३ जेष्ठ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजनीतिक अस्थिरताले देशको विकासमा बाधा पुगिरहेको छ : मीना यादव

२२ बैशाख २०८२, सोमबार १६:३५

काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की सांसद मीना यादवले राजनीतिक अस्थिरताका कारण देशको विकासमा बाधा पुगिरहेको बताउनुभएको छ । जुन पार्टीको नेतृत्वमा सरकार बने पनि लामो समयसम्म टिक्न नसक्दा जनतामा निराशा पैदा हुने गरेको उहाँ बताउनुहुन्छ । बढीमा एक वर्ष वा दुई वर्ष मात्रै सरकार टिक्ने तथा खाली सरकार बनाउने र ढाल्ने मात्र खेल भइरहेको सांसद यादवको भनाइ छ । मधेस आन्दोलनमा सक्रिय सांसद यादवसँग रासस समाचारदाता सुशील दर्नालले गर्नुभएको कुराकानीको सम्पादित अंश ।

लामो समय सरकार टिक्न नसक्दा देशको विकास हुन सकेको छैन । मन्त्रीले आफ्नो मन्त्रालयको बारेमा बुझ्न नपाउँदै सरकार परिवर्तन भइहाल्छ । कम्तीमा चार÷पाँच वर्षसम्म सरकारले काम गर्न पाए देशको विकास हुन्छ । एउटा दल मात्रै होइन, सबै दलका नेता देश र जनताको निम्तिभन्दा पनि पार्टीगत र व्यक्तिगत स्वार्थका लागि बढीजसो काम गरिरहेका देखिन्छन् । सांसदहरु संसद्मा कानुन बनाउनेभन्दा पनि सरकारमा जान आतुर भएका देखिन्छन् ।

संसद्मा जनताका शिक्षा, स्वास्थ्य, रोजगारलगायत समसामयिक विषय उठेका हुन्छन् । तर सरकारले कार्यान्वयन गर्दैन । मधेस प्रदेशमा दाइजो प्रथा व्याप्त छ । छोरी माग्ने बेलामै दाइजोको माग गरिन्छ । यो प्रथा सरकारले कानुन बनाएरै निर्मुल गर्नुपर्छ । दाइजो नदिँदा मार्ने, जीउँदै जलाउनेलगायत घटनाबारे सरकार बोल्नुपर्छ ।

दाइजो प्रथा घट्नुको सट्टा झन झन बढ्दै गएको छ । यो अशिक्षाका कारण बढेको हो । मधेसमा शिक्षाको अवस्था कमजोर छ । चेतनाको पनी कमी छ । मधेसका महिला चौतर्फी मारमा परेका छन् । मधेसी हुनुको विभेद एकातिर छ । महिला हुनुको विभेद अर्कोतिर छ । बेरोजगारीको अर्को समस्या छ । मधेसी भनेपछि हेर्ने दृष्टिकोण नै फरक छ । मधेसमा अशिक्षाको कारण बोक्सी प्रथा कायमै छ । जताबाट पनि मधेसमा महिला विभेदमा परेका छन् । मधेसमा एउटै विद्यालयमा चार सय÷ पाँच सय विद्यार्थी अध्ययनरत छन् । तर शिक्षक न्यून छन् । अनि सरकारी विद्यालयमा शिक्षाको गुणस्तर कसरी राम्रो हुन्छ ? रोजगारी छैन । विदेश जाने अधिकांश मधेसकै युवा छन् ।

संवैधानिक व्यवस्थाअनुसार संसदमा महिलाको ३३ प्रतिशत सहभागिता भएको छ । तर राज्यका अरु निकायमा महिलाको सहभागिता न्यून छ । संसद्मा जस्तै मन्त्रिपरिषद्मा पनि ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गर्नुपर्छ ।

महिलावादी भाषण गरेर मात्रै हुँदैन । व्यवहारमा हेर्नुपर्छ । सङ्घीय सरकारमा महिलाको सहभागिताबाट प्रदेश र स्थानीयमा महिलाको सहभागिता आँकलन गर्न सकिन्छ । संविधानले राज्यका हरेक निकायमा महिलालाई समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरेको छ । तर संविधान जारी भएको १० वर्ष बितिसक्दा पनि त्यो कार्यान्वयन भएको छैन । मधेसी समुदायको शिक्षाको निम्ति लगानी बढाउनुपर्छ । शिक्षा, स्वास्थ्य र रोजगारीमा कमजोर भएको समुदायमा लगानी बढाउनुपर्छ ।

नीति तथा कार्यक्रम र बजेटको व्यवस्था गर्नुपर्छ । राज्यका हरेक संरचनामा मधेसी समुदायको जनङ्ख्याको आधारमा समान सहभागिताको नीति बनाएर कार्यान्वयन गर्नुपर्छ । सरकारले जनतालाई सरकार भएको आभाष दिनुपर्छ । अहिले स्थानीय र प्रदेश सरकार पनि छ । तर ती सरकारले सही ढङ्गले जनतालाई सेवा दिन सकेका छैनन् । सङ्घीय सरकारले प्रदेश सरकारलाई काम गर्ने अधिकार नै दिएको छैन । सङ्घीयतालाई अझै बलियो बनाउन स्थानीय र प्रदेश सरकारलाई अधिकार दिन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ऊर्जामन्त्री खड्का र युएईका सहायक विदेशमन्त्रीबीच भेटवार्ता सगरमाथा संवाद : परिकल्पनाको आठ वर्षपछि साकार भएको विश्व मञ्च गाजामा धेरै मानिस भोकमरीमा छन् : ट्रम्प युक्रेनमा शान्ति कायम गर्नका लागि बेवास्ता गरेकोमा पुटिनले मुल्य चुकाउनु पर्छ: स्टार्मर प्रथम महिलाले सगरमाथा आरोहण गरेको ५० वर्ष पूरा जतिसक्दो छिट्टै पुटिनलाई भेट्न चाहन्छौँः राष्ट्रपति ट्रम्प मिश्रको बहस सकियाे ,आदेश आउन बाँकी गाजामा अब क्यान्सरको उपचार असम्भब :डब्लुएचओ अमेरिकाद्वारा संयुक्त अरब इमिरेट्ससँग २०० अर्बको सम्झौता परराष्ट्रमन्त्री डा राणा र भारतका वातावरण मन्त्रीबीच भेटवार्ता नेपाललाई भारतको २ वटा बन्दरगाहबाट सबै सामान ल्याउन छुट प्रधानमन्त्रीसँग बङ्गलादेशका समाज कल्याणमन्त्रीको शिष्टाचार भेट निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध छः मन्त्री भण्डारी अमेरिकाको टेक्सास राज्य संसद्द्वारा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित प्रधानमन्त्रीसँग विश्व बैंकका दक्षिण एसिया उपाध्यक्षको शिष्टाचार भेट अब आवेदन दिएको दुई घण्टाभित्रै श्रम स्वीकृति द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छः रक्षामन्त्री राई वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता रवि र छविलाई सुनुवाइको जानकारी चाँडो पठाउनु :उच्च अदालत देउवा र माओवादीका उपमहासचिव शर्माबीच भेटवार्ता, समसामयिक विषयमा छलफल