2026-08-07 07:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बजेटको प्रभावकारी कार्यान्वयनमा जोड

काठमाडौँ | सांसद शक्ति बस्नेतले विनियोजित बजेटको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । आज बसेको प्रतिनिधिसभाको शून्य समयमा उहाँले नीति तथा कार्यक्रम र आगामी वर्षका लागि विनियोजित हुने बजेटको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभएको हो ।

यसैगरी, अन्य सांसदहरूले विभिन्न समसामयिक विषयमा आफ्नो धारणा राख्नुभएको थियो । सांसद सुदन किरातीले सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत आवश्यक बजेट व्यवस्था गरी जनतालाई ऋणमुक्त गर्ने व्यवस्थाका लागि अपिल गर्नुभयो ।

यसैगरी, सांसद सुनिता बरालले सरकारी कार्यालयमा भएका प्रयोगविहीन सवारीसाधनलाई प्रयोगमा ल्याउनुपर्नेमा जोड दिनुभयो । “पुराना सवारीसाधनले वातावरणमा समेत असर गरेको छ । विद्युतीय सवारीसाधनमा समेत परिवर्तन गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।

सांसद सुरेन्द्रराज आचार्यले वर्षायाम सुरू भइसकेको उल्लेख गर्दै कपिलवस्तुस्थित वाणगङ्गा नदीमा आउने बाढीका कारण बस्ती जोखिममा रहेकाले राज्यले सजकता अपनाउनुपर्नेमा जोड दिनुभयो ।

सांसद सुशीला श्रेष्ठले नेपालको पूर्वी पहाड पर्यटकीय विकासका लागि सुरक्षित बन्दोबस्त गरिनु आग्रह गर्नुभयो । सुहाङ नेम्वाङले राकेँ–रबी–भेरेटार सडकखण्डको कालेपत्र सुस्तगतिमा अगाडि बढेको भन्दै समयमा नै सम्पन्न गर्न र फिदिम रङ्गशालालाई पूर्णता दिनुपर्नेमा जोड दिनुभयो ।

सांसद सूर्यकुमारी श्रेष्ठले पेट्रोल खानी उत्खनन दैलेखमा भइरहेको भन्दै सडक दुई लेनका सडकखण्ड विस्तारका लागि बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभयो । सांसद सूर्यप्रसाद ढकालले राप्ती सोनारी गाउँपालिकाअन्तर्गतको बाँकी रहेको क्षेत्रमा हुलाकी राजमार्गको काम समयमा नै सम्पन्न गर्न आग्रह गर्नुभयो ।

सांसद सूर्यमान तामाङ दोङले अरनिको राजमार्ग सडक खण्डको विस्तार समयमा नै सम्पन्न गर्नका लागि अनुरोध गर्नुभयो । सञ्जयकुमार गौतमले बर्दियाको सदरमुकाम नै बाढीको जोखिममा रहेको भन्दै बबई भेरी नदी नियन्त्रणका लागि आवश्यक पहल गर्न आग्रह गर्नुभयो ।

सांसद हितराज पाण्डेले नेपालमा विद्युत् विकासको सम्भावना भएको र खानीको उत्खननले मुलुकको विकास हुने भन्दै तामाखानी उत्पादनका लागि जनशक्ति उत्पादनमा पहल गर्न आग्रह गर्नुभयो । सांसद हेमराज राईले रेशम चौधरीमाथि गैरकानुनी रुपमा पक्राउ गर्नुले कानुनी राज्यको गिल्ली उठाएको भन्दै संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन अनुरोध गर्नुभयो ।

सांसद हृदयराम थानी कर्णाली प्रदेश विकासमा पछि परेको भन्दै कर्णालीलाई उपेक्षा नगर्न आग्रह गर्नुभयो । “बजेट जति आफ्नै निर्वाचन क्षेत्रमा खन्याउँदा कर्णालीलाई अन्याय भएको छ,” उहाँले भन्नुभयो । सांसद ज्ञानबहादुर शाहीले रवीन्द्र मिश्रलगायतका नेताहरू अहिलेसम्म हिरासतमा राखिनु मानव उल्लङ्घन भएको र सबिन महर्जनमाथि गोली चलाउनेमाथि छानबिन गर्न राज्यको न्यायिक छानबिन समिति गठन गर्नुपर्ने माग गर्नुभयो ।

शून्य समयमा बोल्दै सांसदहरू बीना जैसवाल र हर्कमाया विश्वकर्माले समसामयिक विषयमा आफ्नो धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टिपरले स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी स्कुटरमा सवार युवतीको मृत्यु सरकारले नेपाली सेनालाई सस्तो बनाउने काम गर्‍यो : मिराज ढुंगाना ‘ब्लु बस’ महिलालाई छुट्याउन होइन, सुरक्षित बनाउन : मन्त्री बादी राष्ट्रियसभामा सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३ पेस १३.८२ अंकले घट्यो नेप्से, ४ अर्ब ६२ करोडको कारोबार ‘बीमा छ, सेवा छैन’ : स्वास्थ्य बीमाको अवस्थामाथि सांसद देवकोटाको कडा प्रश्न गृहमन्त्री सुधन गुरुङले मागे माफी निर्मला पन्त हत्या प्रकरणबारे गृहमन्त्रीको आग्रह: “यो विषय सदनमा पटक–पटक नउठाउनुस्” दुःख नभएको मानिस हुँदैन, दुःखलाई नै बल बनाएर अघि बढ्नुपर्छ: गृहमन्त्री गुरुङ राप्रपाले ३७ वर्षसम्म राजाको नाममा भोट संकलन गर्‍यो: धवलशमशेर जबरा ग्यासको अभाव र कालोबजारी भए फोन गर्न उद्योग मन्त्रालयको आग्रह आज राष्ट्रियसभाको बैठकमा गृहमन्त्री गुरुङले जवाफ दिने पेट्रोल ट्यांकर दुर्घटनामा परी भएको आगलागी नियन्त्रणमा ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते एकैदिन ८ हजारले बढ्यो सुनको मूल्य, कति पुग्यो ? काठमाडौँसहित ३० जिल्लामा आकस्मिक बाढीको जोखिम साइप्रसमा नेपाली दूतावास स्थापनाका लागि दवाव दिन तीन हजार जनाले गरे प्रत्यक्ष हस्ताक्षर अनावश्यक ग्यास भण्डारण नगर्न निगमको आग्रह, दुई साताभित्र अभाव अन्त्य हुने दाबी आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा फ्री भिसा–फ्री टिकटको नीति १० वर्षदेखि कागजमै सीमित छ: श्रममन्त्री यादव