२०८३, ५ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीद्वारा समृद्धिको यात्रामा सहभागी हुन सबैलाई आह्वान

२०८२, १८ बैशाख बिहीबार १५:५६

काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिको यात्रामा सहभागी हुन सबैलाई आह्वान गर्नुभएको छ । १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवसको अवसरमा आज आयोजित शुभकामना आदानप्रदान तथा श्रम संसार पोर्टलको शुभारम्भ कार्यक्रममा सरकारले आगामी दशकलाई आन्तरिक समृद्धि प्रवर्द्धनको दशक बनाउने भएकाले सबैको सहयोग र समन्वय गर्नुपर्ने बताउनुभयो ।

सरकारले आगामी दशकलाई आन्तरिक समृद्धि प्रवर्द्धनको दशक बनाउन रणनैतिक कार्ययोजना निर्माण गरिरहेको बताउँदै प्रधानमन्त्री ओलीले मुलुकको समृद्धिको यात्रामा सहभागी हुन सबै निकाय, वर्ग, समुदाय, क्षेत्रलगायतलाई आह्वान गर्नुभयो ।

अन्तरराष्ट्रिय श्रम दिवसको अवसरमा श्रमको सम्मान गर्ने संस्कृति विकास गर्न र समाजवाद उन्मुख समृद्ध नेपालको संकल्पमा एकजुट हुन प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दै उहाँले मुलुको समृद्धिको यात्रामा सबै सहभागी हुनुपर्नेमा जोड दिनुभयो ।

“सरकारले श्रम बजार सूचना प्रणाली निर्माण गर्ने काम अघि बढाएको छ, अब सूचनामा आधारित नीति तथा कार्यक्रम तर्जुमा गर्नेगरी काम अघि बढिसकेको छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “सूचना प्रविधिको विकासका लागि केही चुनौतीहरू हाम्रा सामु देखा परेका छन् ।”

उहाँले स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण श्रमजीवी नेपालीमा शुभकामना व्यक्त गर्दै विश्व श्रमिक सङ्गठन (आइएलओ)ले सन् २०२५ ले तय गरेको ‘सेफ्टि एण्ड हेल्थ अफ वर्कर, डिजिटलाइजेसन एण्ड द फ्युचर अफ वर्क’ नारा नेपालका लागि पनि सान्दर्भिक रहेको बताउनुभयो ।

“आइएलओले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता नयाँ प्रविधिको प्रयोग गरी श्रमिकको स्वास्थ्य र सुरक्षामा गर्न सकिने विषय पनि अघि सारेको छ, आज इन्टरनेट र फोरजी सेवा व्यापक भएका छन्”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “उत्पादकत्व अभिवृद्धि गर्न हामीले सूचना प्रविधिको प्रयोगलाई व्यापकता दिँदै आएका छौँ, सूचना प्रविधिको विकास र प्रयोगका सम्बन्धमा हामीले गम्भीर ध्यान दिएका छौँ ।”

‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य प्राप्तिमा सूचना प्रविधिको प्रयोग अत्यावश्यक भएको बताउँदै उहाँले ज्ञानमा आधारित समाज र डिजिटल अर्थतन्त्रको निर्माण, प्रविधिको उच्च प्रयोग गरेर विकास र समृद्धिका लक्ष्य प्राप्त गर्न, सबै नेपालीलाई सरल र सहज तवरले सेवा प्रवाह गर्न सूचना प्रविधिको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो ।

“श्रम संसार प्रणाली श्रम तथा रोजगार सेवाको विनिमय प्रणाली हो”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “जसबाट श्रम तथा रोजगारका सम्बद्ध विषयको माग तथा आपूर्ति विश्लेषण, रोजगारीमा आवद्धता, रोजगारदाता संस्थाको नियमन, रोजगार सेवाको समतामूलक र पहुँचयोग्यता विस्तारमार्फत सङ्घीयताको लाभ जनस्तरसम्म पु¥याउन सहयोगी हुनेछ ।”

प्रधानमन्त्री ओलीले रोजगारदाता, श्रमिक र तालिम प्रदायकबीच समन्वयकारी भूमिका निर्वाह गर्न सहयोग गर्ने र राष्ट्रिय मानव संशाधन प्रणालीको अनुगमन, मूल्याङ्कन तथा विश्लेषणको आधार निर्माण गर्ने बताउनुभयो ।

“नागरिकमा श्रमको सम्मान गर्ने बानीको विकास हुनेछ भने र रोजगारदातालाई योग्य जनशक्तिको उपलब्धता सुनिश्चित हुनेछ”, उहाँले ओलीले भन्नुभयो, “जसले राष्ट्र निर्माणमा सहयोगी भूमिका निर्वाह गर्नेछ ।” प्रधानमन्त्री ओलीले श्रम, रोजगारीका सबै अवसर आमनागरिकसम्म पुग्नुपर्ने र वैदेशिक रोजगारमा देखापरेका चुनौती नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले श्रम बजारको विकास गर्न तालिम, उद्यमशीलताको विकास गर्न सहुलियतपूर्ण कर्जा सरकारले उपलब्ध गराउने बताउँदै सबै श्रम तथा रोजगार सेवालाई जनताको घरदैलोमा पु¥याउन श्रम मन्त्रालयले सुरुआत गरेको ‘श्रम संसार’ पोर्टल उल्लेख्य कार्य भएको धारणा राख्नुभयो । यसलाई निकट भविष्यमा नागरिक एपमा आवद्ध गरी सम्पूर्ण जनतासँगको पहुँच अभिवृद्धि गर्न निर्देशन गर्ने प्रधानमन्त्री ओलीले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

“जब सीपमूलक जनशक्ति रोजगारीमा जोडिन्छ समृद्ध नेपाल त्यतिबेला सम्भव हुन्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “सुखी नेपाली त्यतिबेला सम्भव हुन्छ, जतिबेला श्रमिकको कल्याण, महिलाको आत्मनिर्भरता र त्यसले निरन्तरता प्राप्त गर्दछ ।” श्रम संसार यही राष्ट्रिय दृष्टिकोणको डिजिटल अभ्यास भएको भन्दै यसले सरकार, निजी क्षेत्र र जनतालाई जोड्ने पुलको रूपमा काम गर्ने बताउनुभयो ।

उहाँले यसको प्रभावकारिताका लागि जनताको प्रतिवद्धताः श्रमिक, महिला र युवाको रोजगार सुरक्षामा जोड दिनु आवश्यक पर्ने स्पष्ट पार्नुभयो । “सीपमूलक तालिम संस्कृतिको विकास र विस्तारमार्फत दिगो रोजगारीको प्रवर्द्धन सम्भव हुनेछ”, उहाँले भन्नुभयो । तीन तहका सरकार, नागरिक समाज, निजी क्षेत्र, गैरसरकारी क्षेत्रसँगको साझेदारी र सहकार्यका माध्यमले डिजिटल सरकारको प्रारुप तयार गरेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ