काठमाडौँ | नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले नेपालको राजनीति पाकिस्तानी मोडेलमा गैसकेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै सांसद बस्नेतले काम गर्न खोज्ने र केही गर्ने महत्वकांक्षा बोक्ने नेताहरुलाई प्रतिशोध लिने गरिएको भन्दै देशको राजनीति पाकिस्तानको मोडलमा गतेको टिप्पणी गरेका हुन् ।
उनले भने- ‘एकदमै सक्रिय राजनीतिक जीवन र महत्वकांक्षी राजनीतिक जीवन, र मुलुकलाई केही गर्न चाहन खोज्ने राजनीतिक जीवन बिताउन खोज्नुभएको हो भने कोही सफल बस्नेवाला छैन् । त्यसैले हामी सबैले यो परिस्थिति आउन नदिनको लागि पार्टीभित्र र पार्टीबाहिर एक अर्कालाई दुश्मन होईन, सहयात्री र सहकर्मीको भावना र भातृत्वलाई विकास गर्दै जान सकियो भने होला, होईन भने यो प्रतिशोधको राजनीति नेपालको राजनीति पाकिस्तानी मोडेलमा गैसकेको छ । जो सत्तामा बस्छ, उ निस्किनेबित्तिकै उ जेल जानुपर्छ, जो झोला ठीक्क पारे हुन्छ ।’