ मा महासङ्घ र अन्तरराष्ट्रिय वित्त निगमले संयुक्त रूपमा तयार पारेको ‘नेपालको निजी क्षेत्रको अवस्था’सम्बन्धी प्रतिवेदनलाई विशेष महत्त्वका रूपमा लिएका छौँ । उक्त अध्ययनले नेपालको निजी क्षेत्रका शक्ति, चुनौती र सम्भावनालाई उजागर गर्दै नीति निर्माण र लगानीका लागि मार्गनिर्देशक भूमिका खेलेको छ”, उहाँले भन्नुभयो ।

महासङ्घको लगानी तथा अन्तरराष्ट्रिय मामिला फोरमका सभापति मनोज पौडेलले निजी क्षेत्रले पर्यटन, सूचना प्रविधि, कृषि, शिक्षा तथा स्वास्थ्यलगायत क्षेत्रमा उल्लेखनीय योगदान गरेको बताउँदै आइएफसीसँगको सहकार्यले निजी क्षेत्रको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले ज्ञान आदानप्रदान, वित्तीय पहुँचको सहजता, हरित अर्थतन्त्रको प्रवर्द्धन, डिजिटल रूपान्तरण र साना तथा मझौला उद्योगको क्षमता विकासलगायत क्षेत्रमा अन्तरराष्ट्रिय वित्त निगमको प्राविधिक तथा संस्थागत सहकार्यको अपेक्षा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आजको मौसम : पहाडी भागका मेघगर्जन र चट्याङसहित हल्का वर्षा ऊर्जामन्त्री खड्का र युएईका सहायक विदेशमन्त्रीबीच भेटवार्ता सगरमाथा संवाद : परिकल्पनाको आठ वर्षपछि साकार भएको विश्व मञ्च गाजामा धेरै मानिस भोकमरीमा छन् : ट्रम्प युक्रेनमा शान्ति कायम गर्नका लागि बेवास्ता गरेकोमा पुटिनले मुल्य चुकाउनु पर्छ: स्टार्मर प्रथम महिलाले सगरमाथा आरोहण गरेको ५० वर्ष पूरा जतिसक्दो छिट्टै पुटिनलाई भेट्न चाहन्छौँः राष्ट्रपति ट्रम्प मिश्रको बहस सकियाे ,आदेश आउन बाँकी गाजामा अब क्यान्सरको उपचार असम्भब :डब्लुएचओ अमेरिकाद्वारा संयुक्त अरब इमिरेट्ससँग २०० अर्बको सम्झौता परराष्ट्रमन्त्री डा राणा र भारतका वातावरण मन्त्रीबीच भेटवार्ता नेपाललाई भारतको २ वटा बन्दरगाहबाट सबै सामान ल्याउन छुट प्रधानमन्त्रीसँग बङ्गलादेशका समाज कल्याणमन्त्रीको शिष्टाचार भेट निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध छः मन्त्री भण्डारी अमेरिकाको टेक्सास राज्य संसद्द्वारा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित प्रधानमन्त्रीसँग विश्व बैंकका दक्षिण एसिया उपाध्यक्षको शिष्टाचार भेट अब आवेदन दिएको दुई घण्टाभित्रै श्रम स्वीकृति द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छः रक्षामन्त्री राई वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता रवि र छविलाई सुनुवाइको जानकारी चाँडो पठाउनु :उच्च अदालत