२७ कार्तिक २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बजेटको प्रभावकारी कार्यान्वयनमा जोड

२२ बैशाख २०८२, सोमबार १३:१४

काठमाडौँ | सांसद शक्ति बस्नेतले विनियोजित बजेटको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । आज बसेको प्रतिनिधिसभाको शून्य समयमा उहाँले नीति तथा कार्यक्रम र आगामी वर्षका लागि विनियोजित हुने बजेटको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभएको हो ।

यसैगरी, अन्य सांसदहरूले विभिन्न समसामयिक विषयमा आफ्नो धारणा राख्नुभएको थियो । सांसद सुदन किरातीले सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत आवश्यक बजेट व्यवस्था गरी जनतालाई ऋणमुक्त गर्ने व्यवस्थाका लागि अपिल गर्नुभयो ।

यसैगरी, सांसद सुनिता बरालले सरकारी कार्यालयमा भएका प्रयोगविहीन सवारीसाधनलाई प्रयोगमा ल्याउनुपर्नेमा जोड दिनुभयो । “पुराना सवारीसाधनले वातावरणमा समेत असर गरेको छ । विद्युतीय सवारीसाधनमा समेत परिवर्तन गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।

सांसद सुरेन्द्रराज आचार्यले वर्षायाम सुरू भइसकेको उल्लेख गर्दै कपिलवस्तुस्थित वाणगङ्गा नदीमा आउने बाढीका कारण बस्ती जोखिममा रहेकाले राज्यले सजकता अपनाउनुपर्नेमा जोड दिनुभयो ।

सांसद सुशीला श्रेष्ठले नेपालको पूर्वी पहाड पर्यटकीय विकासका लागि सुरक्षित बन्दोबस्त गरिनु आग्रह गर्नुभयो । सुहाङ नेम्वाङले राकेँ–रबी–भेरेटार सडकखण्डको कालेपत्र सुस्तगतिमा अगाडि बढेको भन्दै समयमा नै सम्पन्न गर्न र फिदिम रङ्गशालालाई पूर्णता दिनुपर्नेमा जोड दिनुभयो ।

सांसद सूर्यकुमारी श्रेष्ठले पेट्रोल खानी उत्खनन दैलेखमा भइरहेको भन्दै सडक दुई लेनका सडकखण्ड विस्तारका लागि बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभयो । सांसद सूर्यप्रसाद ढकालले राप्ती सोनारी गाउँपालिकाअन्तर्गतको बाँकी रहेको क्षेत्रमा हुलाकी राजमार्गको काम समयमा नै सम्पन्न गर्न आग्रह गर्नुभयो ।

सांसद सूर्यमान तामाङ दोङले अरनिको राजमार्ग सडक खण्डको विस्तार समयमा नै सम्पन्न गर्नका लागि अनुरोध गर्नुभयो । सञ्जयकुमार गौतमले बर्दियाको सदरमुकाम नै बाढीको जोखिममा रहेको भन्दै बबई भेरी नदी नियन्त्रणका लागि आवश्यक पहल गर्न आग्रह गर्नुभयो ।

सांसद हितराज पाण्डेले नेपालमा विद्युत् विकासको सम्भावना भएको र खानीको उत्खननले मुलुकको विकास हुने भन्दै तामाखानी उत्पादनका लागि जनशक्ति उत्पादनमा पहल गर्न आग्रह गर्नुभयो । सांसद हेमराज राईले रेशम चौधरीमाथि गैरकानुनी रुपमा पक्राउ गर्नुले कानुनी राज्यको गिल्ली उठाएको भन्दै संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन अनुरोध गर्नुभयो ।

सांसद हृदयराम थानी कर्णाली प्रदेश विकासमा पछि परेको भन्दै कर्णालीलाई उपेक्षा नगर्न आग्रह गर्नुभयो । “बजेट जति आफ्नै निर्वाचन क्षेत्रमा खन्याउँदा कर्णालीलाई अन्याय भएको छ,” उहाँले भन्नुभयो । सांसद ज्ञानबहादुर शाहीले रवीन्द्र मिश्रलगायतका नेताहरू अहिलेसम्म हिरासतमा राखिनु मानव उल्लङ्घन भएको र सबिन महर्जनमाथि गोली चलाउनेमाथि छानबिन गर्न राज्यको न्यायिक छानबिन समिति गठन गर्नुपर्ने माग गर्नुभयो ।

शून्य समयमा बोल्दै सांसदहरू बीना जैसवाल र हर्कमाया विश्वकर्माले समसामयिक विषयमा आफ्नो धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन तयारी : थपिँदै नयाँ मतदाता र राजनीतिक दल पशुपतिनाथ र बौद्धनाथ जोड्ने सडकमा ‘अस्फाल्ट प्रविधि’ को कालोपत्र वर्षाका कारण धान उत्पादनमा तीन लाख मेट्रिक टनले कमी आउने अस्ट्रेलिया–इन्डोनेसिया नयाँ सुरक्षा सन्धिमा सहमत जेनजी सुशासन योद्धाका आमा भन्नुहुन्छ : ‘मम्मी’ भन्ने आवाजले झस्काइरहन्छ सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते लागुपदार्थ सेवन गरी सवारी चलाउने छ जना नियन्त्रणमा देशभरको मौसम सफा रहने पूर्वानुमान सुनको मूल्य घट्यो, चाँदीको बढ्यो सन् २०२६ को खेल आफ्नो अन्तिम विश्वकप खेल हुने रोनाल्डोको भनाइ निर्वाचनको वातावरण बनाउन दलहरूको भूमिका महत्पूर्ण रहन्छः कानुनमन्त्री सिन्हा नवनियुक्त मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहण खेलकुद तथा व्यापार महोत्सवमा ‘लन्डन ब्रिज’को रौनक दिल्लीको घातक विस्फोटलाई ‘षड्यन्त्र’ भन्दै प्रधानमन्त्री मोदीद्वारा दोषीलाई कठोर कारबाहीको चेतावनी मन्त्रिपरिषद् बैठकको निर्णय महानगर धुलोमुक्त बनाउँदै कामपा ‘बाबा सम्झेर टोलाइरहन्छन् छोराछोरी…’ पाकिस्तानको अदालतमा विस्फोट, १२ जनाको मृत्यु तालिका थप भएपछि भोजपुर–काठमाडौँ अब चार उडान दर्शकले रुचाउन थाले नेपाली चलचित्र