2026-08-07 06:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘नीति तथा कार्यक्रमले लक्षित वर्गलाई समेट्नुपर्छ’

काठमाडौँ | प्रतिनिधिसभाको बैठकमा सांसद उपेन्द्र यादवले नीति तथा कार्यक्रम गरिब, किसान, निम्नवर्गका लागि सहयोग पुग्ने खालको हुनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा सांसद यादवले देशलाई अगाडि बढाउनका आवश्यकपर्ने नीति तथा कार्यक्रम जरूरी भएको बताउनुभयो ।

सांसद अब्दुल खानले जनताको चाहाना र आवश्यकताअुनसार नीति तथा कार्यक्रम आउनुपर्ने र एक वर्षमा केके गर्न सकिन्छ भनेर जनतालाई सेवा दिने खालको हुनुपर्ने बताउनुभयो ।

सांसद मोहनबहादुर बस्नेतले नीति तथा कार्यक्रम धेरै राम्रो आएको भए पनि योजनालाई प्राथमिकीकरण गरेर लैजानुपर्ने सुझाव दिनुभयो । उहाँले वर्षातको समयमा बाढी पहिरोले धेरै धनजनको नोक्सान पार्ने भएकाले सुरूमै त्यसको तयारीमा लाग्नुपर्ने भनाइ राख्नुभयो ।

सांसद भानुभक्त जोशीले नीति तथा कार्यक्रमले सङ्घ, प्रदेश र स्थानीय तह मिलेर धेरै काम गर्ने भनेर लेखिएको भए पनि धेरै कानुन बनाउन नसक्दा समस्या परेको विषय ध्यान दिन सुझाव दिनुभयो ।

सांसद भगवती चौधरीले सामाजिक न्यायसहित नीति तथा कार्यक्रम आएको र योजनाको आवश्यकताको आधारमा प्राथमिकीकरण गरेर ल्याउनुपर्ने बताउनुभयो ।

सांसद् छिरिङ लामु लामा तामाङ्ले सङ्घीयता सुदृढ बनाउने खालको नीति तथा कार्यक्रम बनाउनुपर्ने भए पनि ठोस योजना नआएको र ग्रामीण क्षेत्रका स्वास्थ्य क्षेत्रको स्वास्थ्य संस्था सुधार गर्ने विषयमा स्पष्ट नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद वीरबहादुर बलायरले ११ लाख मेट्रिक टन रसायनिक मल चाहिनेमा साढे तीन लाख ल्याउने गरेको हुँदा सबै मलको हाहाकार हुने देखिएकाले रू तीन अर्वमा कम्तीमा रू १० अर्वको प्राराङ्कि मल तयार गर्न सुझाव दिनुभयो । उहाँले प्राङ्ग्रारिक मल बनाउने धेरै तरिका भएको र त्यसले धेरै पैसा बचत तथा उत्पादन राम्रो हुने बताउनुभयो ।

सांसद राजेन्द्रकुमार राईले पहाडी र हिमाली क्षेत्रमा सन्तुलन कायम गर्नुपर्ने जरूरी भएको र त्यहाँका जनतालाई त्यही ठाउँमा राख्नका लागि शिक्षा, स्वास्थ्य आदिको व्यवस्था गर्न आवश्यक भएको बताउनुभयो । उहाँले धनकुटामा एउटा मेडिकल कलेज जरूरी भएको र त्यहाँ पढ्नेलाई त्यही व्यवस्था गर्नुपर्ने अन्यथा गाउँ रित्तिने जोखिम बढ्नेतर्फ सचेत गराउनुभयो ।

सांसद डिगबहादुर लिम्बुले नीति तथा कार्यक्रममा युवालाई स्वदेशमै बस्ने वातावरणको निर्माण गर्नुपर्ने र रोजगारीका लागि विदेश जाने वातावरणको सिर्जना गर्न नहुनेमा जोड दिनुभयो ।

सांसद तारा लामा तामाङले नीति तथा कार्यक्रम यर्थाथमा आधारित भएर आएको र कति वर्षमा काम गर्न सकिन्छ भनेर तय गरेर राखिएको र अनावश्यक संरचनालाई खारेज गर्ने तयारी राम्रो भएको बताउनुभयो ।

सांसद मैना थापाले संक्रमणकालीन न्यायलाई छिटो टुङ्ग्याउनुपर्नेमा जोड दिँदै दुवै आयोगमा निस्पक्ष र विश्सनीय पदाधिकारी नियुक्ति गर्नुपर्ने माग गर्नुभयो ।

सांसद सीता मिजारले नैतिक, व्यवहारिक, प्राविधिक शिक्षा दिएर युवालाई रोजगार दिनुपर्ने विषयमा ध्यान दिनुपर्ने र रोजगारी दशक घोषणा गरेअनुसार नीति तथा कार्यक्रममा आउनुपर्नेमा जोड दिनुभयो ।

सांसद सूर्यप्रसाद ढकालले नीति तथा कार्यक्रम संविधानको मर्म र भावनाअनुसार आएको र बजेटले चालु खर्च कटौती गरेर पूर्जीगत खर्च वृद्धि गर्ने दृष्टिकोणबाट अघि बढेको बताउनुभयो ।

सांसद प्रतिमा गौतमले विकास आयोजनाका लागि छुट्टै कोषको स्थापना गर्ने भनिएको भए पनि अन्य चालु कोषको अवस्थाबारे सदनलाई जानकारी नभएको बताउनुभयो । सबै नेपालीलाई खानेपानीको पहुँच पुर्‍याउने भन्ने नीति तथा कार्यक्रममा आउने तर धारामा पानी नआउने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद ऋषिकेस पोखरेलले विद्यालय शिक्षा बदल्नका लागि एउटै पाठ्यपुस्तक सरकारी तथा नीजि क्षेत्रको विद्यालयमा हुनुपर्ने र स्वास्थ्य क्षेत्रमा भएको विभेद पनि अन्त्य गरी एउटै बनाउनुपर्ने बताउनुभयो ।

प्रतिनिधिसभाको आजको बैठकमा सरकारले ल्याएको आर्थिक वर्ष २०८२/०८३ वार्षिक नीति तथा कार्यक्रम माथिको छलफलमा जारी रहेको छ । थप छलफल आगामी बैठकमा हुनेछ ।

प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख २४ गते ११ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टिपरले स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी स्कुटरमा सवार युवतीको मृत्यु सरकारले नेपाली सेनालाई सस्तो बनाउने काम गर्‍यो : मिराज ढुंगाना ‘ब्लु बस’ महिलालाई छुट्याउन होइन, सुरक्षित बनाउन : मन्त्री बादी राष्ट्रियसभामा सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३ पेस १३.८२ अंकले घट्यो नेप्से, ४ अर्ब ६२ करोडको कारोबार ‘बीमा छ, सेवा छैन’ : स्वास्थ्य बीमाको अवस्थामाथि सांसद देवकोटाको कडा प्रश्न गृहमन्त्री सुधन गुरुङले मागे माफी निर्मला पन्त हत्या प्रकरणबारे गृहमन्त्रीको आग्रह: “यो विषय सदनमा पटक–पटक नउठाउनुस्” दुःख नभएको मानिस हुँदैन, दुःखलाई नै बल बनाएर अघि बढ्नुपर्छ: गृहमन्त्री गुरुङ राप्रपाले ३७ वर्षसम्म राजाको नाममा भोट संकलन गर्‍यो: धवलशमशेर जबरा ग्यासको अभाव र कालोबजारी भए फोन गर्न उद्योग मन्त्रालयको आग्रह आज राष्ट्रियसभाको बैठकमा गृहमन्त्री गुरुङले जवाफ दिने पेट्रोल ट्यांकर दुर्घटनामा परी भएको आगलागी नियन्त्रणमा ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते एकैदिन ८ हजारले बढ्यो सुनको मूल्य, कति पुग्यो ? काठमाडौँसहित ३० जिल्लामा आकस्मिक बाढीको जोखिम साइप्रसमा नेपाली दूतावास स्थापनाका लागि दवाव दिन तीन हजार जनाले गरे प्रत्यक्ष हस्ताक्षर अनावश्यक ग्यास भण्डारण नगर्न निगमको आग्रह, दुई साताभित्र अभाव अन्त्य हुने दाबी आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा फ्री भिसा–फ्री टिकटको नीति १० वर्षदेखि कागजमै सीमित छ: श्रममन्त्री यादव