2026-08-07 07:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अपाङ्गतासम्बन्धी अन्तरराष्ट्रिय महासन्धिहरू कार्यान्वयन गर्नुपर्ने माग

काठमाडौँ | राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घले नेपालले अनुमोदन गरेका अपाङ्गतासम्बन्धी अन्तरराष्ट्रिय महासन्धिहरू कार्यान्वयन गर्नुपर्ने माग गरेको छ ।

सङ्घको १७औँ स्थापना दिवसका अवसरमा अध्यक्ष माधव चम्लागाईंले आज एक सन्देश व्यक्त गर्दै संयुक्त राष्ट्रसङ्घीय अपाङ्गता अधिकार महासन्धिसहित अन्य महासन्धिहरूमा भएका विविध प्रतिबद्धता र घोषणाको प्रभावकारी कार्यान्वयनमा सरकार जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष चम्लागाईंले स्वास्थ्य बिमा प्रणालीमार्फत ह्विलचियर, कृत्रिम खुट्टा, ‘क्यालिपर’लगायत आवश्यक र सहायक सामग्रीहरू सहज, गुणस्तरीय र सम्मानजनक तरिकाले उपलब्ध गराउनुपर्ने माग गर्नुभयो । विश्वव्यापी ढाँचा तथा सिद्धान्तअनुसार सार्वजनिक पूर्वाधारहरू पहुँचयुक्त बनाउन आगामी कार्ययोजना स्पष्ट, समयबद्ध र दायित्वमुखी हुनुपर्नेमा सङ्घले जोड दिएको छ ।

“गम्भीर श्रेणीका अपाङ्गता भएका व्यक्तिहरूका लागि व्यक्तिगत सहयोगी सेवा तत्काल सुरु गर्नुपर्नेछ । गरिमा, आत्मनिर्भरता र जीवनको गुणस्तर सुधार गर्न यो सेवा अत्यावश्यक बनिसकेको छ । यसतर्फ सरकार गम्भीर भएर योजनाबद्ध रूपमा काम गर्नुपर्छ”, सन्देशमा भनिएको छ ।

सङ्घले अपाङ्गता भएकाको विषयमा संविधान, ऐन र नीतिहरूमा समावेश गरिएका अधिकारहरू व्यवहारमा लागू नभएसम्म समता र न्यायको अनुभूति अधुरो हुने भन्दै अबको यात्रामा अपाङ्ता भएका व्यक्तिलाई राजनीतिक अधिकार सुनिश्चित गर्न संविधान संशोधन गरी तीनै तहमा अनिवार्य प्रतिनिधित्वको सुनिश्चितता गरिनुपर्नेमा जोड दिएको छ ।

अध्यक्ष चम्लागाईंले भन्नुभएको छ, “अबको मुद्दा आर्थिक सशक्तिकरण, रोजगारी, सीप विकास, डिजिटल पहुँच, अपाङ्गमैत्री संरचनाको निर्माण र सहायक उपकरणहरूको सर्वसुलभ उपलब्धतालगायत विषयहरू प्राथमिकतामा रहनेछन् ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टिपरले स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी स्कुटरमा सवार युवतीको मृत्यु सरकारले नेपाली सेनालाई सस्तो बनाउने काम गर्‍यो : मिराज ढुंगाना ‘ब्लु बस’ महिलालाई छुट्याउन होइन, सुरक्षित बनाउन : मन्त्री बादी राष्ट्रियसभामा सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३ पेस १३.८२ अंकले घट्यो नेप्से, ४ अर्ब ६२ करोडको कारोबार ‘बीमा छ, सेवा छैन’ : स्वास्थ्य बीमाको अवस्थामाथि सांसद देवकोटाको कडा प्रश्न गृहमन्त्री सुधन गुरुङले मागे माफी निर्मला पन्त हत्या प्रकरणबारे गृहमन्त्रीको आग्रह: “यो विषय सदनमा पटक–पटक नउठाउनुस्” दुःख नभएको मानिस हुँदैन, दुःखलाई नै बल बनाएर अघि बढ्नुपर्छ: गृहमन्त्री गुरुङ राप्रपाले ३७ वर्षसम्म राजाको नाममा भोट संकलन गर्‍यो: धवलशमशेर जबरा ग्यासको अभाव र कालोबजारी भए फोन गर्न उद्योग मन्त्रालयको आग्रह आज राष्ट्रियसभाको बैठकमा गृहमन्त्री गुरुङले जवाफ दिने पेट्रोल ट्यांकर दुर्घटनामा परी भएको आगलागी नियन्त्रणमा ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते एकैदिन ८ हजारले बढ्यो सुनको मूल्य, कति पुग्यो ? काठमाडौँसहित ३० जिल्लामा आकस्मिक बाढीको जोखिम साइप्रसमा नेपाली दूतावास स्थापनाका लागि दवाव दिन तीन हजार जनाले गरे प्रत्यक्ष हस्ताक्षर अनावश्यक ग्यास भण्डारण नगर्न निगमको आग्रह, दुई साताभित्र अभाव अन्त्य हुने दाबी आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा फ्री भिसा–फ्री टिकटको नीति १० वर्षदेखि कागजमै सीमित छ: श्रममन्त्री यादव