2026-07-03 06:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजनीतिक अस्थिरताले देशको विकासमा बाधा पुगिरहेको छ : मीना यादव

काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की सांसद मीना यादवले राजनीतिक अस्थिरताका कारण देशको विकासमा बाधा पुगिरहेको बताउनुभएको छ । जुन पार्टीको नेतृत्वमा सरकार बने पनि लामो समयसम्म टिक्न नसक्दा जनतामा निराशा पैदा हुने गरेको उहाँ बताउनुहुन्छ । बढीमा एक वर्ष वा दुई वर्ष मात्रै सरकार टिक्ने तथा खाली सरकार बनाउने र ढाल्ने मात्र खेल भइरहेको सांसद यादवको भनाइ छ । मधेस आन्दोलनमा सक्रिय सांसद यादवसँग रासस समाचारदाता सुशील दर्नालले गर्नुभएको कुराकानीको सम्पादित अंश ।

लामो समय सरकार टिक्न नसक्दा देशको विकास हुन सकेको छैन । मन्त्रीले आफ्नो मन्त्रालयको बारेमा बुझ्न नपाउँदै सरकार परिवर्तन भइहाल्छ । कम्तीमा चार÷पाँच वर्षसम्म सरकारले काम गर्न पाए देशको विकास हुन्छ । एउटा दल मात्रै होइन, सबै दलका नेता देश र जनताको निम्तिभन्दा पनि पार्टीगत र व्यक्तिगत स्वार्थका लागि बढीजसो काम गरिरहेका देखिन्छन् । सांसदहरु संसद्मा कानुन बनाउनेभन्दा पनि सरकारमा जान आतुर भएका देखिन्छन् ।

संसद्मा जनताका शिक्षा, स्वास्थ्य, रोजगारलगायत समसामयिक विषय उठेका हुन्छन् । तर सरकारले कार्यान्वयन गर्दैन । मधेस प्रदेशमा दाइजो प्रथा व्याप्त छ । छोरी माग्ने बेलामै दाइजोको माग गरिन्छ । यो प्रथा सरकारले कानुन बनाएरै निर्मुल गर्नुपर्छ । दाइजो नदिँदा मार्ने, जीउँदै जलाउनेलगायत घटनाबारे सरकार बोल्नुपर्छ ।

दाइजो प्रथा घट्नुको सट्टा झन झन बढ्दै गएको छ । यो अशिक्षाका कारण बढेको हो । मधेसमा शिक्षाको अवस्था कमजोर छ । चेतनाको पनी कमी छ । मधेसका महिला चौतर्फी मारमा परेका छन् । मधेसी हुनुको विभेद एकातिर छ । महिला हुनुको विभेद अर्कोतिर छ । बेरोजगारीको अर्को समस्या छ । मधेसी भनेपछि हेर्ने दृष्टिकोण नै फरक छ । मधेसमा अशिक्षाको कारण बोक्सी प्रथा कायमै छ । जताबाट पनि मधेसमा महिला विभेदमा परेका छन् । मधेसमा एउटै विद्यालयमा चार सय÷ पाँच सय विद्यार्थी अध्ययनरत छन् । तर शिक्षक न्यून छन् । अनि सरकारी विद्यालयमा शिक्षाको गुणस्तर कसरी राम्रो हुन्छ ? रोजगारी छैन । विदेश जाने अधिकांश मधेसकै युवा छन् ।

संवैधानिक व्यवस्थाअनुसार संसदमा महिलाको ३३ प्रतिशत सहभागिता भएको छ । तर राज्यका अरु निकायमा महिलाको सहभागिता न्यून छ । संसद्मा जस्तै मन्त्रिपरिषद्मा पनि ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गर्नुपर्छ ।

महिलावादी भाषण गरेर मात्रै हुँदैन । व्यवहारमा हेर्नुपर्छ । सङ्घीय सरकारमा महिलाको सहभागिताबाट प्रदेश र स्थानीयमा महिलाको सहभागिता आँकलन गर्न सकिन्छ । संविधानले राज्यका हरेक निकायमा महिलालाई समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरेको छ । तर संविधान जारी भएको १० वर्ष बितिसक्दा पनि त्यो कार्यान्वयन भएको छैन । मधेसी समुदायको शिक्षाको निम्ति लगानी बढाउनुपर्छ । शिक्षा, स्वास्थ्य र रोजगारीमा कमजोर भएको समुदायमा लगानी बढाउनुपर्छ ।

नीति तथा कार्यक्रम र बजेटको व्यवस्था गर्नुपर्छ । राज्यका हरेक संरचनामा मधेसी समुदायको जनङ्ख्याको आधारमा समान सहभागिताको नीति बनाएर कार्यान्वयन गर्नुपर्छ । सरकारले जनतालाई सरकार भएको आभाष दिनुपर्छ । अहिले स्थानीय र प्रदेश सरकार पनि छ । तर ती सरकारले सही ढङ्गले जनतालाई सेवा दिन सकेका छैनन् । सङ्घीय सरकारले प्रदेश सरकारलाई काम गर्ने अधिकार नै दिएको छैन । सङ्घीयतालाई अझै बलियो बनाउन स्थानीय र प्रदेश सरकारलाई अधिकार दिन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो